नमुमा विश्वकर्मा समाजको अधिवेशन तयारी अवस्थामा, कुवेतवासी नेपालीलाई चुले निम्तो


जय आले, कुवेत

16710445_1390331797707895_1032534400_o११ फेब्रुअरी २०१७ । रोजगारीको शिलशिलामा कुवेतमा रहेका बिश्वकर्मा दाजुभाई तथा दिदीबहिनीहरूलाई एकिकृत गरेर कुवेतका अन्य सँघ संस्थाहरुसँग सहकार्य गर्दै बिश्वकर्मा समुदायको हक-हितका लागि अगाडी बढ्ने उद्देश्यले गठन भएको नमुना बिश्वकर्मा समाज नेपालकुवेतको पहिलो अधिबेशन यही आगामी १७ फेब्रुअरी २०१६ शुक्रबारका दिन कुवेतको हिजुल कबड एरियामा हुने भएको छ ।

रोजगारिको लागि बिदेशी भूमिमा बाध्यतावश बिभिन्न परिस्थितिका कारण रहेर पनि नेपालका पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएका बिश्वकर्माहरूको दु:ख सुखमा साथ दिनुको साथै बिश्वकर्माहरूको इतिहासलाई जीवित राखी परापूर्व कालमा बिश्वकर्मा दलित थिएनन भन्ने कुरा सबै नेपाली नागरीक सामु पुराउने प्रतिबद्धता गर्दै अगाडी बढ्ने र भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको प्रथम अधिबेशन उक्त दिन बिहान ठीक ११.०० बजे बाट हुने समाजका उपसंयोजक रन बहादुर बिश्वकर्मा रसाइलीले  जानकारी गराएका छन ।

साथै समाजले कुवेतमा क्रियाशील नेपाली सम्पूर्ण संघ सस्था पत्रकार, खेलाडी, कलाकार, समाजसेवी, बुद्दिजिबी, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अधिबेशनमा उपस्थितिको लागि अनुरोध गरेको छ । कवट स्थित 2017/02/10 तारिक शुक्रबार कुल बहादुर बिश्वकर्माको अध्यक्षतामा बसेको बैठकले अधिबेशनको लागि पुर्ण तयरी भै सकेको जानकरी गराउदै अधिबेशनमा राष्ट्रिय पन्चे बाजाको साथमा सास्कृतिक मनोरजन समेत गराउने भएको छ ।

अधिबेशनको अवसरमा ठेलो फाल्ने प्रतियोगिता समेत राखिएको उपसंयोजक रसाइलीले जानकारी गराए । नमुना बिश्वकर्मा समाजको अधिबेशनमा केन्द्रीय सल्लाहकार युकेदेखि प्रतिनिधित्व समेत रहने छ । नमुना बिश्वकर्मा समाज नेपाल कुवेतको प्रथम अधिबेशन ऎतिहासिक हुने र सोही स्थानमा १६ तारिक बिहिबार बेलुका देखि नै उपस्थित पाहुनाहरुलाइ भोज तथा लजको समेत बेबस्था गर्ने जानकारी गराएको छ ।

पुनश्च्व;
मिति : १७ फेब्रुवरी २०१७ (शुक्रबार)
समय : दिनको ठिक ११.०० बजे देखी
स्थान : हिजुल एरिया ब्लक न ३ भिल्ला न ४४, स्ट्रिट नं. ९ कबड, कुबेत
आयोजक: नमुना बिश्वकर्मा समाज, नेपालकुवेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )