साँस्कृतिक मन्च कुवेतको चौथौं अधिवेशन सम्पन्न , अध्यक्षमा गोबिन्द बराल


परदेशी खवरडटकम

1484342677manch3-600x450हिजो जनवरी १३ शुक्रबारका दिन निबर्तमान अध्यक्ष माधव शर्माको अध्यक्षतामा सम्पन्न संस्कृतिक मन्च कुवेतको चौथौं अधिवेशनले अध्यक्ष्यमा गायक गोबिन्द बराललाई चयन गरेको छ ।
समाजसेवी धुर्व कुमार संग्रौलाको प्रमुख अतिथ्य रहेको चौथौं अधिवेसन तथा आठौं बार्षिक उत्सव कार्यक्रममा स्वागत मन्तब्य द्वारा अतिथिहरुलाई कृष्ण सुनारले स्वागत गरेका थिए भने संस्थाका वार्षिक प्रतिबेदन डोलराज न्यौपानेले प्रस्तुत गरेका थिए । गोबिन्द बरालले संचालन गरेको उक्त कार्यक्रममा मंचका संस्थापक संरक्षक सुजन केसीले नयाँ कार्यसमितिको घोषणा गरेका थिए।

परदेशमा रहेर पनि आफ्नो धर्म, संसकार, कला र संस्कृतिलाई संरक्षण गर्दै कुवेतको पुरानो सांस्कृतिक संस्था भनेर चिनिने नेपाल कुवेत सांस्कृतिक मन्च कुवेतले नेपाली चाडपर्वहरुमा चर्चित कलाकारहरुका साथ नेपालको लोप हुदै गैरहेको पन्चे बाजासहित साँस्कृतिक कार्यक्रम गर्दै आइरहेको छ ।

कुवेतको रमणीय स्थाल मिसिला बीचमा सम्पन्न कार्यक्रममा उपस्थित पाहुनाहरुलाई खेल प्रतियोगिताका साथ मनोरन्जन दिलाउदै महिला तथा पुरुष विजेताहरुलाई आकर्षक पुरस्कार वितरण गर्दै रात्रिभोजको पनि ब्यबस्था गरिएको थियो ।
मन्तव्यको क्रममा नयाँ कार्यसमितिलाई प्रमुख अथिति धुर्वकुमार संग्रौला, सुजन केसी, राज कुमार थापा, कल्याण श्रेष्ठ, टिकाराम आचार्य र आनन्द आचार्यले कार्यकाल सफलताको शुभकामना मन्तब्य राखेका थिए ।

नयाँ कार्यसमिति यस प्रकार छ

संस्थापक संरक्षक – सुजन केसि
बरिष्टसंरक्षक – टिका राम आचार्य
संरक्षक -माधब शर्मा
बरिष्ठ सल्लाहकार- हरिकृष्ण न्यौपाने
सल्लहकारहरु – नारायण पराजुलि , टोमलाल पराजुलि , सुनित्रा पौडेल , बिष्णु परियार
कार्यसमिति सदस्यहरु :-
अध्यक्ष – गोविन्द बराल , उपाध्यक्ष- डोलराज न्यौपाने, उपाध्यक्ष कमला खत्री, महासचिव- कृष्ण सुनार , सचिव – माया न्यौपाने , कोषाध्यक्ष – युवराज गैरे , सह कोषाध्यक्ष – शान्ता भण्डारी , सदस्यहरु – कमल कुँवर, सिमा घिमिरे, नेहा राई, गिता तिवारी, कल्पना राई, भुमा रसाइलि, सरस्वती वराल, जिवन सुनार, दुर्गा परियार, विमल श्रेष्ठ, निर्मला राई, प्रेम खड्का थोकि, सुरज ठकुरि ।व्यवस्थापक – विशाल सुनार , कलाकार संयोजक – अनिल रसाईलि , प्रवक्ता- प्रसाद तिनल्सिना,अन्य सदस्य कलाकारहरु -उषा श्रेष्ठ , राजु थापा , निर कार्की , सुनिल परीयार , छबीलाल पाण्डे, राधीका भट्टराई, लक्ष्मी परियार , सन्ध्या मगर , मनमाया बि कि , रमेश नेपाली प्रेम लामा , हरिचन्द्र नेपाली , राज स्याग्वोदिलिप कुमार शाह ,अश्मि तामागँ , राधा भट्टराई, गोबीन्द प्रसाद आचार्य , रिया लामा र गिता गुरुङ ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )