मुसहर बस्तीमा झ्यालढोका राखियो, एक महिनामै ३० प्रतिशत काम सम्पन्न


धुर्मुस-सुन्तली अष्ट्रेलियाबाट ६५ लाख सहयोग बोकेर फर्कँदै
musahar-bastoko-ghar२६ माघ, काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेसनले महोत्तरीमा निर्माण गरिरहेको एकीकृत नमूना मुसहर बस्ती निर्माण एक महिनामा ३० प्रतिशत काम सकिएको छ । एक महिनाअघि हास्यकलाकार महजोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा शिलान्यास गरिएको बर्दिबासस्थित नमुना मुसहर बस्तीमा ३० प्रतिशतभन्दा बढी काम सकिएको परियोजनाका संयोजक अर्जुन न्यौपानेले बताए । ‘एक महिनामै ३० प्रतिशतभन्दा बढी काम सकिएको छ’ परियोजनाका संयोजक न्यौपानेले भने ‘यही गतिमा काम भयो भने हामीले छिट्टै काम सम्पन्न गर्न सक्छौं ।’

मुसहर बस्तीमा अहिले घरका झ्याल र ढोका हाल्ने काम सुरु भइसकेको छ । मुसहर समुदायका स्थानीयबासीहरुले बस्ती निर्माणमा साथ दिइरहेको न्यौपानेले बताए । सबैको साथ र सहयोगले सोचे भन्दा छिटो काम अगाडि बढिरहेको उनले बताए । ‘मुसहरहरुको अनुहारमा छुट्टै खुसी आएको छ’ उनले भने ‘अब हामीले एकीकृत बस्ती पाउँछौं भनेर उहाँहरु दिनरात बस्ती निर्माणमा खटिरहनुभएको छ’ ।

उता एकीकृत नमू्ना मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गर्न अष्ट्रेलिया पुगेका जोडी सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तली नेपाल र्फकंदै छन् । अष्ट्रेलियाका विभिन्न सहरमा आयोजित कार्यक्रममा मुसहर बस्ती निर्माणका लागि सहयोग संकलन गरेर यो जोडी नेपाल र्फकन लागेको हो ।

अष्ट्रेलियामा गज्जबको इभेन्ट्सद्वारा आयोजना गरिएको धुर्मुस सुन्तली साँझ र अन्य सहयोगी मनहरुबाट धुर्मुस सुन्तलीले ६५ लाख सहयोग संकलन गरेका छन् ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )