सस्तो तर खाली


ct-scan-02022017091901-1000x0माघ २०, २०७३- जब स्वास्थ्य परीक्षण र उपचारको कुरा आउँछ, धेरैको गुनासो हुन्छ– उफ्..कति महँगो १ तर मुलुकमै सबैभन्दा अत्याधुनिक र सस्तो सिटीस्क्यान गर्न भने कोही आउँदैनन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले अत्याधुनिक मेसिनबाट सस्तो सिटीस्क्यान सेवा दिइरहेको छ । तर जानकारी नहुँदा थोरै सेवाग्राही मात्र त्यहाँ पुग्ने गरेका छन् । सेवा सुरु भएको दुई महिनामा ५० जनाले मात्रै यहाँ सिटीस्क्यान गराएका छन् । बुधबार एक जनाले मात्र गराए ।

टेकु अस्पतालमा सिटीस्क्यान शुल्क दुई हजारदेखि साढे चार हजार रुपैयाँसम्म छ । यो अन्य सरकारी र निजी स्वास्थ्य संस्थाको दाँजोमा कम हो । ‘हामीले निजीसँगै वीर, निजामती, पाटन, त्रिवि शिक्षणलगायत अस्पतालको सिटीस्क्यान शुल्क’bout जानकारी लिएर निर्धारण गरेका हौं,’ अस्पतालका निर्देशक डा.रमेशकुमार खरेलले भने ।

टेकुमा दुई हजारमा गरिने स्क्यानलाई निजी क्षेत्रमा तीनदेखि चार हजारसम्म पर्ने रेडियोलोजिस्ट डा.मन्दीप दुलालले बताए । यहाँ दिनहुँ २० वटासम्म सिटीस्क्यान गर्न सकिने उनले जनाए ।

डा. दुलालका अनुसार वीर, ट्रमा सेन्टर, सिभिल र पाटन अस्पतालमा भएका सिटीस्क्यान मेसिन १६ स्लाइस क्षमताका हुन् । टेकु अस्पतालको मेसिनको क्षमता पेटलगायतमा ६४ र टाउकाको स्क्यान १२८ स्लाइसको छ ।

हाडजोर्नी, शल्य चिकित्सा, क्यान्सर विशेषज्ञहरूले सबभन्दा बढी सिटीस्क्यान परीक्षणको सल्लाह दिन्छन् । हाल यहाँ टाउको, पेट, तल्लो पेट, छातीको सिटीसक्यान गरिन्छ ।

संक्रमणलगायत अन्य फोक्सो सम्बन्धी रोगका लागि गरिने ‘हाई रिजोल्युसन सिटीस्क्यान’ पनि गरिन्छ । हाडजोर्नी, पिनास, मेरुदण्ड, मृगौला, मूत्रवाहक नली, मूत्रथैली, आँखाका लागि ‘सिटी अर्बिट’ समेत गरिने दुलालले बताए ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )