चन्द्रकला राईको “सोल्टि हजुर” बोलको गित सार्वजनिक


received_1165010753596411सञ्चारकर्मी तथा गायिका चन्द्रकला राईको दोस्रो एल्बम ‘सोल्टि हजुर’को शीर्ष गीत सार्वजनिक भएको छ ।
गायिका राईको आफ्नै स्वर र शब्दमा रहेको ‘सोल्टिनी ज्यू सोल्टिनी ज्यू भन्दिउ कि आइ लभ यु’ बोलको गीत आइतबार सार्वजनिक भएको हो । उनलाई गायक रेवत राईले साथ दिएका छन् । गीतमा भीषण मुकारुङको सङ्गीत रहेको छ भने सागर संसार राईले संगीत संयोजन गरेका छन् ।
साथै नेत्र किराँतीले निर्देशन गरेको भिडियो शिर कुमार साङपाङले छायांकन गरेका हुन् भने अभिनय सुमन, कोपिला र शेर बहादुरको रहेको छ । यस एल्बममा भीषण मुकारुङका साथै सङ्गीत प्राज्ञ गणेश रसिक, दीपक शर्मा र पारस मुकारुङ्को सङ्गीत रहेको छ । त्यस्तै गायिका चन्द्रकला राई, रेवत राई र राजेश पायल राईले स्वर दिएका छन् ।
एल्बममा कवि स्वप्नील स्मृतिको पनि शब्द रहेको छ । भोजपुर जिल्लामा बसेर पत्रकारिता तथा सांगतिक क्षेत्रमा लागिरहेको राईको एल्बम केही दिनमा सार्वजनिक हुने गायक रेवत राईले जानकारी दिएका छन्। ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )