नुवाकोटका जिल्ला सभापतिले गरे अलोकतान्त्रिक निर्णय।


नुवाकोट, २७ माघ।
नेपाली कांग्रेस नुवाकोटको मिति २०७३ साल माघ २७ गते बसेको बैठकमा सभापति  जगदिश्वर नर्सिंह केसीले पदाधिकारी मनोनीतको लागि जिल्ला कार्य समितिमा नाम प्रस्ताव गर्नु भयो।प्रस्ताब गर्नु बिधान संवत नै हो र गर्नु पनि पर्दछ तर बिधान बमोजिम निर्वाचित कार्य समितिले उक्त प्रस्ताबलाई पास गर्नु पर्दछ। बैठकमा २४ जनाको निर्वाचित कार्य समिति भए पनि १९ जनाको मात्र उपस्थिति रहेको थियो भने बाँकी ५ जना अनुपस्थित रहेका थिए जसमा सभापतिको प्रस्ताबको विपक्षमा ११ जना छन अनुपस्थित मध्येका ३ जना सदस्यहरूले पनि विपक्षमा नै रहने निर्णय गरेका छन।

सभापतिले बैठकमा दुई पदाधिकारीको मनोनयन प्रस्ताव गर्नु भएको छ र उहाँहरू दुबै जना नुवाकोट क्षेत्र नं १ का हुन र समाबेसी पनि छैन।क्षेत्र नम्बर २ र ३ बाट प्रतिनिधित्व गर्ने सबै सदस्य ( १४ जना) ले उक्त प्रस्तावको बिरोध गरेको हुन।कुनै गुटको कारणले नभई तीन पदाधिकारी मनोनीत गर्नु पर्नेमा दुई जना १ नं क्षेत्रबाट भएको भनी सदस्यहरु ले प्रस्तावको बिरोध गरेका हुन।बैठक पुस्तिकामा सबै सदस्यहरुलाई आफ्नो असहमति दर्ज गर्न दिईएको छैन ।असहमति दर्ज गर्न खोजेका २ जना सदस्य बल तामाङ र सीता खड्कालाई हस्ताक्षर नै गर्न दिईएन। जिल्ला सभापतिले निरङ्कुशता र अलोकतान्त्रिक कदम चालेकोमा कार्य समितिका पदाधिकारीहरू सभापति देखि रूष्ट रहेका छन।16652527_1274247102656256_311622430_n16700128_1274247115989588_293278981_n16652765_1274247205989579_1446996149_n
Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )