कार्यक्रम सफल गराइ दिनुहुने सम्पुर्णमा हार्दिक कृतज्ञता-जिफन्ट टिम कुबैत


कुवेत नेपालडटकम

2कुबेतमा गत डिसेम्वर १६-२०१६ का दिन जिफन्ट सपोर्ट ग्रुप द्वारा आयोजना गरिएको अन्तराष्ट्रिय आप्रवासी दिवसको कार्यक्रम भब्य र सब्यरुमा सफल भएको जिफन्ट सपोर्ट ग्रुपले निश्कर्ष निकालेको छ । यस कार्यक्रमलाइ सफल गराउन मुख्य भुमिका निभाउनु हुने प्रवासी नेपाली मन्च कुबेतका सम्पुर्ण पदाधिकारी, मध्यपश्चिम सेवासमाज कुबेतका पदाधिकारी, झापाली समाजन कुबेतका पदाधिकारी यहाहरुले यतायात, हल,अतिथि, चियापान, कलाकार लगायत दर्शकहरुको ब्यवस्थापनमा आयोजक सरह योगदान गर्नु भएको मा जिफन्ट सपोर्ट ग्रुप धन्यवाद दिन चाहान्छौ । कार्यक्रममा हामी नेपालीहरुको पहिचानलाइ अन्तराष्ट्रिय स्तर सम्म कला,साँस्कृति, भेषभुषा र परम्पराको माध्यामबाट कार्यक्रमलाइ रोचक र एतिहासिक बनाइ दिनुहुने तामु समाज कुबेत,किराँत याक्थुँगं चुम्लुगं,लालिगुराँस पारिवार र नेपालकुबेत साँस्कृतिक मन्च यहाहरु र प्रस्तुती गर्नुहुने देशका गहना कलाकारहरुको जिफन्ट सपोर्ट ग्रुप हृदय देखीनै कदर र सम्मान गर्दै धन्यवाद टक्र्याउदछौ ।

साथै गायक बि बि मल्ल, नृत्यांगाना बहिनि अस्मी तामाङलाइ पनि हृदय देखिनै जिफन्ट सपोर्ट ग्रुप धन्वाद दिन चाहन्छौ । कार्यक्रम सफल बनाउन पर्दा पछि तर अहम भुमिका निभाउनु हुने प्रसाद तिमसिना, डि बि लोप्चन, बाग बहादुर बस्नेत,कासी लामा, पवन ओली, बिमला पण्डितलाइ ब्यक्तिगत धन्यवाद समेत दिन चाहन्छौ । यस कार्यक्रममा धेरै सहयोग दाताहरु र बिज्ञापन दाताहरुले हामीलाइ आर्थिक सहयोग गरेर सफल गराउनु भएकोमा यहाहरुलाइ जिफन्ट सपोर्ट ग्रुप धन्यवाद दिदै अगामी दिनहरुमा पनि यहा हरुको साथ निरन्तर रहने छ भन्ने अपेक्षा राख्दछौ ।कार्याक्रममा बौदिक तथ्यहरुका साथ नेपाल र नेपाली को आप्रवासका सामाजिक,आर्थिक र बौदिक पाटाहरुलाइ प्रस्ट पार्दै अन्तराष्ट्रिय आप्रवासिका बारेमा प्रशिक्षण दिनु हुने प्रोफेसर डिल्ली प्रसाद भट्टराइ ज्युलाइ जिफन्ट सपोर्ट ग्रुप आभार प्रकट गर्दछौ ।

हाम्रो निमन्त्रणालाइ सहस्र स्विकार गरी पालि दिनुहुने नेपाली राजदुतावास कुबेत, कुबेत ट्रेड युनियन र इन्डियन कम्युनिटि लगायत त्यस कार्यक्रमा उपस्थित भइ कार्यक्रमको सोभा वढाइ दिनु हुने कुबेतको नेपाली समाजमा समगठित संघ संस्थाबाट प्रतिनिधित्व गर्नु हुने पदाधिकारी साथिहरु,खेलाडी साथिहरु,कलाकार साथिहरु,बुद्दिजिवी समाजसेवी मित्रहरु, माहिला दिदिबहिनिहरु हार्दिक धन्यवाद टक्रायाउदै कार्यक्रम निर्धारित समय भन्दा २ घन्टा ढिलो भएको हुदा, छिटो छिटो कार्यक्रम संचालन गराउने क्रममा ठुना साना कहि कतै गल्ति कमिकम्जोरी भए होलान । यस अवधिमा भएका गल्तीहरुलाइ फकत ब्यबस्थापन र अन्जानमा भएका त्रुटिहरु हुन भन्ने सम्झेर विनापुर्वाग्रह मनन गरिदिन हुन जिफन्ट सपोर्ट ग्रुप यहाहरु समक्ष हार्दिक आग्रह गर्दछौ । पुनह ब्यक्तिगत तवरमा र यस कार्यक्रमको सभापति रहेको कारण म यस कार्यकरममा भएका सम्पुर्ण कमिकम्जोरी हरुको जिम्मा लिदै याहहरु माझ ब्यक्ति दुषित र गलत हुन सक्छ तर हरेक संस्थाहरु आफैमा पवित्र हुन्छन सबैका मान मयार्दा र सम्मान बराबर हुन्छन, यस कारण याहरु प्रति पर्न गएको असुबिधा प्रती फेरी पनि क्षमा माग्दछु । साथै तपाइहरुका टिका टिप्पणी हरुलाइ जिफन्ट टिमले मार्ग निर्देशको रुपमा मनन र स्विकार गर्दै अगामी कार्यक्रम हरुमा सच्च्याउदै अघिवढने वाचा गर्दछौ।

यस कार्यक्रम सफल गराउन अग्रिम भुमिका निभाउनु हुने कुबैतबाट संचालित मिडियाहरु तितोपाटी डटकम, कुबैतनेपालडटकम, प्रदेसीखबरकडटकम,हाम्रोसंचारडटकम,डिसीनेपाल डटकमक र कोसेली पत्रिका लगाएतका संस्थामा आवद्द सम्पुर्ण संचारकर्मी मित्रहरुमा यहाहरुले दिनु भएको साथ र सहयोगका निम्ती जिफन्ट टिम हार्दिक कृतज्ञता प्रकट गर्दै यहाहरुले समाज प्रति दिएको योगदानको उच्च मुल्यागंकन गर्दछौ।
अन्तमा म अध्यक्षको हैसियतले जिफन्ट टिमका सबै साथीहरुलाइ समेत धन्यवाद दिन चाहन्छु
धन्यवाद।अर्जुन बहादुर बस्नेतअध्यक्ष-जिफन्ट सपोर्ट ग्रुप कुबेत

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )