संशोधन प्रस्तावमा मोर्चा राजी


चिरञ्जीवी ढुंगाना
Madeshi-Morcha-Meetingकाठमाडौं: प्रमुख प्रतिपक्षी दल एमालेले सडकदेखि सदनसम्म गरिरहेको आन्दोलनलाई ‘प्रतिक्रियावादीहरूले उत्पीडित जनतालाई अधिकार नदिन चलाइएको वितण्डा’ भन्दै मधेसी मोर्चाले संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारले संसद्मा दर्ता गरेको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय मोर्चाले गरेको हो ।
तराईमधेस लोकतान्त्रिक पार्टीको मुख्यालयमा शनिबार बसेको मोर्चा बैठकले एमालेको आन्दोलनलाई ‘शोषक वर्गले उत्पीडित जनताविरुद्धमा चलाएको वितण्डा’ भन्दै त्यसको निन्दा गर्ने निर्णय गर्दै सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्तावलाई परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो ।
बैठकपछि मोर्चाका नेता एवं फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवले भने, ‘राष्ट्रवादका नाममा मधेस र मधेसीविरोधी नीतिका साथ एमालेले जारी राखेको सडकदेखि सदन अवरोधसम्मको आन्दोलनको उद्देश्य जनतालाई अधिकार नदिने षड्यन्त्र हो ।’
एमालेको संसद् अवरोधको निन्दा गर्दै बैठकले सदनमा संशोधन प्रस्ताव छलफल रोक्नुको उद्देश्य लोकतन्त्रको मूल्य र मान्यताविपरीत भएको ठहर गरेको उनले बताए ।
‘मोर्चा संशोधनको विपक्षमा उभिएको नभएर प्रस्ताव परिमार्जनको माग गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल पनि प्रस्ताव परिमार्जन गर्न तयार छन् । यो कुरा उनले नेताहरूसँगको निरन्तरका भेटमा भनिरहेका छन् । प्रधानमन्त्रीले तीन दिनयता सुदूरपश्चिमको भ्रमणका क्रममा मोर्चाको माग पूरा गरी संशोधन गर्ने र चैतामा स्थानीय निर्वाचन गराउने प्रतिबद्धतालाई आफूहरूले सकारात्मक रूपमा लिएका छौं’, मोर्चाका एक शीर्ष नेताले अन्नपूर्णसँग भने ।
भारतीय राजदूत रन्जित रेले अघिल्लो शनिबार मधेसी मोर्चाका शीर्ष नेताहरूसँगको ब्रैक फास्ट बैठकमा तपार्इंहरू सहमति वा आन्दोलन कुन डिजाइनमा हुनुहुन्छ भन्दै प्रश्न राखेका थिए ।
रेले संशोधनमा समर्थन गर्न मोर्चाका नेताहरूलाई सुझाव दिएका थिए । रेसँगको छलफलपछि मोर्चाका नेताले सोही साँझ दाहाललाई भेटेका थिए । राजदूत रेले त्यसयता पनि मोर्चाका नेतासँग अनौपचारिक वार्ता गरेको एक शीर्ष नेताले बताए ।
संशोधनमा मोर्चाको समर्थन जुटाउन उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्री रमेश लेखक र माओवादीका नेता वर्षमान पुन पनि मोर्चाका शीर्ष नेताका साथै लक्ष्मणलाल कर्ण, हृदयेश त्रिपाठी, राजेन्द्र श्रेष्ठसँग अनौपचारिक वार्तामा बसिरहेका छन् ।
मोर्चाका चार निर्णय
– सरकारले प्रस्तुत गरेको संशोधन विधेयक आपसी छलफलबाट परिमार्जन भए मोर्चाले मतदान गर्ने ।
– प्रस्तावलाई संसद्मा प्रस्तुत नै हुन नदिई लोकतन्त्रको मर्म र भावनाविपरीत नजान प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्ने ।
– विधेयकलाई राष्ट्रघाती भन्दै एमालेले जारी राखेको आन्दोलन अतिवादी, विखण्डनकारी, उग्रवादी भएको ठहर । राष्ट्रिय एकतालाई खलल पुर्‌याउने खालका गतिविधि तत्काल रोक्न एमालेलाई आग्रह ।
– मधेसी मोर्चा थरुहट आन्दोलनको समर्थनमा रहने ।(अन्नपूर्ण पोस्ट )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )