बेल्टमा झुण्डिएका थिए यम बुद्ध


नवीन पोखरेल, लन्डन
yama-buddha-dead-15012017112318-1000x0माघ २, २०७३- स्टेजमा यम बुद्ध नामले चर्चित नेपालका ऱ्यापर अनिल अधिकारी लन्डनमा झुण्डिएर आत्महत्या गरेपछि देश विदेशबाट उनका शुभचिन्तकहरुले श्रद्धाञ्जलि अर्पण गरिरहेका छन् । उनका लाखौं युवा फ्यानको श्रद्धाञ्जलिले सामाजिक सञ्जाल अहिले भरिभराउ छ । उनी शनिबार बिहान घरको बाथरुममा घांटीमा बेल्टले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको पारिवारिक श्रोतले उल्लेख गरेको छ ।

लन्डन साउथ हयारो नजिक फिल्ड इन्ड रोड, रइसलिपमा ससुराली घरमा बस्दै आएका ३० वर्षीय यम शुक्रबार रोयल मेल (हुलाक सेवा कम्पनी) को काम सकेर घर फर्किएका थिए । पारिवारिक श्रोतका अनुसार, घर आएर खाना खाइ करिब १२ बजे श्रीमति अस्मिता सेढाईंसँगै सुतेका उनी साढे तीन बजे बाथरुम छिरेका थिए । बिहान ६ बजेतिर त्यही घर बस्ने एक जना बाथरुम जान खोज्दा ढोका लक भइरहेको पाएपछि किचनमा अर्को चाबीले ढोका खोल्दा उनी झुण्डिरहेको अवस्थामा भेटिएका थिए । टावल झुण्ड्याउने डन्डी बलियो र अलिक हाइटमा भएकाले बेल्टले घाँटीमा पासो लगाउन सजिलो भएको परिवारको बुझाइ छ । त्यतिखेर उनको आइफोन सेभेन मोबाइल खल्तीमै थियो ।

‘काम सकेर घर खाना खाइ नर्मल सुतेको मान्छे एक्कासी त्यो अवस्थामा पाउंदा हामी आश्चर्यचकित भयौं,’ एक आफन्तजनले भने, ‘यमको लोकप्रियता सन् २०१२ तिर खुबै चुलिएको थियो । बेलायत आएपछि विगत जस्तो प्रगति नभएको र बढ्दो तनावले पनि उनमा एकखालको वितृष्णा भएको हुनसक्छ ।’

सन् २००९ मा विद्यार्थी भिजामा लन्डन आएर सन् २०११ मा नेपाल फर्किएका उनी बिहेपछि २०१४ मा स्पाउज भिजामा यूके आएका थिए । ब्रिटिश पासपोर्ट होल्डर श्रीमती अस्मिताको स्पाउज भिजामा थिए उनी । २५ वर्षकै उमेरमा विधवा बनेकी यमकी श्रीमती र समस्त परिवार यतिखेर शोकमा छ ।

आत्महत्याको दुई दिन अघिसम्म यम ५ वटा गीतहरुको संग्रह निकाल्न रेकर्डिङ मा व्यस्त थिए । करिब ९५ प्रतिशत रेकर्डिङ सकिइसकेको र जनवरी १५ भित्र एल्बम रिलिज गर्ने सोचमा रहेको उनका एक आफन्तले जनाए । ‘मसँग बारम्बार कुराकानी भइरहन्थ्यो । एल्बम निकालेपछि ति गीतहरु आइट्यून, गुगल प्ले, एप्पल र स्पोटीफाइमा राख्ने योजना यमले सुनाएका थिए,’ तिनले भने ।

यमले आगामी ११ फेब्रुअरीमा ‘भ्यालेन्टाइन वीकेन्ड’ कार्यक्रम गर्ने तयारी गरिरहेको उक्त कार्यक्रमका एक संयोजकले जानकारी दिएका छन् । उलवीच लोटस क्लबमा कार्यक्रम गर्न हल बुकिङ समेत भइसकेको थियो ।

हाल उनको शव ह्यारोस्थित नर्थवीक पार्क हस्पिटलमा छ । शवको पोस्टमोर्टम बुधबार हुने पारिवारिक श्रोतले जानकारी दिएको छ । उनी एकमात्र छोरा भएकाले अन्त्येष्टि नेपालमै गर्ने चाहना बाबुको छ । यतिखेर यमकी आमा र दिदी अष्ट्रेलिया र बहिनी अमेरिकामा पिएचडी गर्दै छन् ।

अधिकारी नयाँ एल्बम ‘खतरा’ समेत छिट्टै बजारमा ल्याउने तयारीमा थिए । उनको मेरो जुत्तामा, साथी, आउँदैछु म, फुटपाथ मेरो घर, यो प्रसंग, दिदी, अन्त्यको सुरुवात, नाचन, आमा लगायत कयौं गीत हिट छन् ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )