काठको बाकसमा छोराको लास, ६० बर्षिय बाबुको पिडा “मेरो किरिया गर्नुपर्ने छोराको मैले लास बोक्नुपर्यो”


शम्भु दंगाल

airport-dead-body-story-1-358x300माघेसङ्क्रान्तीको दिन आफन्तजन भेला भएर सबैतिर रमाइलो गर्दै पर्व मनाइरहेका बेला जाजरकोट कार्की गाँउका एक बृद्ध भने त्रिभूवन अन्र्तराष्ट्रिय विमानस्थलमा काठको बाकस कुरेर बसेका थिए ।

मलेसियाबाट त्यो काठको बाकसमा अरु कोही नभएर उनका जेठा छोरा गोपाल चनाराको शब आँउदै थियो । उमेर ६० कटेका यी बृद्ध ४ घन्टासम्म आकासतिर हेर्दै अब कहिल्यै भेट नहुने छोराको प्रतिक्षामा थिए ।

हवाइजहाजले भुँई छोएको दुई घन्टापछि बल्ल उनले आफ्नो छोराको लास रहेको काठको बाकस भेट्टाए । २४ दिनअघि मलेसियामा मृत्यु भएको र ६ बर्षदेखि बिछोडिएको जेठो छोरोको शब भेटेपछि उनी भक्कानिए ।
‘गैहाल्यो मेरो जेठो छोरा । मेरो किरिया गर्नुपर्ने छोराको मैले लास उठाउनुपर्यो ।’ २७ बर्षका गोपाल छ बर्ष अगाडि बैदेशिक रोजगारीका लागि मलेसिया गएका थिए । आफू गएको कम्पनीमा काम र तलब राम्रो नभएपछि उनी त्यहाँबाट भागेर गैह्रकानुनी कामदारका रुपमा लुकीछिपी काम गरिरहेका थिए ।

उनले बाबुसँग १ महिनापछि घर आँउछु भनेका थिए । ‘बाँके कोहलपुरमा आएको बेला अन्तिम पटक कुरा भयो । एक महिना पछि आँउछु भनेको थियो । त्यसपछि जति फोन गरेपनि लागेन । पछि मृत्यु भएको खबर आयो ।’

airport-dead-body-story-2-650x433उनको मृत्यु कसरी भएको भन्नेमा पनि दुईथरी कुरा सुनिएको उनका आफन्तले बताए । कसैले मोटरसाइकल दुर्घटनामा परेको भनेका छन् कसैले छुरी हानेर हत्या गरेको बताएका छन् ।
उनले १ बर्षसम्म कामबाट आएको पैसा घरमा पठाएपनि त्यसपछि थोरै मात्र पठाएका थिए । ५ बर्षको कमाईपनि आफूसँगै राखेकोले उक्त पैसा कहाँ छ भन्ने पनि केही थाहा नभएको मृतक गोपालका आफन्तले बताए ।

गैह्रकानुनी हैसियतमा काम गरेका कारण उनका आफन्तले क्षतिपूर्ति तथा विमा वापतको रकम पाउन पनि मुस्किल पर्ने भएको रातोपाटीमा समाचार छ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )