ओलीको नेतृत्वमा अन्तर्राष्ट्रिय झापाली समाज गठन


16389420_10153950520456618_1467112170_oझापा जिल्ला घर भई अध्ययन, रोजगार र व्यापारको शिलशिलामा विश्वभर छरिएर रहेका झापालीहरु विच समन्वय कायम गर्दै एकजुट हुने उद्देश्यका साथ अन्तराष्ट्रिय झापाली समाज तदर्थ समिति गठन भएको छ । समितीको संयोजक पदमा अष्ट्रेलिया निवासी भवानी प्रसाद ओली सर्वसम्मत चयन हुनु भएको छ । झापाली समाज अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया, हङकङ, कुबेत, इजरायल, युएइ, लक्जेम्बर्ग लगायत हाललाई १५ भन्दा बढी देशका अन्तराष्ट्रिय प्रतिनिधिहरूको हिजो सम्पन्न भएको पहिलो बैठकले उक्त निर्णय गरेको झापाली समाज अष्ट्रेलियाको तर्फ वाट रुपराज मैनालीले एक प्रेस विज्ञप्ती जारी गरी जनाएका छन् ।

विज्ञप्तीका अनुसार ओलीलाई संयोजकमा चयन गरियोस् भनी अमेरिकाका प्रमोद सिटौलाले प्रस्ताव राखेका थिए भने उक्त प्रस्तावलाई कुमार झापाली (कुवेत), राजु थापा (कोरिया), तुलसी पाठक (जापान), खगेन्द्र सिटौला (अष्ट्रेलिया), बाल हरी राई (लक्जम्बर्ग), गणेश गौतम (इजरायल), दिनेश पोखरेल (अष्ट्रेलिया), दिपक खनाल (अष्ट्रेलिया), रूप राज मैनाली (अष्ट्रेलिया), साबित्रा लुइटेल (इजरायल), रितु राज ढकाल (इजरायल), रोहित भण्डारी (युएई), छत्र सुब्बा (हंगकंग), अर्जुन बहादुर बस्नेत (कुवेत), मणि सूबेदी (युएई), बिनोद कार्की (जापान), चुडामणी काफ्ले (जापान), रीना ओडारी (साईप्रस) लगायत उपस्थित प्रतिनिधिहरूले समर्थन गरेका थिए । झापाली समाज अष्ट्रेलियाका सचिब रूप राज मैनालीले संचालन गरेका उक्त बैठकको सहजकर्तामा दिनेश पोखरेल गरेका थिए । बैठकको अध्यक्षता ज्येष्ठ ब्यक्तित्व दिपक खनालले गरेका थिए ।

तदर्थ समितीको संयोजकमा निर्वाचित भए पछि द नेपाली टाईम्स अस्ट्रलिया सँग कुरा गर्दै नब निर्बाचित संयोजक भवानी ओलीले बिश्वभर छरिएर रहेका झापालीहरु बिच पारस्परिक एकता सुदृढ गर्दै एकीकृत शक्ति झापा जिल्लाको बृहत्तर बिकाश र सामाजिक एबम परोपकारी कार्यमा लाग्ने उदेश्यले अन्तर्राष्ट्रिय झापाली समाज गठन भएको र आफुले समाजलाई अझ गोलबन्द गर्दै आफुलाई दिएको जिम्मेवारी पुरा गर्न लागि पर्ने बताए।

http://www.nepalitimes.com

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )