नेपाल तामांग घेदुङ्ग कुबेतले २८५३ औ सोनाम ल्होछार फेब्रुअरी ३ तारिक साँस्कृतिक कार्यक्रमको साथमा मनाउने


कुबेत नेपालडटकम

16144325_1341264595947923_1514447167_nतामाङ हरुको मौलिक तथा सास्कृतिक पर्व २८५३औं सोनाम ल्होछार ज्या ल्हो (चरा वर्ग) अर्थात नयाँ बर्ष सोनाम ल्होछार यही फेब्रुअरी ३ तारिक खैतान स्थित राजधानी होटेलमा को दिन धुमधामको साथ मनाउने भएका छन् |

कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी तामाङ समुदायको सकृय जातिय संस्था नेपाल तामाङ घेदुङ, कुवेतले खासगरी तमाङ जातिहरुको ऐतिहासिक एवं मौलिक परम्परा, भाषा-संस्कृति, भेषभूषा र रीतिरीवाजलाई जगेर्ना गर्ने तथा जातिय पहिचानलाई संरक्षण गर्ने जस्ता ल्होसार पर्वका बिशेषताहरु भएपनि प्रबासमा कृयाशिल अन्य नेपाली समाजसँगको आपसी भाईचारालाई हातेमालो गर्दै जाने बनाउने उद्देश्यले सम्बत २८५३औं सोनाम ल्होछार ज्या ल्हो (चरा वर्ग) अर्थात नयाँ बर्ष सोनाम ल्होछार धर्मगरु बाट पूजा पाट गरी अर्थात नयाँ बर्ष सोनाम ल्होछार भब्य र सभ्य तरिकाले मनाउन र सम्पन्न गर्न आयोजक समित गठन गरिएको  आयोजक नेपाल तामाङ घेदुङ कुवैत बताउनु भएको छ।

फर्वानिया स्थित नेपाली सैलुंगे रेस्टुरेन्टमा तामांग घेदुङ्ग कुवेतको अध्यक्ष अमृत तामांगको अध्यकक्षतामा सम्पन्न बैठकले आश बहादुर तामांगक संयोजकत्वमा १५ सदस्यीय ल्होछार मूल आयोजक कमिटि गठन गरि विभिन्न उप कमिटि बनाई जिम्मेवारी बाँडफाट समेत गरिएको छ |
१. संयोजक – आश बहादुर तामांग
उप संयोजक – सुनबहादुर तामांग
२ .आर्थिक बिभाग प्रमुख -सम्बर वाइबा
आर्थिक बिभाग उपप्रमुख -निरु लामा
३ .सुरक्षा बिभाग प्रमुख -दिल स्यांग्बा
सुरक्षा बिभाग उपप्रमुख-राम लामा
४ .सास्कृतिक बिभाग प्रमुख-रेशम लामा
सास्कृतिक बिभाग उपप्रमुख – हिमाल लामा
५ ल्होछार प्रचार प्रसार प्रमुख -युग लामा

कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि तामाङ सास्कृती घेदुङ कुबेतको कलाकारहरुको पहिचान र मौलिकता झल्काउने खालका नेपाली गीत तथा तामाङ सेलो गीतहरु नृत्य पस्केर दर्शकलाई थप मनोरञ्जन दिने महासचिब सुरेस ग्याबाले बताउनु भएको छ।

ल्होछार कार्यक्रममा कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत आम कुवैतबासी तामांग तथा गैर तामांग सपुर्ण नेपालीहरुलाई आपसी सद्भावका साथ आमन्त्रण गरिएको छ |

स्थान: खैतान राजधानी होटेल
मिति: ३ फेब्रुअरी २०१७शुक्रबार
समय: बिहान ठीक १०,०० बजे
आयोजक:नेपाल तामाङ घेदुङ कुवैत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )