राज मल्लको “चौथो प्रस्तुती नाता तोड्यौ” बजारमा


कुबेत नेपालडटकम

1प्रवासी पत्रकार राज मल्ल को चौथो प्रस्तुती “साथ छोड्यौ नाता तोड्यौ” को म्यूज़िक भिडियो आज युट्युब बाट रिलिज भएको छ ।

संग्स नेपालले रिलिज गिरेको भिडियोमा राजलाई गिता तिवारीले साथ दिएकी छन ।प्रेमपात हुदाको पिडालाई अक्षरहरुमा उतारेका छन गीतकार प्रेम ब. कटवालले ।निक्कै मर्मस्पर्शी शव्द उन्न सक्ने कटवाल अक्षरमा संगित भरेका छन डी आर अटूले । कटवाल पनि आफ्नै एल्वमका धनी हुन । भिडीयोलाइ प्रसान्त तामागले निर्देशन गरेका छन भने छायांकन ज्ञानेन्द्र शर्मा हुमागाईले गरेका हुन।

2राजको भने यो चौथो प्रस्तुती हो । राजद्धारा अभिनिती यस भन्दा पहिले सवै प्रस्तुतीहरु लोकदोहरी थिए । अघिल्ला दुई लोक दोहरीमा पनि गिता तिवारीले उनलाई साथ दिएकी थिईन । राजद्धारा अभिनित पहिलो लोक दोहरी भुल्दै भुल्दै जानुमा शोभा गुरुङ उनको साथमा छिन ।

यो गितका शव्दहरु भावुक छन, संगित मार्मिक छ र कलाकारको अभिनय शसक्त छ । उनीहरुको हाउभाउ शव्दहरु जस्तै निराश छन । चंचलता होईन चालहरु सुस्त छन । अभिनय बास्तविकता झल्काउने भावमा तिखारिएको देखिन्छ ।

गितको कर्ण प्रिय स्वरकी धनी अन्जु पन्तको रहेको छ ।”यीनै हातले पुछेको थे हिजो तिम्रा आशु झर्दा, पराई झै ठान्यौ तिमले आज मलाई दुःख पर्दा” । गितका यी हरफहरुले प्रेममा धोका पाएकाहरुको मन उद्देलित बनाईदिन्छ ।

3गित लाई जीवन्त बनाउन सवैको भूमिका उतिकै महत्वपूर्ण हुन्छ । गितकार, संगितकार, गायक र अभिनय गर्ने कलाकार मात्र हैन पर्दा पछाडी रहने क्यामरामेन र सवै कुराको परिवन्ध मिलाउने एरेन्जर लगायतको मेहनत राम्रो हुनपर्छ । यो प्रस्तुतीमा ति सवै कुराको संयोजन देखिन्छ । कलाकार राज मल्ल, गिता तिवारी तथा रचनाकार प्रेम ब. कटवालको कर्मथलो कुवेत हो । यद्यपी साथ छोड्यौको भिज्युल भने काठमाण्डौ गोदावारीमा गरिएको हो । यस अघिका राज अभीनित लोकदोहोरीका भिजुवल सवै कुवेतकै थिए ।

पश्चिम नेपालको दाङ देखि पूर्वी नेपालको खोटाङ जोडिएर बनेको गीतमा राज मल्लको घर दाङ हो भने गायीका पन्त काठमाण्डौ र मोडेल गिता चितवन की हुन । रचनाकार कटवाल खोटाङ निवासी हुन ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )