Daily Archives: 12/02/2017

माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवले १८औं वार्षिकोत्सव मनायो


कुवेतनेपाल डटकम

MESC18th-cakeकुवेतमा १८ बर्ष पहिलो स्थापना भएको कुवेतको सबैभन्दा पुरानो संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब, काठमाण्डौ-कुवेतले आफ्नो १८औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । क्लवको वार्षिक उत्सव कार्यक्रमलाई क्लव सचिब डम्बर प्रसाद रिमालले सञ्चालन गरेका थिए भने क्लव अध्यक्ष जितेन थिङको सभापतित्व रहेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

किराँत याक्थुङ चुम्लुङ कुवेतले आगामी मार्च ३ मा तेस्रो अधिवेशन गर्ने


हरि लावती ।
तेस्रो अधिवेशनको साथमा पाचौं बार्षिकोत्सव मनाउने
11048654_705054912955899_2864187261801083431_nआफ्नो भाषा, धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, भेषभुषा साथै जातिय पहिचानलाई बचाई राख्ने उद्देश्य लिएर २०६८ सालमा स्थापना भएको किरात याक्थुङ चुम्लुङ, कुवेतले आगामी मार्च ३ मा तेस्रो अधिवेशन तथा पाचौं बार्षिकोत्सव मनाउने निर्णय गरेको छ ।

चुम्लुङको गत फेब्रुवरी ३ तारिक बसेको बैठकले उक्त निर्णय गरेको र फेब्रुवरी ५ तारिक विषेश भेला बसी अधिवेशन तथा वार्षिकोत्सव मनाउने तयारी समिति गठन गरी कार्यवाहक अध्यक्ष श्री बल बहादुर काम्बाङलाई संयोजक समेत तोकेको छ । अन्य सदस्यहरुमा अरुण निङलेखु, अर्जुन एत्तेन, नरेन्द्र थाम्सुहाङ, रवि चेन्ची माबो, लिला चेम्जोङ, इन्द्र कुरुम्बाङ, गंगा थेगिम रहेका छन्। प्रचार प्रसारको जिम्मा हरि लावतीलाई दिइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

यी हुन् दुबईकी ‘चटपटेवाली’ नेपाली चेली !


भन्छिन्- इज्जत बेचेको होइन, चटपटे बेच्दा किन लजाउनू ?
आरपी सहयात्री
chatpatewoli१ फागुन, युएई । आफूले काम गरिरहेको कम्पनीले कामदार सप्लाई गर्न नसकेपछि दमक झापाकी तारा पोखरेललाई संकट आइलाग्यो । केही वर्ष परदेशमा दुःख गरेर परिवारको आर्थिक अवस्था दरिलो बनाउने सपनासहित दुबई आएकी पोखरेलले ऋण तिरी नसक्दै नेपाल फिर्नुपर्ने भयो । पढ्नेक्रम जारी राख्नुहोस्

प्रहरी महानिरीक्षकमा जयबहादुर चन्द


सशस्त्र प्रहरी महानिरीक्षकमा सिंहबहादुर श्रेष्ठलाई नियुक्त
jay-bahadur-chand-12022017093158-1000x0फाल्गुन १, २०७३- लामो विवादपछि अन्तत: सरकारले प्रहरी महानिरीक्षक (आईजीपी)मा जयबहादुर चन्दलाई नियुक्त गरेको छ । आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले वरीयतामा तेस्रो स्थानमा रहेका डीआईजी चन्दलाई आईजीपीमा बढुवा गरेको खानेपानी तथा सरसफाई मन्त्री प्रेमबहादुर सिंहले जानकारी दिए । पढ्नेक्रम जारी राख्नुहोस्