मकाउमा नेपाली कथानक चलचित्र वनदेवताको च्यारीटी शो कार्यक्रम भब्यताका साथ सम्पन्न।


कर्ण बहादुर अधिकारी मकाउ,चीन

15879445_1242444289169871_65338742_nनेपालका अनाथ तथा अपाङ्ग बालबालिकाको सहयोगार्थ “नेपाली समाज मकाउले” मकाउमा प्रथम पटक हलेसी म्युजिक प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र “वनदेवता” ०५ जनवरी २०१७ का दिन मकाउ स्थित काम्पेक कम्युनिटी सेन्टरको हलमा उल्लेख्य नेपालीहरूको उपस्थितिमा भब्यताको साथ प्रदर्शन गरेको छ।

चलचित्र वनदेवतामा रीतु लामा,दीपिका ढकाल,सरोज दोङ् सहित मकाउमा रहेर सामाजिक कार्यमा सेवा गर्दै आएका सामाजिक अभियन्ता नेपाली समाज मकाउका अध्यक्ष एवं मकाउ तामाङ् घेदुङका अध्यक्ष दोर्जे तामाङले अभिनय गरेका छन्।चलचित्रमा कथा,निर्देशन र संगीत आर.बी लामाको रहेको छ भने चलचित्रका निर्माता सरोज दोङ् र लंक बहादुर तामाङ हुन्।यसरी प्रदर्शनी हुन लागेको नेपाली कथानक चलचित्र वनदेवतामा हामी र हाम्रो समाजमा रहेको संस्कार रीतिरीवीज र परम्परालाई जीवितै राख्नका लागि र एक्काईसौ शताब्दीमा पनि दैविक शक्ति छ भन्ने कुरालाई प्रष्टयाउन खोजिएको छ।15934367_1242444322503201_1570471885_n

कार्यक्रममा प्रमुख अतिथि हंगकंग तथा मकाउका लागि हंगकंग महाबाणिज्य दुतावासका महा बाणिज्य दुत कमल प्रसाद भट्टराई ज्यू,SPECIAL GUEST LENG FONG ASSOCIATION OF MACAU PRESIDENT VONG SAP MUI को हातबाट रिवन काटेर चलचित्रको उद्धाटन गरीएको थियो।उक्त कार्यक्रममा मकाउमा रहेका नेपालीहरूको बिभिन्न संघसंस्थाका प्रतिनिधिहरू अतिथिमा हुनु हुन्थ्यो।मन्तब्यमा महाबाणिज्य दुत कमल प्रसाद भट्टराईले अंग्रेजी नयाँ बर्षको २०१७ को शुभकामना दिदै नेपाली समाज मकाउले गरेको यस कार्यक्रमले नेपालीहरू बीच भावनात्मक संबन्ध बढाउने कुरा ब्यक्त गर्नु भयो।कार्यक्रमका सभापति नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ्ले उपस्थिति जनाई दिनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरू प्रति हार्दिक आभार प्रकट गर्नुको साथै उक्त च्यारीटीबाट उठेको ४० प्रतिशत रकम अनाथ बालबालिकाको लागि सहयोग गरीने कुरा बताउनु भयो भने कार्यक्रममा उदघोषक कर्ण बहादुर अधिकारीले गर्नु भएको थियो।15935960_1242444395836527_503836480_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )