तमू समाज कुवेतको तमू च्हया-ल्होसार भव्यताका साथ सम्पन्न (फोटो फिचरसहित)


सुरेश गुरुङ,कुबेत

img_6885कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी तमूहरु समुदायको सकृय जातिय संस्था तमु समाज कुवेतले आफ्नो महान मौलिक एवम् साँस्कृतिक पर्व तमू ल्होसार प्र ल्हो (बाँदर बर्ग को) विदाई तथा च्याल्हो (चरा बर्गको) स्वागत गर्दै भव्य रुपमा सम्पन्न गरेको छ ।

तमु (गुरुङ) जातीको भाषा, भेषभुषा, कला, सस्कृति र पहिचानको जगेर्ना गर्दै भईपरी आउने कठिन परिस्थितिमा एकअर्कालाई सहयोग गर्ने र परिचयात्मक बातावरणको सिर्जना गरी सामाजिक सदभाव बढाउने र अन्य नेपाली समाजसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य लिएर स्थापना भएको तमु समाज कुबेतले स्थापना देखी नै तमू ल्होसार लाई निरन्तरता दिएको छ ।

img_6842कुवेतको हिजुल कबड एरियाको सुन्दर हलमा मनाईएको तमु ल्होसार कार्यक्रममा दर्शकहरुको खचाखच उपस्थिती रहेको थियो । समाज को महासचिब यम तमु र उपअध्यक्ष राजु तमु,र रन्जना तमुस्योले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष्य खोप बहादुर तमुको सभापतित्व रहेको थियो भने नेपाली महामहिम राजदूत यज्ञबहादुर हमाल प्रमुख आतिथ्यता रहेको थियो ।होसार कार्यक्रममा प्रथम महिला रिता हमाल, गैर आवासीय नेपाली संघ (एनआरएनए)/ राष्ट्रिय समन्वय परिषद (एनसीसी) अध्यक्ष अर्जुन तामाङको बिशेष आतिथ्यत रहेको थियो भने कुबेत क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार, बुद्धिजीवी, खेलाडी, कलाकार, ब्यबसायी, समाजसेवी लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो |

img_6814सभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान र तमु राष्ट्रिय गित बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो भने समाजका सचिव सुरेश गुरुङ्ले स्वागत मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए । समाजका समाजका बरिष्ट सल्लाहकारहरु मन गुरुङ, केश गुरुङ, धन गुरुङले पूजा पाठ अनी धार्मिक परम्परा अनुसार बाँदर बर्ग र चरा बर्गका महिला पुरुषहरुलाई स्याई स्याई गर्दै आशिर्वाद दिएका थिए | समाजका बरिष्ट सल्लाहकारहरु धन गुरुङ र अमर गुरुङले तमु ल्होसार ’bout प्रष्ट पारेका थिए।

कार्यक्रमा राजदूत यज्ञबहादुर हमालले ल्होसारको शुभकामना दिदै आफ्नो रितिरिवाज, कला संस्कृति परम्परा जोगाउन लागि परेको र रक्तदान जस्तो पुन्य कार्य देखि सामाजिक कार्यमा अग्रसर तमु समाजलाई धन्यवाद दिएका थिए | यसैगरी किरात याक्थुङ चुम्लुङका अध्यक्ष दूर्गा चेम्जोङले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए ।

img_0274कार्यक्रमलाई ३ चरणमा संचालन गरिएको गरिएको थियो । दोस्रो चरणको कार्यक्रम सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र स्वादिष्ट भोजन सेलरोटी अचार चनाको तरकारी, चिउरा खसीको मासु खाजा नास्ताले स्वगात गर्दै तमु जातिको परम्परागत रूपमा खेल्दै आएको खेल मुख्य आकर्षणहरुको रूपमा छेलो हान्ने, डोरी तान्ने हाडी, म्युजिकल चियर देखि लिएर साँस्कृतिक कार्यक्रम पनि रहेको थियो।

img_0433छेलो फाल्नेमा प्रथम ६६ फिट ६ ईन्च छेलो फाल्दै गत सालकै बिजेता रणबहादुर बिक प्रथम र ६३ फिट ६ ईन्च छेलो फाल्दै युवराज तमू ६३ दोस्रो भए। डोरी तान्ने प्रतियोगिता पुरुष तर्फका लमजुङ सेवा समाजका याम तमू, यूवराज तमू, शान्ता तमू, मेखराज तमू, निल तमू, प्रथम र तमू समाजका दिपेन्द्र तमू, हरि तमू, किरण तमू, प्रेम तमू, सुशील तमू, दोश्रो भए। यसैगरी डोरी तान्ने प्रतियोगिता महिला तर्फमा तुमू प्ये ल्हु टिमका सिता तमूस्यो, उमा तमूस्यो, जुना तमूस्यो, माया तमूस्यो प्रथम र तमू समाजका संगिता तमूस्यो, शोभा तमूस्यो, शान्ता तमूस्यो दोश्रो हुन सफल भए। यसैगरी म्यूजिकल चियर प्रतियोगितामा कविता राई प्रथम र रिषा तमूस्यो दोस्रो हुन सफल भए। बिजयी खेलाडीहरुलाई कप, मेडल, खादा फेटा लगायतले सम्मान गरीएको थियो।

img_6933समाजका सल्लाहकारहरु अमर तमू, धन तमू, मान बहादुर तमू, अमृत तमू, बीरमाया तमू, शुकबहादुर तमू, प्रेम तमू, बालकुमार तमू, देवी तमूस्यो र सुमन तमूस्योलाई संस्थालाई अतुलनीय सहयोग गरेको भन्दै कदर पत्र र फेटा बाँधि सम्मान गरिएको थियो। भने समाजका सचिव तथा कुवेत नेपाल डटकमका सम्पादक सुरेश गुरुङलाई तमू समुदायको शिर उच्च राख्न योगदान गरेको भन्दै सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। भने केशबहादुर गुरङलाई जेष्ठ नागरिक सम्मान प्रदान गरिएको थियो | समाजले संस्थामा क्रियाशील बिभिन्न विधाका कलाकारहरुलाई पनि सम्मान गरेको थियो | दिनको २ बजेदेखि औपचारिक रुपमा संचालन भएको कार्यक्रम साझ ८ बजेसम्म चलेको थियो |

img_0404बाल्को उपस्थितिले खचाखच भरिएको हाल मा आन्तिम ५ बजे सम्मा अतिथि आउने क्रम रहेको थियो । भने कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे,सालैज्यु, कौडा, सोरठी नृत्य गरी झनै ल्होसार लाई सुगन्ध भर्ने काम तमु समाजका कलकार भाई बहिनीहरु द्रोणजंग तमू, हेमा तमूस्यो, शोभा तमूस्यो, बविता तमूस्यो, रुप तमू प्रेम तमू, सुशिल तमू, ममता तमूस्यो, संगिता तमूस्यो, पुष्प तमुस्यो वाल कलाकारद्वय सचिन तमू, सोफिया तमुस्यो ले बिभिन्न नृत्यहरु प्रदर्शन गरी भरपुर मनोरन्जन दिलाएको थियो । यसैगरी संस्थाका कलाकार भाई बहिनीहरु लाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।

img_0507कुवेतमा हालै प्रस्थान गरेका प्रतिक्षा तमू र जमुना तमुस्योलाई स्याईंस्याईं गर्दै कुवेतमा स्वागत समेत गरिएको थियो। भने अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष खोप गुरुङ ले कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार,खेलाडी, तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद ब्यक्त गर्नु भएको थिए।

15822709_1172337506207106_6728598163969352369_nअन्त्यमा तमु सस्कृति झल्किने नृत्य र गीत हरु प्रस्तुत गरि भरपुर मनोरंजन साथ कार्यक्रम बेलुकी ८ बजे सम्पन्न भएको थियो भने कार्यक्रममा आउन जानको लागि नि:शुल्क यातायातको ब्याबस्था गरिएको ।654315781320_1172344352873088_6253883660064603449_n15740858_1172346052872918_867957960506428239_n15781222_1172394082868115_1342219734365897921_n15822770_1172395339534656_653712430719790187_n15726477_1172409819533208_6801905246889757302_n15726549_1171904139583776_6183052482995779081_n15727004_1172407012866822_7291382283401674545_n15781163_1172407616200095_6396818272033199048_n15826070_1172336696207187_1242596049507284102_nimg_0450

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )