Daily Archives: 07/02/2017

जग्गा बेच्दै घर


रेवती सापकोटा
जग्गा बेच्दै घर ऋण र अनुदान दुवै नपाएपछि आफैं ताते भूकम्पपीडित
पीपलटार नुवाकोटः दुई बर्सात् र हिउँद जस्ताका टहरामा बिताएका भूकम्पपीडित सरकारी अनुदान र सहुलियत ऋणको झन्झटिलो प्रक्रिया नपर्खी जग्गा बेचेर बलिया घर बनाउन थालेका छन् । गोरखालाई केन्द्रबिन्दु बनाएर २२ महिनाअघि गएको ७.८ रेक्टर स्केलको भूकम्पले काँचो इँटले बनाएको घर ध्वस्त बनाइदिएपछि विदुर, पीपलटारका शुभाकर कुमालले जग्गा बेचेर भए पनि बलियो र सुरक्षित घर बनाउने योजनासहित काम थालेका छन् । कुमालले बनाउन थालेको घर ३० लाखभन्दा कम लागतमा बन्ने देखिँदैन । ‘ज्यालामजदुरी गरेर पेट पाल्न सकिन्छ, बस्नलाई बलियो र सुरक्षित घर बनाउनुपर्छ’, उनी प्रस्ट भन्छन् ।
भूकम्पपीडितलाई पहिलो किस्ताका रूपमा सरकारले उपलब्ध गराएको ५० हजार रुपैयाँ अनुदानबाहेक कुमालसँग पैसा पनि छैन । त्यो पैसा जग खन्दैमा सकिएको छ । ‘ऋण लिने प्रयास गरें तर पाइनँ । अब २० आना जग्गा बेचेर भए पनि बलियो र सुरक्षित घर बनाउने हो’, घरको जग राखेर निर्माण थालेका कुमालले भने । कुमालको जग्गा आनाको दुई लाख रुपैयाँका दरले बिक्री हुने अवस्थामा छ । पढ्नेक्रम जारी राख्नुहोस्

बाथ मुटु रोगको उपचार नि:शुल्क


अतुल मिश्र, काठमाडौं
heart-28012017082822-1000x0माघ २५, २०७३- सरकारले बाथ मुटु रोग लाग्न नदिन र प्राथमिक चरणमै उपचार गर्न आवश्यक औषधि देशभर नि:शुल्क गर्ने भएको छ । यसका लागि स्वास्थ्य मन्त्रालयले आवश्यक गृहकार्यसमेत पूरा गरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्