मकाउमा २९५ औं पृथ्वी जयन्ति एवं राष्ट्रिय एकता दिवश भब्यताको साथ सम्पन्न।


मकाउ,चीन
1राष्ट्रिय प्रजातन्त्र पार्टीको बिदेश स्थित भातृसंगठन प्रवासी नेपाली एकता समाज मकाउले बिदेशी भूमि मकाउमा श्री ५ बडा महाराजाधिराज पृथ्वी नारायण शाहको २९५ औं जन्मजयन्ति एवं राष्ट्रिय एकता दिवश जनवरी ५ तारीक(पुष २७)गतेका दिन मकाउ फिसर म्यान स्थित टेष्ट अफ इण्डिन रेष्टुरेन्टमा भब्यताको साथ सम्पन्न भएको छ।

श्री ५ बडामहाराजा धिराज पृथ्वी नारायण शाहलाई स्मरण गर्दै पृथ्वी नारायण शाहको तस्विरमा माल्यार्पण गर्दै कार्यक्रम सुरू भएको थियो।राष्ट्र निर्माता श्री ५ वडा महाराजाधिराज पृथ्वी नारायण शाहको योगदानलाई नेपाल सरकार लगाएत केहि दुई चार जना बुज्रुक ब्यक्तिहरूका भुल्दै गई रहेको र पृथ्वी नारायण शाहलाई नै ओझेलमा पार्न खोजिएको हुँदा प्रबासी नेपाली एकता समाज मकाउले बिदेशी भूमिबाट भए पनि कान र आँखा भएर पनि देख्न र सुन्न नसकेको सरकारलाई सुनाउन र देखाउनुका लागि र पृथ्वी नारायण शाहको योगदानलाई स्मरण गर्दै कार्यक्रम सम्पन्न गरेको हो भन्नु हुन्छ यस कार्यक्रमका संयोजक एवं प्रवासी नेपाली एकता समाज मकाउका सचिव पदम सिंह पन्त।

3मकाउमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरू र मकाउमा कार्यरत रहेका राष्ट्रबादी ब्यक्तित्वहरूको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।कार्यक्रममा प्रमुख अतिथि गैर आबासीय नेपाली संघ मकाउका अध्यक्ष मुकेश कुमार बरूवाल,बिशेष अतिथि नेपाली समाज मकाउका अध्यक्ष एवं मकाउ तामाङ घेदुङका अध्यक्ष दोर्जे तामाङ र प्रवासी नेपाली मञ्च मकाउका अध्यक्ष,नेपाल मैत्री संघ मकाउका अध्यक्ष एवं गैर आवासीय नेपाली संघ मकाउका प्रमुख सल्लाहकार श्री हर्क बहादुर कुवर र अन्य अतिथिहरू हुनु हुन्थ्यो।कार्यक्रममा मन्तब्यका क्रममा प्रमुख अतिथि,बिशेष अतिथि र अतिथिहरू सबैले नेपालीहरू बीच एकता र पृथ्वी नारायण शाहकै योगदानको ’boutमा खुलेरै चर्चा गरेका थिए।मकाउमा प्रथम पटक एतिहासिक तवरबाट कार्यक्रम गर्न सफल भएको र प्रवासी नेपाली एकता समाजमा प्रवेश गर्ने नव प्रवेशीहरूलाई प्रवेश गराउन सफल भएकोमा प्रवासी नेपाली एकता समाजका तदर्थ समितिका सचिव पन्त खुशी छन।कार्यक्रमको सभापतित्व प्रवासी नेपाली एकता समाजका तदर्थ समितिका अध्यक्ष शिव शंकर चौधरीले गर्नु भएको थियो भने स्वागत मन्तब्य तदर्थ समितिकै सचिव पदम पन्तले गर्नु भएको थियो।2

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )