नेपाली दुताबास कुवेतको सँघ-संस्थासँग सचेतना र प्रबासबाट लगानी ’bout अन्तर्क्रिया कार्यक्रम सम्पन्न


कुबेत नेपालडटकम

16143124_1383473325017836_2105505931224372621_n२१ जनवरी २०१७ कुवेत नेपाली राजदुताबास कुवैतले हिजो २१,जनवरी २०१७ मा नेपाली सँघ-संस्थाहरुसँग सचेतना जगाउने र प्रबासबाट लगानी ’bout मा छलफल कार्यक्रम सम्पन्न गरेको छ।

कुवेतमा कृयाशिल रहेका संस्थाका सम्पूर्ण प्रतिनिधिहरुलाई बोलाईएको कार्यक्रममा दुतावासले नेपाली संस्थाहरुसँग गरेको सचेतना जगाउने र प्रबासबाट लगानी ’bout अन्तर्कृया कार्यक्रमको समिक्षा गर्दै, नेपालको लगानी व्यवसायमा कुवेतवासी नेपाली र दुतावासले खेल्न सक्ने सम्भावित भूमिका ’bout ब्रिहत छलफल तथा अन्तर्कृया गर्‍यो ।

16105535_1383473988351103_2744769044048575028_nदुतावासका सहचारी सुरेश अधिकारी ले सञ्चालन गरेको कार्यक्रममा मिनिस्ट्री अफ काउन्सिलर लेखनाथ भट्टराईले सम्पूर्ण उपस्थित संघ-संस्थाका प्रतिनिधि तथा बौद्दिक व्यक्तित्वहरुलाई बिषयवस्तुमा केन्द्रित रहि स्वऐच्छिक धारणा राख्न आग्रह गर्नु भएको थियो । भने विदेशमा रहेका नेपालीहरुबाट नेपाल मा कसरी योगदान पुर्याउन सकिन्छ,र कसरी योगदान गर्ने र कसरी परिचालन गर्न र कुबेत मा कर्मथलो बनाएर बस्ने नेपालीहर ले कसरी सहज वातरण बनाउने भन्दै कुवेत सरकारको पछिल्लो तथ्यांक अनुसार करिब ६१ हजार नेपालीहरु कुवेतमा कानूनी ढंगले वसोवास गरिरहेको, ५ हजारको हाराहरीमा गैरकानूनी रहेको जानकारी दिनुभएको थियो।

16114964_1383474308351071_4753966828873839846_nअन्तर्क्रिया कार्यक्रम मा कुवेतका नेपाली समाजका प्रतिनिधिहरु आफ्नो बिचार राख्नु भएको थियो । यस्तै, खोटाङ कुवेत सम्पर्क मञ्चका अध्यक्ष मन्जित राई, ठाकुरप्रसाद पौडेल, कोसेली ग्रुपका अध्यक्ष ईन्द्रप्रसाद पोखरेल, मध्य पश्चिम सेवा समाजका अध्यक्ष गणेश रावत, परदेशी खाबड़ डटकमका सम्पादक तथा किरात राई यायोक्खाकी उपाध्यक्ष नैनकला राई, नेपाल कुवेत सरोकार समाजका अध्यक्ष दिल स्याङबो, अन्तराष्ट्रिय नेपाली समाज कुवेतका संयोजक नारायण पोखरेल, नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखाका अध्यक्ष रमेश राई चट्याङ, तमू समाज कुवेतका अध्यक्ष खोप गुरुङ, कवेत नेपाली एकता समाजका प्रतिनिधि धर्मराज उपाध्य, नेपाल कुवेतका प्रतिनिधि पदम लामा, दलित एकता संजालका बिरबिक्रम सुनार, परदेशी खबर डटकमका सम्वादाता युवक राई, परदेशी खबर डटकमका सम्पादक दिलकुमार पाख्रीन, प्रवासी नेपली मञ्चका युवराज गैरे, जिफन्ट सपोर्ट ग्रुपका अध्यक्ष अर्जुन बस्नेत, एनआरएनए आईसीसी सदस्य सुजन केसी, एनआरएनए राष्ट्रिय समन्वय परिषदका अध्यक्ष अर्जुन तामाङ, आफ्नो बिचर भनाइे राखन्नु भएको थिए ।

1महामहिम राजदुतले सबै उपस्थित भएर सल्लाह सुझाव दिएकोमा खुशी व्यक्त गर्दै, नेपालको सुधार ल्याउन र कुवेतीहरुलाई त्यहाँसम्म पुर्‍याउन दुतावासले कुटनैतीक पक्षबाट खेल्न मिल्ने भूमिका पूर्णरुपमा खेल्ने बचन दिनुभयो । नेपाली समुदायले पनि नेपालमा लगानी गर्नु भनेको नेपालको विकास सहयोग हुने राजदुतले बताउनु भयो अन्त्यमा मिनिस्ट्री अफ काउन्सिलर लेखनाथ भट्टराईले कार्यक्रमबाट निर्णयमा पुगेका बुँदाहरु पढेर सुनाउँदै कार्यक्रमको समापनको घोषणा गर्नु भएको थियो।16194940_729032240592574_3451092485604282727_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )