नमुना विश्वकर्मा समाज कुवेतको अध्यक्षमा कुल ब. विश्वकर्मा


हाम्रो संचार संवाददाता
img_4639कुवेत, फेब्रुवरी १७- नमुना विश्वकर्मा समाज कुवेतको प्रथम अधिबेशन आज समपन्न भएको छ | कुवेतको रमणीय स्थल हिजुल कबड एरियामा भएको अधिबेशनले कुल बहादुर विश्वकर्मालाई अध्यक्षमा निर्बिरोध चयन गरेको छ | कुल बहादुर विश्वकर्माको सभापतित्व तथा विश्वकर्मा समाज नेपालका केन्द्रिय सल्लाहकार कृष्ण गहतराजको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनमा नेपाली दुताबास कुवेतका कन्सुलर बिभाग प्रमुख लेखनाथ भट्टराई बिशेष अतिथि रहेका थिए | कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, कलाकार तथा कुवेतमा कार्यरत बिश्वकर्मा समुदायको उल्लेख्य उपस्थिति रहेको थियो |

नेपाली समाजमा लोकप्रिय पन्चेबाजा बजाई दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रमलाइ सहसचिब चन्द्र विश्वकर्माले संचालन गरेका थिए भने राजेन्द्र बिरहीले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए |समाजले कुवेतमा कार्यरत बिश्वकर्माहरूलाई एकिकृत र संगठित गर्नुको साथै परापूर्व कालमा बिश्वकर्मा दलित थिएनन, ‘अहिलेका कामि पहिलेका असली बाहुन हुन्’ भने बिश्वकर्माहरू कसरि दलित भए भन्ने कुरा सबै नेपाली नागरीक सामु पुर्याउने प्रतिबद्धता गर्दै नेपालको पूर्व मेची देखि पश्चिम महाकाली सम्म फैलिएका बिश्वकर्माहरूको दु:ख सुखमा साथ दिनुको साथै बिश्वकर्माहरूको इतिहासलाई जीवित राख्नका लागि पर्ने बताएको छ |

समाजले कुवेतको नेपाली समाजलाइ रुपान्तरण गर्ने क्रममा कलमको माध्यमबाट तात्कालिन घटना परिघटनालाइ संप्रेषण गर्दै सर्वसाधारण सबैलाई सुसुचित गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा उच्च मुल्यांकन गर्दै कुवेतबाट संचालित मिडिया कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले, फोटो पत्रकार सुरेश गुरुङ, तितोपाटि डटकमका प्रधान सम्पादक हरिकृष्ण न्यौपाने, कार्यकारी सम्पादक आनन्द आचार्य, हाम्रोसंचार डटकमका कार्यकारी सम्पादक प्रदिप नेपाली, परदेशी खबर डटकमका कार्यकारी सम्पादक कोषराज राइलाइ नेपाली ढाकाको टोपी पहिर्याई दोसल्ला ओडाएर प्रमाणपत्र सहित सम्मान गरेको थियो |

निर्वाचन संयोजक राजेन्द्र बिरहीले निर्बिरोध चयन भएका पदाधिकारीहरुको नाम पढेर सुनाएका थिए भने सम्पुर्ण नया कार्यसमितिलाई सम्मान पत्र प्रदान गरिएको थियो यसैगरी बिरहीले नया निर्बाचित पदाधिकारीहरुलाइ सफत खुवाएका थिए |

कार्यक्रममा प्रमुख अतिथि कृष्ण गहतराज, दुताबास कुवेतका कन्सुलर बिभाग प्रमुख लेखनाथ भट्टराई, कुवेत नेपाल डटकमका प्रधान सम्पादक जय आले, परदेशी खबर डटकमका कार्यकारी सम्पादक कोषराज राइ, मध्यपश्चिम सेवा समाजका अध्यक्ष गणेश राउत, खोटांग कुवेत सम्पर्क मंचका अध्यक्ष मन्जित राइ, नया नेपालका अध्यक्ष दिल पुन, नेपाल कुवेत सांस्कृतिक मंचका संरक्षक माधब शर्मा, लगायतले नयाँ बन्ने कार्यसमितिलाइ शुभकामना दिदै आ-आफ्नो धारणा राखेका थिए |

