Daily Archives: 08/02/2017

अधिकारको आवाज उठाउँदा लेबनानबाट ‘डिपोर्ट’


रुद्र खड्का
labnanकाठमाडौं-१३ वर्षदेखि लेबनानमा घरेलु कामदारको रूपमा कार्यरत पृथ्वीनगर–४, झापाकी रोजामाया लिम्बू अझै एक वर्ष त्यहीँ काम गर्न चाहन्थिन्। एकातिर १३ वर्षदेखि लेबनानमा काम गर्न लिम्बू अभ्यस्त भइसकेकी थिइन् भने अर्कोतर्फ उनको रोजगारदातासँगको सम्झौता अवधि अझै एक वर्ष जति बाँकी थियो । जसले गर्दा कम्तीमा अबको एक वर्ष लेबनानमै काम गर्ने उनको चाहना थियो । तर, लेबनानको पछिल्लोे बसाइ भने उनले चाहेजस्तो भएन। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

संविधान संशोधन विधेयक पारित नभए पनि चुनावको मिति तोकिन्छ: प्रधानमन्त्री


रमेशकुमार पौडेल
prachanda-1चितवन- प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधन विधेयक पारित हुन अफ्ठ्यारो परेको खण्डमा पनि मधेसी मोर्चासँग सहमति गरेर स्थानीय तहको निर्वाचनको मिति तोक्ने बताएका छन्। बुधबार भरतपुर विमानस्थलमा प्रेस सेन्टर नेपाल चितवन शाखाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री दाहालले भने ‘मधेसी मोर्चाले सहमति भएमा मात्रै गते तोक्दा ठिक हुन्छ भनेका कारण अवधि तोकिएको छ। मोर्चासँग समझदारी हुँना साथ गते कुनै पनि बेला तोकिन्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्

बिहे गर्ने उमेर नपुग्दै सम्बन्ध विच्छेद


राजेन्द्र कार्की
divorce-5899bf79c896a9-05429166जाजरकोटः जिल्लाको खगेनकोट २ की २१ वर्षीय मीना दमाई (नाम परिर्वर्तित) ले पतिसँग अंश दाबी गर्दै केही समयअघि सम्बन्ध विच्छेदको मुद्दा अदालतमा दर्ता गराइन् । केही समयपछि बादी र प्रतिवादीबीच अदालतमै मिलापत्र गरेको कागजमा दुवैले सहीछाप ठोके । १६ वर्षको उमेरमा विवाह गरेकी मीनाकी एउटी छोरी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

मुसहर बस्तीमा झ्यालढोका राखियो, एक महिनामै ३० प्रतिशत काम सम्पन्न


धुर्मुस-सुन्तली अष्ट्रेलियाबाट ६५ लाख सहयोग बोकेर फर्कँदै
musahar-bastoko-ghar२६ माघ, काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेसनले महोत्तरीमा निर्माण गरिरहेको एकीकृत नमूना मुसहर बस्ती निर्माण एक महिनामा ३० प्रतिशत काम सकिएको छ । एक महिनाअघि हास्यकलाकार महजोडी हरिबंश आचार्य र मदनकृष्ण श्रेष्ठद्वारा शिलान्यास गरिएको बर्दिबासस्थित नमुना मुसहर बस्तीमा ३० प्रतिशतभन्दा बढी काम सकिएको परियोजनाका संयोजक अर्जुन न्यौपानेले बताए । ‘एक महिनामै ३० प्रतिशतभन्दा बढी काम सकिएको छ’ परियोजनाका संयोजक न्यौपानेले भने ‘यही गतिमा काम भयो भने हामीले छिट्टै काम सम्पन्न गर्न सक्छौं ।’ पढ्नेक्रम जारी राख्नुहोस्

सिंहदरबार नभत्काइने


पुनर्निर्माण गर्न समिति गठ
कृष्ण आचार्य, काठमाडौं
20150126govt-makes-various-appointments-1-07022017081046-1000x0माघ २५, २०७३- भूकम्पले क्षतिग्रसत सिंहदरबार नभत्काईने भएको छ ।  सहरी विकास मन्त्रालयले ‘डिजिकन इन्जिनियरिङ कन्सल्ट प्राइभेट लिमिटेड’लाई परामर्शदाताको रुपमा छनौट गरी सिंहदरबार’bout गरिएको अध्ययन समितिले भत्काउनुपर्ने प्रतिवेदन पेश गरेको थियो । उक्त प्रतिवेदनमाथी पुरातत्वका अधिकारीहरुले असन्तुष्टि जनाएपछि पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठकले सिंहदरबार नभत्काउने निर्णय गर्दै रेक्ट्रोफिटिङ गर्न कार्यान्वनय समिति गठन गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्