माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले १८औं वार्षिकोत्सव मनायो


कुवेतनेपाल डटकम

MESC18th-cakeकुवेतमा १८ बर्ष पहिलो स्थापना भएको कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतले आफ्नो १८औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । क्लवको वार्षिक उत्सव कार्यक्रमलाई क्लव सचिब डम्बर प्रसाद रिमालले सञ्चालन गरेका थिए भने क्लव अध्यक्ष जितेन थिङको सभापतित्व रहेको थियो ।

वार्षिकउत्सवको बारेमा बोल्दै क्लव उपाध्यक्ष ईन्द्र प्रसाद पोखरेल, जय आले र अध्यक्ष जिथेन थिङले: क्लबले आफ्नो १८औं वार्षिक उत्सव कुवेतमा अन्य कार्यक्रमहरु सोही दिन रहेकोले ब्रिहत रुपमा मनाउन नपाए पनि १८ बर्ष पहिला जन्म भएको संस्थाको जन्म दिनलाई कुनै पनि नेत्रित्वले भुल्न नहुने र हमेशा मनाईंदै आएको दिनलाई निरन्तरता समेत दिने हेतुले केक काटेर भए पनि मनाऔ र क्लवको दिर्घायु र उज्जवल भविष्यको कामना गरौं भन्दा सबैले ताली बजाएर केक काटिएको थियो ।
कार्यक्रममा क्लवका अशिकांश पदाधिकारीहरु र अन्य केही शुभचिन्तकहरु समेत उपस्थित रहेका थिए । क्लव अध्यक्षको साथमा उपाध्यक्ष ईन्द्र पोखरेल, राम बस्नेत, जय आले र आन्नद श्रेष्ठबाट सामुहिक रुपमा केक काटेर १८औं वार्षिक उत्सवको उद्घाट्न गरिएको थियो । क्लवले आफ्नो जन्म दिनमा सम्पूर्ण अग्रज तथा संस्थापकहरुलाई स्मरण गरेको थियो ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )