Monthly Archives: फ्रेवुअरी 2017

नेपाली समाज कुवेत मातृभुमी ”UAE एक्सचेंन्ज” फुटबल कप २४ मार्च २०१७ मा हुने


16999243_785000034998218_2437331467010960668_nडम्बर रिमाल माइला, कुवेत-मातृभुमी क्लब र यु.ए.इ. एक्सचेंज कुवेत द्वारा अागामी २०१७ मार्च २४ तारिख शुक्रवारका दिन, कुवेत श्थित नेपाली फुटबल टिमहरूको सहभागीतामा फुटबल खेलाइने।  मातृभुमी FC का अध्यक्ष तथा माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब काठमान्डु कुवेतका खेलकुद विभाग प्रमुख रिषी थापा मगर ज्युले उक्त कुराको जानकारी गराउनु भयो ।
खेलको लागी टिम दर्ता (टाइसिट) वितरण १० मार्च २०१७ का दिन बिहान १० बजे देखी दिउसो १३ बजे सम्ममा महाबुल्लाको फुटबल ग्राउण्डमा टिम दर्ता गराइ सक्नु पर्ने र उक्त दिन मातृभुमी क्लब अायोजक बनेर फ्रयाण्डसिप म्याच पनि खेलाउने जानकारी दिनु भयो साथै फुटबल खेलको पढ्नेक्रम जारी राख्नुहोस्

अझै चुहिएरै सकिन्छ साढे ११ अर्बको बिजुली


विष्णु बेल्वासे
electricityकाठमाडौं- ऊर्जामन्त्री जनार्दन शर्माले बिजुली चुहावट तीन प्रतिशतले घटेको दाबी गरेका छन्। करिव २६ प्रतिशत चुहावट हुँदै आएको बिजुली तीन प्रतिशत बिन्दुले घटाएर २३ प्रतिशतमा झारेको उनले सोमबार नागरिकलाई बताए। एक प्रतिशत बिजुली चोरी हुँदा नेपाल विद्युत प्राधिकरणलाई करिब ५० करोड नोक्सान हुन्छ। तीन प्रतिशत बिजुली चुहावट जोगाउन सकिएको खण्डमा एक अर्ब ५० करोड रुपैयाँ प्राधिकरणलाई नोक्सान हुनबाट जोगाउन सकिन्छ। पढ्नेक्रम जारी राख्नुहोस्

स्थानीय निर्वाचनले ३६ हजार कार्यकर्तालार्इ रोजगारी !


election-commission-nepal१७ फागुन, काठमाडौं । स्थानीय स्तरका राजनीतिक कार्यकर्ता ब्यबस्थापन गर्ने कठिनाइ भोगिरहेका राजनीतिक दलहरुलाई आसन्न स्थानीय निर्वाचन सुनौलो अबसर हुने भएको छ ।स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि विभिन्न राजनीतिक दलका करिव ३६ हजार नेताकार्यकर्ताको एकैपटक व्यवस्थापन हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्

लामाको नागरिकता नै शंकास्पद


प्रतिलिपिसँग जन्ममिति, जन्मस्थान र नागरिकता नम्बर विवरण मिल्दैन
होम कार्की, काठमाडौं
lama-21022017090321-1000x0फाल्गुन १६, २०७३- संयुक्त अरब इमिरेट्स (यूएई) का लागि प्रस्तावित राजदूत आशा लामाको नागरिकताका विवरणहरू शंकास्पद देखिएका छन् । २०४८ असोज १६ गते काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी भएको उनको नागरिकता र त्यसको प्रतिलिपिमा उल्लिखित जन्ममिति, जन्मस्थान र नागरिकता नम्बर नै बेग्लाबेग्लै छन् । पढ्नेक्रम जारी राख्नुहोस्

रौतहटको वीपीचोकमा मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप


पत्रकारसहित तीनजना घाइते
शिव पुरी/पवन यादव, काठमाडौं
shi-2-26022017033936-1000x0फाल्गुन १५, २०७३- आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा वीपीचोक आइतबार केहीबेर तनावग्रस्त बनेको छ । सदरमुकाम गौरस्थित ब्यारेक चौरमा एमालेको कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम विथोल्न पुगेका मार्चाका कार्यकर्तालाई रोक्ने क्रममा प्रहरीसँग झडप भएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

नेपाली राजदूतावास कुवेतमा नेता श्रेष्ठ र नेपाली समुदाय बिच अन्तर्क्रिया सम्पन्न


img_9896कोशराज राई/ फेब्रुवरी २६, कुवेत । नेपाली राजदूतावास कुवेतमा ह्जो बेलुका नेपाली समुदाय र नेपालबाट आउनुभएका माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्मन्त्री तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ “प्रकाश” बिच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। नेपाली जन-प्रगतिशील मञ्चको केन्द्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा आउनुभएका नेता श्रेष्ठ नेपाली राजनितिमा स्वच्छ छवि भएका नेताको रुपमा लिईएको, सरकारको उच्च ओहदामा बसेको र वहाँको पार्टी सरकारमा रहेको कारण कुवेतका नेपालीहरुको समस्यालाई हल गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नुहुने भएको कारण दूतावासले उक्त अन्तर्क्रियाको आयोजना गरेको हो। पढ्नेक्रम जारी राख्नुहोस्