कुवेतमा २८५३औं सोनाम ल्होसार भव्यतापूर्वक सम्पन्न


जय आले, कुवेत

sonam-lhosar-2017०४ फेब्रुअरी २०१७ । बैदेशिक रोजगारिको शिलसिलामा प्रवासको बस्तिमा रहेर पनि आफ्नो जातिय पहिचान, भाषा-भेषभुषा तथा संस्कृतिको जगेर्णा गराउन सक्नुपर्छ भन्ने उद्देश्यका साथ २० नोभेम्बर २०१० मा गठन भएको कुवेत प्रबासी तामाङहरुको जातिय संस्था नेपाल तामाङ घेदुङ, कुवेतले २८५३औं सोनाम ल्होसार हिजो ०३ फेब्रुअरीका दिन भव्यतापूर्वक मनाएको छ ।

कुवेतको खैतानस्थित राजधानी होटलमा सम्पन्न सोनाम ल्होसार घेदुङ कुवेतका अध्यक्ष अमृत तामाङ्को अध्यक्षता एवं महामहिम राजदूत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा खचाखच नेपाली दर्शकहरुको बिच बाँदर बर्ग (टे’ल्हो) को बिदाई तथा चरा बर्ग (ज्या’ल्हो) को स्वागत गर्दै सम्पन्न भएको हो ।

प्रमुख अतिथिको आसनबाट बोल्दै महामहिम राजदूत यज्ञबहादुर हमालले एउटा बगैंचा पनि हजारौं किसिमका फुलहरु फुलेर बन्ने भएकोले सोनाम ल्होसार तामाङ समुदाय भित्र बिशेष गरी मनाईने भए पनि यो बिबिधतामा एकता बोकेको राष्ट्र नेपालको धर्म संस्कृति भित्र पर्ने एक महान पर्व भएकोले सबै नेपालीहरुले यसरी नै मिलेर सबै चाड पर्वहरु मनाउन सके नेपालीहरु बिचको भात्रित्व सदा कायम रहन सक्ने उदाहरण दिनु भयो । सोही अवसरमा वहाँले नेपाली समाजले चालेका हरेक सकारात्मक कदम तथा समाज कल्याणकारी कार्यहरुमा आफु र दूतावासको हमेशा साथ रहने बताउँदै बिगतका दिनहरुमा कुवेतको नेपाली समाजमा सृजित असहज परिस्थितिहरुलाई भुलेर एक आपसमा भाईचाराको सम्बन्ध गाँसेर अगाडि बढ्ने सुझाब सहित ल्होसारको शुभकामना दिनु भयो ।

यसरी नै शुभकामना दिनेहरुमा बिशेष अतिथिहरु तामाङ घेदुङ कुवेतका बरिष्ट सल्लाहाकार तथा पुर्वाध्यक्ष राम लामा घलान, नेपाली दूतावासका दित्तिय सचिव भोगेन्द्र लिङ्देन, एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, आईसिसी कोर्डिनेटर सुजन केसी, पत्रकार महासँघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपाने र घेदुङ कुवेतका कोषाध्यक्ष सम्वर वाईबा तामाङ रहेका थिए ।

16299412_1343371942389853_8539958757221039207_nप्रमुख अतिथि, बिशेष अतिथि र सभापतिले पानसमा द्विप प्रज्वलन गरेर उद्घाटन गरेको सोनाम ल्होसारमा लामा गुरुहरुद्वारा पुजापाठ, टिकोटालो र अतिथिहरुलाई खादा प्रदान समेत गरिएको थियो ।

आयोजकद्वारा तामाङ परीकार लगायत ओपन बुफे भोजनको व्यवस्था गरिएको २८५३औं सोनाम ल्होसारमा घेदुङ कुवेतका स्थानिय कलाकारहरुद्वारा बिभिन्न किसिमका तामाङ सेलो, डम्फु नाच तथा अन्य साँस्कृतिक झाँकीहरु प्रस्तुत गरेर उपस्थित दर्शक तथा अतिथिहरुलाई नचाउँदै माहौल नै ल्होसारमय बनाएका थिए ।

घेदुङ कुवेतका सल्लाहाकार तथा सोनाम ल्होसारका उपसंयोजक सुन बहादुर तामाङले मन्तव्यद्वारा स्वागत गरेको कार्यक्रम कलाकार सुरेश ग्याबा र फोटो पत्रकार युग लामाले संयुक्त रुपमा सन्चालन गरेका थिए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )