Daily Archives: 09/02/2017

नुवाकोटका जिल्ला सभापतिले गरे अलोकतान्त्रिक निर्णय।


नुवाकोट, २७ माघ।
नेपाली कांग्रेस नुवाकोटको मिति २०७३ साल माघ २७ गते बसेको बैठकमा सभापति  जगदिश्वर नर्सिंह केसीले पदाधिकारी मनोनीतको लागि जिल्ला कार्य समितिमा नाम प्रस्ताव गर्नु भयो।प्रस्ताब गर्नु बिधान संवत नै हो र गर्नु पनि पर्दछ तर बिधान बमोजिम निर्वाचित कार्य समितिले उक्त प्रस्ताबलाई पास गर्नु पर्दछ। बैठकमा २४ जनाको निर्वाचित कार्य समिति भए पनि १९ जनाको मात्र उपस्थिति रहेको थियो भने बाँकी ५ जना अनुपस्थित रहेका थिए जसमा सभापतिको प्रस्ताबको विपक्षमा ११ जना छन अनुपस्थित मध्येका ३ जना सदस्यहरूले पनि विपक्षमा नै रहने निर्णय गरेका छन।

पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

पशुपतिनाथको जग्गा बाँड्न आज परिषद् बैठक


अर्जुन सुवेदी
pashupatinathकाठमाडौं- पशुपति क्षेत्र विकास कोषले अधिग्रहण पीडितका नाममा जग्गा बाँडने निर्णय गर्न बिहीबार सञ्चालक परिषद् बैठक डाकेको छ। अधिग्रहण प्रभावितका नाममा झण्डै एक दर्जनलाई तिलगंगा आँखा अस्पताल छेउमा रहेको कोषको करोडौं मूल्य पर्ने जग्गा कौडीको भाउमा घडेरीका रुपमा दिन परिषद् बैठक डाकिएको हो। कार्यसम्पादन समितिबाट समेत उक्त जग्गा दिन उचित हुने राय पेस भएपछि पशुपतिनाथको जग्गा बाँडने प्रस्ताव अघि बढाइएको हो। जनही दुई आना, दुई पैसा दुई दामका दरले जग्गा (घडेरी) दिने तयारी छ। पढ्नेक्रम जारी राख्नुहोस्

७२ दिनपछि साउदीबाट शव


माघ २७, २०७३- दुर्घटनामा मृत्यु भएका तोपाका बहादुर मण्डलको अढाई महिनापछि दाहसंस्कार गरिएको छ । साउदी अरबस्थित एक कम्पनीमा कार्यरत मण्डलको पानी टयांकरले किच्दा मृत्यु भएको थियो । शव नआउँदा उनको परिवारसहित टोलका बासिन्दाको घरमा बिहेबारी र धार्मिक सांस्कृतिक काम रोकिएका थिए । धार्मिक विधिअनुसार शवको अन्तिम संस्कार नहुन्जेल दियादीमा (सगोत्रीहरू) ले कुनै पनि धार्मिक अनुष्ठान नगर्ने चलन छ । सद्गत हुनुअघिसम्म उक्त टोलका अधिकांश युवाले कपाल र दारीसमेत नकाटेको स्थानीय सीताराम मण्डलले बताए । पढ्नेक्रम जारी राख्नुहोस्