तदर्थ समितिका संयोजक रण बहादुर रसाइलीले मन्तब्य द्धारा उपस्थितलाइ स्वागत गरेका थिए भने राप्ती एकता समाजका अध्यक्ष मस्त बहादुर बिकले विश्वकर्माहरुको पुरानो  पृष्ठभुमीको ब्याख्या गर्दै आगामी रणनीति के हुने भन्ने ’boutमा प्रस्ट परेका थिए | समाजले मनोरंजनको लागि खेलको आयोजना गरेको थियो जसअनुसार छेलो फाल्ने खेलमा रण बहादुर रसाइली प्रथम भएका थिए |

अधिबेशन स्थल हिजुल कबड एरिया सम्म आउनजानको लागि आयोजकले बिभिन्न स्थानबाट निशुल्क यातायातको ब्यबस्था गरेको थियो | दिनको १ बजेबाट संचालित कार्यक्रम ४ बजेसम्म सम्पन्न भएको थियो |

अन्त्यमा सभापति कुल बहादुर विश्वकर्माले कार्यक्रमको समापन गर्दै कुवेतका विश्वकर्मा समुदायमा बिचलन आएको भन्दै सबैलाई मिलाएर जाने र कुवेतमा क्रियाशील सम्पूर्ण संघसंस्था संग सहकार्य गर्दै अगाडी बढ्ने बताए | प्रमुख अथिति विश्वकर्मा समाज नेपालका केन्द्रिय सल्लाहकार कृष्ण गहतराज नमुना विश्वकर्मा समाज कुवेतको प्रथम अधिबेशन सफल पार्न युकेबाट कुवेत आएका हुन् |

नया कार्यसमिति निम्नानुसार रहेको छ |

सल्लाहकारहरु-

राजेन्द्र बिरही (विश्वकर्मा), सोम रसाइली र हित विश्वकर्मा

अध्यक्ष– कुल बहादुर विश्वकर्मा
प्रथम उपाध्यक्ष– रण बहादुर विश्वकर्मा
प्रथम उपाध्यक्ष (महिला)- बिष्णु विश्वकर्मा
द्दितीय उपाध्यक्ष– भिमबहादुर विश्वकर्मा
तृतीय उपाध्यक्ष– प्रेम बहादुर विश्वकर्मा
महासचिब– किशोर सुनार
सचिब– टेक बहादुर विश्वकर्मा
सहसचिब– चद्र बहादुर विश्वकर्मा
कोषाध्यक्ष– खेम विश्वकर्मा
सह-कोषाध्यक्ष– अमृत विश्वकर्मा
व्यक्तिगत कोष बिभाग प्रमुख– कृष्ण बहादुर विश्वकर्मा
व्यक्तिगत कोष बिभाग– गोपाल विश्वकर्मा
सक्रिय सदस्यहरु–
महिला बिभाग प्रमुख- माया विश्वकर्मा
महिला शसक्तिकरण- बिनिषा विश्वकर्मा
कलाकार प्रमुख- मुक्त बहादुर विश्वकर्मा
खेल प्रमुख- अर्जुन विश्वकर्मा
युवा प्रमुख- जयराम विश्वकर्मा

सदस्यहरु– बिष्णु विश्वकर्मा, ललित विश्वकर्मा, सुरज विश्वकर्मा, राजु विश्वकर्मा, जस बहादुर विश्वकर्मा, भिम बहादुर, मोति विश्वकर्मा, देब विश्वकर्मा, लाल बहादुर विश्वकर्मा, प्रेम बहादुर विश्वकर्मा, सबिन विश्वकर्मा, राम विश्वकर्मा, बाबुराम विश्वकर्मा, दिपक विश्वकर्मा, दिल बहादुर विश्वकर्मा, सिंह बहादुर विश्वकर्मा, डोल बहादुर विश्वकर्मा, सर्मिला सुनार |

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )