चितवन सेवा समाज कुवेतको म्युजिक धमाका को लागि अतिथि कलाकार शिव बिक र लोक गायिका प्रिती आले कुवेत आउने


सुरेश गुरुङ,कुबेत

16237320_1301404213231067_1288013211_n-306x433जनवरी २४, कुवेत नेपालीहरुको चाप खुल्दै जाने नेपाली संघँ सस्थाहरुका कुनै न कुनै कार्यक्रमले प्रबाशी कुवेत बाशी नेपालीहरु ले रमाईलो गर्न पाउने अबसर धेरै नै आएका छन । चितवन सेवा समाज कुवेतले नेपालका चर्चित राष्ट्रिय कलाकारहरु लोक गायिका तथा बेली डान्सर प्रिती आले र डान्स डाइरेक्टर नेपालका माइकल ज्याक्सन भनेर चिनिने शिव बिक कुवेत आउने भएका छन् |

आगामी फेब्रुवरी २४ शुक्रबारका दिन बेली डान्सर तथा अहिले अत्यन्तै व्यस्त लोक गायिका प्रिती आले र चर्चित डान्स डाइरेक्टर (माइकल ज्याक्सन) शिव बिकका साथमा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने समाजका अध्यक्ष नबिन लोप्चनले जानकारी दिएका छन् | उक्त कार्यक्रमबाट संकलन भएको रकम नेपालका अनाथ बालबालिकाको लागि खर्च गरिने समाजले बताएको छ |

कुवेतको जिलिप स्थित वैडीङ हलमा हुने बृहत सांगीतिक कार्यक्रमका माझ समाजले संस्था स्थापनाको प्रथम बार्षिक उत्सब पनि मनाउने भएको छ | कार्यक्रम दिनको ठिक १२ बजेबाट संचालन हुने भएको छ |

अनेकतामा एकता, एकताको मन हाम्रो प्यारो चितवन भन्ने मूल नाराका साथ गत बर्ष फेब्रुवरी २० तारिखमा स्थापना भएको समाजले स्थापनाको छोटो अवधीमा बिभिन्न सामाजिक कार्य गरिसकेको छ |

कार्यक्रममा कुवेतमा क्रियाशील सम्पूर्ण संघसंस्था, पत्रकार, कलाकार, समजसेवी तथा सम्पूर्ण कुवेतबासि नेपालीहरुलाई आमन्त्रण गर्दै कार्यक्रम सफल पार्न सहयोग गरिदिनु हुन पनि अध्यक्ष लोप्चनले अनुरोध गरेका छन्

कार्यक्रम बारे थप जानकारी

मिति;- फेब्रुवरी २४ शुक्रबार, २०१७

स्थान;- जिलिप, वैडीङ हल

समय;- दिनको ठिक १२ बजे

सम्पर्क;- ९७२६१५७३, ५५४१८२९७, ५१०३२५७८

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )