जनजागृति युवा समाज कुवेतको अध्यक्षमा पुन छत्र कार्की


16195428_764297333723857_6901609419627739817_nजनजागृति युवा समाज कुवेतको चौथो अधिबेशन आज सम्पन्न भएको छ | फर्वानिया स्थित शैलुंगेस्वर होटलमा भएको अधिबेशनले छत्र कार्कीलाई पुन अध्यक्षमा चयन गरेको हो |

निवर्तमान अध्यक्ष छत्र कार्कीको सभापतित्व तथा कोसेली ग्रुपका अध्यक्ष इन्द्र पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले कार्कीलाई निर्बिरोध अध्यक्षमा चयन गर्दै केहि रिक्त रहेको पदमा पूर्ति गर्दै नयाँ कार्यसमिति निर्माण गरेको छ |

महासचिब टिकाराम आचार्य द्धारा संचालित कार्यक्रममा समाजका सदस्य र कुवेतबाट संचालित मिडियाका प्रतिनिधिको मात्र उपस्थित रहेको थियो | कार्यक्रममा उपाध्यक्ष आनन्द आचार्यले स्वागत मन्तब्य दिदै समाजको पृष्ठभूमि सहित सामाजिक कार्यहरुको बारेमा जानकारी दिएका थिए |

img_4333-650x433अधिबेशन समारोहकै बिचमा समाजले अर्को सामाजिक अभियान संचालन गर्ने घोषणा गरेको छ | समाजले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्दै गरेको महोत्तरीको बर्दिबास स्थित एकिकृत नमुना मुसहर बस्ती निर्माणको लागि सहयोग संकलन अभियान संचालन गर्ने भएको छ | धुर्मुस सुन्तली फाउण्डेशनले सहयोगको लागि आधिकारिक पत्र पठाएको जानकारी दिदै आजकै मितिबाट महासचिब टिकाराम आचार्यको संयोजकत्वमा समिति निर्माण गरि सहयोग संकलन अभियान संचालन गरिएको जानकारी दिएको छ | समितिमा कोषाध्यक्ष अनिल कुमार ठाकुर र सदस्य सचिबमा प्रदिप नेपाली रहेका छन् |

16387129_1195532530502263_7090103107582167338_nयसैगरी समाजले हरेक बर्ष समाजमा सक्रिय सामाजिक व्यक्तित्वलाई सम्मान गर्ने कार्यलाई पनि निरन्तरता दिदै समाजको हरेक कार्यमा सहयोग गर्ने तथा कुवेतको नेपाली समाजमा समाजसेवीको पहिचान बनाउन सफल बिष्णु परियार र समाजका हरेक कार्य देखि कुवेतको नेपाली समाजमा कलमको मध्यमबाट योगदान गरेको भन्दै कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आलेलाइ मायाको चिनो, सम्मान पत्र साथै दोसल्लाले सम्मान गरेको छ | भने समाजका हरेक कार्यमा डटेर लाग्ने सदस्य द्धय अनिल ठाकुर र राजेन्द्र श्रेष्ठलाइ सम्मान पत्र सहित दोसल्लाले सम्मान गरेको छ | यसैगरी अर्थ संयोजक राम बहादुर तामांगलाइ उत्कृष्ट कार्य गरेको भन्दै मायाको चिनो प्रदान गरेको थियो |

img_4242-650x433कार्यक्रममा बरिष्ठ सल्लाहकार ठाकुर प्रसाद पौडेलले समाजले बिगत देखि गर्दै आएको कार्य र भावी कार्यको बारेमा प्रस्ट परेका थिए भने सम्रक्षक दिपक क्षेत्रीले समाज रुपान्तरणमा आगामी दिनमा अझ प्रभाबकारी ढंगले सामाजिक कार्यमा लाग्न नयाँ कार्यसमितिलाइ आह्वान गर्दै शुभकामना दिएका थिए | कार्यबाहक कोषाध्यक्ष कृष्ण सुनारले आर्थिक प्रतिबेदन पेश गरेका थिए |

कार्यक्रममा प्रमुख अतिथि इन्द्र पोख्रेल, बिशेष अतिथिहरु एनआरएनए आइसीसी कोर्डिनेटर सुजन केसी, समाजसेवी बिष्णु परियार, कुवेतनेपाल डटकमका प्रधान सम्पादक जय आलेले समाजको सामाजिक कार्यको प्रशंसा गर्दै नया कार्यसमितिलाइ बधाई दिएका थिए |

अन्त्यमा सभापति छत्र कार्कीले कुवेतको नेपाली समाजमा पुरानो र सामाजिक सेवामा अनबरत रुपमा लागी परेको जनजागृति युबा समाजले सामाजिक कार्य देखि बौद्धिक स्तर बृद्धि गराउने रचनात्मक कार्य समेत गरिसकेको र यस्ता कार्यलाई निरन्तरता दिने बताउदै समाजले संचालन गरेको धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्दै गरेको महोत्तरीको बर्दिबास स्थित एकिकृत नमुना मुसहर बस्ती निर्माणको लागि सहयोग संकलन अभियानमा सहयोग गर्न कुवेतमा कृयाशिल संघसँस्थाहरु, बुद्धिजीवि, पत्रकार, समाजसेवी तथा नेपाली दाजुभाई दिदीबहिनीहरुलाई अनुरोध गरेका छन् |

नया कार्यसमिति निम्नानुसार रहेको छ |

सम्रक्षक– दिपक क्षेत्री

बरिस्ठ सल्लाकार– ठाकुर प्रसाद पौडेल

अध्यक्ष– छत्र कार्की

उपाध्यक्ष– आनन्द आचार्य

महासचिब– टिकाराम आचार्य

सचिब– जीवन सुनार

कोषाध्यक्ष– कृष्ण सुनार

सह कोषाध्यक्ष– भिम केसी

अर्थ संयोजक– राम बहादुर तामांग

सह अर्थ संयोजक– राजेन्द्र श्रेष्ठ

संगठन बिभाग प्रमुख– अनिल कुमार ठाकुर

जनचेतना तथा राहत उद्दार प्रमुख (पुरुष)– प्रेम कुमार लिम्बु

जनचेतना तथा राहत उद्दार प्रमुख(महिला)- सुर्वास्वरी राइ

ब्यबस्थापन बिभाग प्रमुख– हुम बहादुर खत्री

सुरक्षा बिभाग प्रमुख- सन्तोष सुनार

सूचना बिभाग प्रमुख– प्रदिप नेपाली

महिला प्रमुख– मिरा पौडेल

सदस्यहरु– पुर्णिमा तामांग लामा, सपना राइ, सुस्म लामा, कृष्ण गुरुङ, इन्द्र प्रसाद न्यौपाने, प्रेम श्रीस मगर, आश बहादुर नेपाली, कृष्ण मल्ल |

नव प्रवेशी सदस्यहरु– सुर्य चन्द्र श्रेष्ठ, लाल बहादुर तामांग, सुन बहादुर तामांग, सुनिता परियार, बाबुराम भुसाल, प्रेम कार्की र सरस्वति बराल रहेका छन् | नव प्रवेशी सदस्यहरुलाइ दोसल्ला ओडाएर सम्मान गर्दै प्रवेश गराइएको थियो |

स्रोत: हाम्रो संचारडटकम

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )