किरात राई यायोख्खा कुवेतद्वारा उधौली पर्व भब्यताका साथ मनायो (फोटो सहित)


दिलकुमार पाख्रीन/ कुबेत

1डिसेम्बर २४, कुवेत। हिजो शुक्रबार कुवेतको जिलिव स्थित रिदम हलमा किरातिहरुको महान पर्व उधौली किरात राई यायोख्खा कुवेतद्वारा धुमधामका साथ मनाइएको छ। आफ्नो धर्म, संस्कार संस्कृति र भेषभुषालाई जिवन्त राख्न आफुले सक्ने प्रयास गर्ने उदेश्यले २०१४ मा स्थापना किरात राई यायोख्खा कुवेतले किरातहरुको सबै पर्वहरु यसरी नै निरन्तर मनाइरहेका छन।

2संस्थाका अध्यक्ष रमेश राइले केही महिना अघि राजिनामा दिएपछी कार्यवाहक अध्यक्ष बनेका राजकुमार राई सोही दिन आपात्कालिन नेपाल प्रस्थान गर्नुपरेपछी संस्थाकी महिला उपाध्यक्ष नैनाकला राईको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रम संचालक द्वय संस्थाका उपाध्यक्ष कोशराज राई र सचीव सुधिर राई थिए।

3एनआरएनए/ राष्ट्रिय समन्वय परिषद कुवेतका उपाध्यक्ष झबिन्द्र बन्जाडेको प्रमुख आतिथ्य तथा नेपाली दूतावास कुवेतका द्वितीयत सचिव भोगेन्द्र लिंदेन, दूतावासकै सहचारी सुरेश अधिकारी र मोहन सिंहको, बु्दिजिवी तथा समाजसेवी किरण पौड्यालको बिशेष अातिथ्यता र कुवेतमा क्रीयाशिल सबै संघ संस्थाका आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सल्लाहकार मन्जित राइले स्वागत मन्तब्य तथा किरातहरुको इतिहासबारे जानकारी गराएका थिए। साथै झबिन्द्र बन्जाडे, भोगेन्द्र लिंदेन, किरण पौड्याल, जय आले, दुर्गा चेम्जोङ, अर्जुन बस्नेत लगाएतले शुभकामना मन्तब्य राखेका थिए।

4प्रमुख अतिथी, बिशेष अतिथी, सभापति एबम अतिथिगणहरुले सामुहिक रुपमा पानसमा बत्ती बाल्दै उदघाटन गरेको कार्यक्रममा नुमा राई र सबिन राई, सौगात राई, पर्वत राई, कविता राई, न्रु छिलिङ राई, संगिता राई, बिष्णु नाछिरिङ राई लगायतले मट्टिको कसम बोलको गीत गाएर सामुहिक रुपमा कलाकार समुहले सांगीतिक स्वागत गरेका थिए। कार्यक्रमको मध्य तिर साकेला सिलि प्रदर्शन गरिएको थियो। दर्शकहरुले अत्यन्तै मन पराइएको सो सिलि समाजसेवी किरन पौड्यालको “वान्स मोर” अनुरोधमा पुनः प्रदर्शन गरिएको थियो।

5“कम्मरमाथी पटुकी पटुकी माथी घैला” बोलको गितमा नेहा राइले अत्यन्तै राम्रो नृत्य प्रस्तु गरेकी थिइन।पर्बत राइले “मैले माया गर्न जानिन होला” र जनक भुसालले आफ्नै शब्द र लयमा रहेको गित गाएका थिए। रिदम राइका कविताहरु संगै कार्यक्रम अघि बढ्दै गर्दा अन्त्य तिर “दिक्तेल बजार कान्छी दिक्तेल बजर” बोलको गीत गाउँदै सबिन राइले सयौँ दर्शकहरुलाई एकैसाथ नचाएका थिए।

7अन्त्यमा साँझ करिब ५ बजे तिर सभापति नैनाकला राइले ब्यस्तताको वाबजुद पनि आफ्नो निमन्त्रणालाई स्वीकार गरि कार्यक्रम सफल बनाउन उपस्थित हुनुहुने प्रमुख अतिथी, बिशेश अतिथिहरु, अतिथिगण, पत्रकारहरु, कलाकारहरु, समाजसेविहरु र उपस्थित हुनुभएका सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनिहरुलाइ धन्यवाद र कार्यक्रम सफल पार्न अहोरात्र खट्ने संस्थाका सबै पदाधिकारीहरुलाइ आभार ब्यक्त गर्दै कार्यक्रम समापन भएको घोषणा गरिन।6

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )