तमू प्ये ल्हु सँघ कुवेतको तमू ल्होसार तथा चेलिबेटी भोज कार्यक्रम भव्य रुपमा सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुबैतimg_0080

१४ जनवरी २०१७ कुवेतवासी तमूहरुको अर्को जातिय संस्था तमू प्ये ल्हु सँघ, कुवेतले हिजो १३ जनवरी २०१७ का दिन कुबेत जिलिबस्थित वेडीङग हल मा प्र ल्हो (बाँदर बर्ग को) विदाई तथा च्याल्हो (चरा बर्गको) स्वागत गर्दै बिभिन्न साँस्कृतिक कार्यक्रमको साथ तमू ल्होसार तथा चेलिबेटी भोज कार्यक्रम भव्य रुपमा मनाएयो।

“शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ” भन्ने मुल नाराका साथ दर्शकहरुले खचाखच भरिएको जिलिब वेडीङग हल मा आमन्त्रित आथिती ज्यु हरु लाई टिका लगाइ फुल को गुछा ले कलाकार भाई बहिनी ले स्वागत गरे को थियो। संस्थाका सचिब डम्मर तमु र लील तमुले संयुक्तरुप मा कार्यक्रम सञ्चालन गर्नुभ्एको थियो। तमु प्ये ल्हु संघ, कुवेतका अध्यक्ष गोपाल गुरुङको सभापतित्वमा र संस्थाका प्रमुख सल्लाहकार नरजित तमु को प्रमुख आथिती रहनु भएको कार्यक्रममा आदिवासी जनजाति महासंघ कुबेतका अध्यक्ष रमेश राइ कुबेत मा कृयाशिल नेपाली संघँ सस्थाको प्रमुख तथा प्रतिनिधिहरु र पत्रकारहरु अतिथीको रुपमा उपस्थित रहेका थियो।

img_0053सभापति, प्रमुख अतिथी ले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमु राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो। कार्यक्रममा संस्थ को सल्लाहकार हमुकाजी तमु ले स्वागत मन्तब्य गर्नु भएको थिए भने ल्होसार पर्व धार्मिक परम्परा अनुसार तमू ल्होसार प्र ल्हो (बाँदर बर्ग को) विदाई तथा च्याल्हो (चरा बर्गको) स्वागत गर्दै पूजा पाठ अनी धार्मिक परम्परा अनुसार धर्मगुरु ईन्द्र तमु र देव तमु ले मन्तर पढी संस्थ को बरिष्ट सल्लाहकार नरजित तमु हात बाट रिपा लगाइ स्याइ स्याइ गरे को थिए।

img_0152कार्यक्रमलाई भब्य सफाल पर्नको लागि कुवेतस्थित बिभिन्न नेपाली सँघ-संस्था ब्यक्ती बिशेष ले सहयोग गरेका थिए। भने बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले मुख्या प्रायोजन गरेको थिए। त्यसैगरी हिमालय नेपाली रेस्टुरेन्ट जिलिब कुवैत ले स्टेज ब्यानर सौजन्य गरेका थिए । समाचार प्रचार प्रचार गरी बिशेष सहयोगी पत्रकार ज्यूहरु कुबेत को अन्लाईन मिडिय:१,कुबेत नेपाल डटकम: २,तितो पाटी/नेपाल कुबेत डटकम:३,परदेशीखबर डटकम:४,हाम्रो संचार डटकम:५,मरुभुमिको कोसेली छापा पत्रिका ६,डिसी नेपाल डटकम रहेको थियो।

img_0106तमू ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम तमु प्येल्हु संघ,कुवेत सांस्कृतिक परिवारका कलाकारहरुको प्रस्तुतिले कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएको थियो । त्यस्तै राजु थापा, चर्चित हास्यकलाकार सोम रसाईली,  कुवेतमा रहेका चर्चित लोक तथा पप गायक द्वय बि बि मल्ल ठकुरी, डि बि लोप्चन ले पनि आफ्नो नयाँ पुरानो गीतहरुले ल्होछार कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिललादै सबैलाई नाच्न बाध्य बनाएको थियो । भने अर्को जातिया सँस्था किरात राई यायोख्खा कुवेतद्वारा पनि कार्यक्रमलाई भब्य सफाल र मनोरञ्जनात्मक पर्नको लागि साकेला सिलि प्रदर्शन गरिएको थिए। त्यसैगरी तामाङ घेदुङ साँस्कृतिक परिवार बाट एकल तथा तमाङ सेलो गीतमा ग्रुप नृत्य, तमू समाज कुबेत तर्फबाट आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य  हर ले कार्यक्रममा उपस्थित सम्पूर्ण दर्शकहरु लाई झनै मनोरन्जन दिलएको थियो।

img_0022नेपाली समाजमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने ब्यक्तित्व सहित कुवेतमा कार्यरत मिडियाकर्मीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। कुवेतमा सक्रिय रहेका अन्लाईन मिडिया कुवेतनेपाल डटकम, तितोपाटी डटकम, परदेशी खबर डटकम हाम्रोसञ्चार डटकम डिसी नेपालडटकम लाई सम्मान पत्र बाट सम्मानित गरिएको थियो भने यसै गरी गायक द्वय बि बि मल्ल ठकुरी, डि बि लोप्चन, कलकार भाई सचिन तमु, किरात राई यायोख्खा कुवेत, तामाङ घेदुङ कुबेत,प्रायोजक बहराईन एक्सचेन्ज, हिमालय नेपाली रेस्टुरेन्ट जिलिब, कुवेत नेपाल डटकमका सम्पादक फोटो पत्रकार सुरेश गुरुङलाई मायाको चिनो सहित सम्मान गरिएको थियो। भने कार्यक्रमा माङी त्हे चेलिबेटीहरु लाई मैती दाजु भाई हर को हात बाट फालफुउल,सेल रोटी, अनी बिभिन्न परिकार को खाने ले स्वागत गरेको थिए।

img_0190तमु (गुरुङ) जातीको भाषा, भेषभुषा, कला, सस्कृति र पहिचानको जगेर्ना गर्दै तमु प्येल्हु संघ,कुवेत ले स्थापना काल देखी नै तमू ल्होसार लाई निरन्तरता दिएको छ। कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचर चनाको तरकारी, चिउरा खसी को मासु ले स्वागत गरिएको थिए भने मीठो परिकार को खाना ले सहभागि सबैको मन खुसी पारेको थियो ।

img_0424अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष गोपाल गुरुङ ले कार्यक्रममा लाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए।8

img_0374अन्त्यमा तमु सस्कृति झल्किने दोहोरी गीत, नृत्य हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम बेलुकी ७ बजे सम्पन्न भएको थियो। कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको थियो ।634527img_0444img_0292img_0229img_0218img_0118img_0151img_0065

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )