मधुमेह र मुख स्वास्थ्य


डा. प्रकाश बुढाथोकी 

07122016074150dr-prakash-bhudhathoki-1000x0 ग्रन्थीले निकाल्ने इन्सुलिनको कमी हुन गई वा यसले गर्ने काममा रोकावट आई खानामा भएको कार्बोहाइड्रेट शरीरले उपयोग गर्न नसक्दा रगतमा चिनी/ग्लुकोजको मात्रा बढ्ने कार्बोहाइड्रेटको दीर्घकालीन अवस्थालाई नै मधुमेह भनिन्छ । विश्व स्वास्थ्य संगठनले विश्वमा हरेक १० सेकेन्डमा १ व्यक्ति मधुमेही बन्ने र एकभन्दा बढीको मधुमेहजन्य जटिलताका कारण मृत्यु हुने गरेको बताएको छ । विश्व मधुमेह महासंघले सन् २०१५ मा विश्वभर ५० लाख मधुमेहीको मृत्यु भएको बताएको छ ।

मधुमेह हुने जोखिममा वंशाणुगत आमा वा बाबुलाई मधुमेह, मोटो र बढी तौल, ४० वर्ष उमेर पुरा र मोटोपन, ४ किलो ग्रामभन्दा बढी तौल भएको शिशु जन्माउने आमा, जुम्ल्याहा दाजुभाइ वा दिदीबहिनी, पटक—पटक गर्भपतन भइरहने महिला, शारीरिक आघात र चिन्ता हुने,
स्टेरोइड, उच्च रक्तचापको र पिसाब बढाउने औषधी खाने व्यक्तिहरू, परिवार नियोजनको खाने औषधी सेवन गरिरहेका महिलाहरू, धेरै फाष्ट तथा जंकफुड खाने र आधुनिक जीवनशैली भएकाहरू पर्छन् ।

सुरुको अवस्थामा धेरैमा लक्षण, चिन्ह नदेखिन सक्छन् र देखिइहाले पनि यति सामान्य हुन्छन् कि थाहा नहुने र भए पनि यसकै भनेर छुट्याउन गाह्रो पर्छ । मधुमेहको शंका गर्न सकिने लक्षण तथा संकेतमा तिर्खा बढी लाग्नु, धेरै भोक लाग्नु, धेरै थकाइ लाग्नु, छिनछिनमा पिसाब लाग्नु वा पिसाब गरेको ठाउँमा कमिला वा किरा देखिनु, राति पटक—पटक पिसाब लाग्नु, विना कारण अचानक तौल घट्नु, धमिलो देख्नु, पटक—पटक संक्रमण भइरहनु पर्छ । त्यस्तै घाउखटिरा सजिलै निको नहुनु, हातखुट्टा झमझमाउनु, पैताला पोल्नु, चेतना हराउनु, जीउ चिलाउनु, चिडचिडापन आउनु, मुख सुख्खा हुनु, मुखबाट दुर्गन्ध आउनु, पेट दुख्नु, वान्ता हुनु पर्छ । कालान्तरमा आँखा, मिर्गौला, स्नायु, रक्तनली, मुटु र मुखमा असर पर्न थालेपछि सोहीअनुसार लक्षणहरू देखापर्छ । मधुमेहले घातक परिणाम मुटु, आँखा, मिर्गौला, नसा तथा स्नायु प्रणाली, रक्तनलीमा देखाउँछ भन्ने कुरा सबैलाई ज्ञात छ । तर छैठौं जटिलता भनी मुखको स्वास्थ्य थपिएको जानकारी नहुन सक्छ ।

सामान्य मानिसमा त दाँत तथा मुखको रोगले श्वास—प्रश्वास सम्बन्धी रोग, मुटु सम्बन्धी रोग, वाथ ज्वरो, अनियन्त्रित मधुमेह, हड्डी कमजोर हुने, हृदयाघात, मस्तिष्कघात हुने सम्भावना बढी हुन्छ र गर्भवती महिला भए समयभन्दा पहिले नै बच्चा जन्मने र जन्मेको बच्चा शारीरिक तथा मानसिक रूपले कमजोर हुने सम्भावना रहन्छ भने मधुमेह भएका मानिसलाई नराम्रो असर नदेखाउने कुरै भएन । अनियन्त्रित मधुमेहमा दाँत किराले खाने, दन्तहर्षा, पाइरिया, हड्डी छिटो खिइने हुन्छ र दाँत मिलाउने उपचारमा समेत प्रश्नचिन्ह खडा हुन्छ । मुखमा कुना—कुनामा सुजन, सुख्खा र चर्किने, फुट्ने, पोल्ने, असामान्य चेतना र झमझम भएको अनुभव हुन्छ । र्‍यालको उत्पादन र बहाव कम हुनगई बोल्न अप्ठेरो हुने, दन्तसडन र अन्य संक्रमण देखिन्छन् । मुखमा केन्डिडियासिस, सूक्ष्मजीवमा परिवर्तन, प्रतिरोधात्मक शक्तिमा कमी, पेरियोडेन्टल पिप, गिँजा सुन्निने, पोलिप, दाँत हल्लिनु, दाँत समाउने हड्डीको नोक्सान, फलफूलको जस्तो गुलियो दुर्गन्ध, थुक निकाल्ने ग्रन्थीको सुजन, म्युकोसा, गिँजा, रेसाहरू पात्लिनु, जिब्रोमा विभिन्न रोग, घाउ निको हुन समय लाग्छ ।

एक चिनियाँ अनुसन्धान अनुसार कुनै व्यक्ति ४५ वर्षभन्दा माथिको उमेर भएको मधुमेही छ र उसमा धूमपानको लत छ भने मुख रोगको जोखिम २० गुणाले बढी हुने र साथै गिँजाभन्दा मुनि र भित्र संक्रमण भएको छ भने ३० देखि ५० गुणाले मुख, गिँजा र पेरियोडेन्टल रोगको खतरा बढ्छ । त्यस्तै अमेरिकाको एक अनुसन्धानले मधुमेहीमा दाँत, गिँजा र मुखको रोगको उपचार गरियो तथा नियमित दाँत सफा राखियो भने उसको रगतको चिनीको मात्रा कम हुने, नियन्त्रणमा रहने र साथै प्रयोग गरिरहेको औषधी वा सुइको मात्रा कम गर्नुपर्ने अवस्था आएको पनि देखाएको छ । तथापि मधुमेहीमा दन्त उपचार गर्दा रगतमा चिनीको मात्रा हेरेर कम स्ट्रेस र स्ट्रेन पर्नेगरी जतिसक्दो कम घाउ, चोटपटक बनाएर र जरुरी भए एन्टिबायोटिकको छातामा राखेर गर्नुपर्छ । मुखको उपचार गर्न खोज्दा ध्यान नपुर्‍याए घाउ निको नहुनेदेखि लिएर उक्त अङ्ग कुहिने र काटेर फ्याँक्नुपर्ने एकातिर छँदैछ भने अर्कोतिर शरीरमा रोग लगाउने, जटिलता निम्त्याउने गर्न सक्छ । त्यसैले दाँत तथा मुखको सरसफाइमा ध्यान दिन जरुरी छ ।
डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय सह—कोषाध्यक्ष हुन् । 

प्रकाशित: मंसिर २२, २०७३

स्रोतः-kantipur

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )