नेपकोरको यहि २८मा हुने मास्क डान्स पार्टीमा चर्चित नेपाली मुलका बेलायती डिजे आउने, महिलालाई मास्क फ्रि


विकास श्रेष्ठ

nepkornewsssनेपकोरले कोरियाको दोङ्देमूनमा आयोजना गरेको बृहत् मास्क पार्टीमा चर्चित नेपाली मुलका बेलायती डिजे एल “L” आउने पक्का भएको छ । नेपकोरले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर जनवरी २८ तारिख मास्क पार्टीको आयोजना गरेको छ । सो पृथक र युरोपियन शैलीको मास्क डान्स पार्टीमा नेपालीलाई थप मनोरञ्जन र संगितमय बनाउन डिजे एललाई आयोजक नेपकोरले आमन्त्रण गरेको हो । सात वर्ष अष्ट्रेलियामा बसेर त्यहाँ रहेका नेपालीलाई सांगेतिक मनोरञ्जन दिएर चर्चित बनेका डिजे एल अहिले बेलायतमा पनि सांगेतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिदै आएका छन् । उनले बेलायतमा पनि विभिन्न अवसरमा नेपालीले आयोजना गर्ने पार्टी र सांगेतिक कार्यक्रममा सांगेतिक मनोरञ्जन दिदै आएका छन् । बेलायत सहित युरोपमा रहेका नेपाली माझ चिनिएका डिजे एलको कोरियामा पनि धेरै नेपाली प्रशंसक रहेका छन् ।

डिजे एलको कोरिया आउन चाहिने भिषा लगायतका प्रक्रिया पुरा भएको जानकारी आयोजकले दिएको छ । डिजे एल आउने निश्चित भएपछि पार्टीको तयारी जुटेको आयोजकले जनाएको छ । डिजे एलले कोरियामा रहेका नेपालीको मन जित्ने आशा पनि आयोजकको छ । नेपकोरले यस अघि ट्यान्क टप डान्स पार्टी आयोजना गरेको दोङ्देमूनको हिस्ट्री एण्ड कल्चरल पार्क नजिकैको न्यु छान्जी होटलमा मास्क पार्टी गर्ने भएको छ ।

यसैबीच नेपकोरले सोहि दिन दिउसो दोङ्देमून आसपासमा सरसफाई कार्यक्रम पनि आयोजना गरेको छ । त्यसैगरी आयोजकले पार्टीमा आउने महिला तथा लेडिजलाई फ्रिमा मास्क दिने भएको छ ।मास्क गर्ल्सले मात्र लगाउने भएकोले उनिहरुलाई फ्री गरिएको आयोजकले जनाएको छ

hellonepalkorea.com

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )