अाज सरस्वति पूजा !


   

सरस्वती माता मन्त्र ॐ एं सरस्वत्यै नमः

सरस्वती माताको मन्त्र :- ॐ एं सरस्वत्यै नमः

यहाँहरू सबैलाइ बसन्त पंचमी तथा सरस्वति पूजाको हार्दिक मंगलमय शुभकामना!               सरस्वती वन्दनाः- सरस्वती मया दृष्टा, वीणापुस्तक धारिणी,                        हंशबहान संयुक्ता, विद्या दान करोतुमे

अाजको पञ्चाङ्ग :- अाज वि.सं. २०७३ साल माघ १९ गते। बुधबार। इश्वी सन् २०१७ फेब्रुवरी १ तारिख। शकसंवत् १९३८। सौम्य संवत्सर। उत्तरायण। शिशिर ऋतु। नेपाल संवत् ११३७ सिल्लाथ्व। माघ शुक्लपक्ष। तिथि– पञ्चमी, २६:०९ बजेउप्रान्त षष्ठी। नक्षत्र– उत्तरभाद्रपदा, २२:१६ बजेउप्रान्त रेवती। योग– शिव, ८:१० बजेदेखि सिद्ध २९:३७ बजेउप्रान्त साध्य। करण– वव, १४:५९ बजेदेखि वालव, २६:०९ बजेउप्रान्त कौलव। आनन्दादिमा लुम्ब योग। चन्द्रराशि– मीन। काठमाडौंमा सूर्योदय– ६:५३ बजे, सूर्यास्त– १७:४३ बजे र दिनमान २७ घडी ०७ पला। पञ्चक। वसन्त पञ्चमी (श्रीपञ्चमी), वसन्त श्रवण। सरस्वती पूजा। रति–काम पूजा। हलसाराे गर्ने दिवस।

अाजको दिन शुभ कार्यको रुपमा देशभर तथा विदेशमा सहित सरस्वतीको पूजा गरिँदै छ । माघ शुक्ल पञ्चमीलाई श्रीपञ्चमीका रुपमा मनाउने प्राचीन प्रचलन अनुसार आज को दिनलाई विशेष गरी सरस्वतीको मन्दिर एवम् बिद्यालय तथा महा बिद्यालयहरुमा विशेष पूजाआजा गरी यो पर्व मनाइँदै छ ।

यो पर्व विशेष गरी पूर्वी भारत र नेपालमा ठूलो उल्लाससहित मनाउने प्रचलन छ । यसको साथै विश्व भर पुगेका नेपालीहरुले पनि विदेशमा आफ्नो घर तथा मन्दिरमा गै सरस्वतीको पुजा गर्दछन l वसन्त ऋतुलाई स्वागत गर्ने महत्वपूर्ण समयका रुपमा आजको दिनलाई लिईने भएकाले यसलाई बसन्त पञ्चमी पनि भन्ने गरिन्छ ।

सरस्वती वंदनाः- या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना।
या ब्रह्माच्युत शंकरप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ॥1॥

शुक्लां ब्रह्मविचार सार परमामाद्यां जगद्व्यापिनीं
वीणा-पुस्तक-धारिणीमभयदां जाड्यान्धकारापहाम्‌।
हस्ते स्फटिकमालिकां विदधतीं पद्मासने संस्थिताम्‌
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्‌॥2॥                                                                                  या देवी सर्वभूतेषु विद्या रूपेण संस्थिता नमस्तस्यै-नमस्तस्यै, नमस्तस्यै नमो नम:।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )