२४ गतेसम्म अर्घाखाँची बन्द फिर्ता, विरोधका कार्यक्रम यथावत


वीरेन्द्र केसी, कास्की
06122016094530arghakhanchi-ma-janasava-1000x0मंसिर २१, २०७३- ५ नम्बर प्रदेशका पहाड र तराईका जिल्ला टुक्राउने गरी सरकारले संसदमा प्रस्ताव पेस गरेको अर्को दिनबाट विरोधमा उत्रिएका अर्घाखाँचीका राजनीतिक दलले मंगलबारदेखि शुक्रवारसम्मका लागि बन्द फिर्ता लिएका छन् ।

सन्धिखर्क–चुत्रावेशीमा पसल, शिक्षण संस्था, कलकारखना, उद्योग, यातायात सुचारु भएपछि जनजीवन सामान्य बन्दै गएको छ । संयुक्त संघर्ष समितिले आन्दोलनलाई फरक ढंगले लैजाने बताएको छ । ‘आज र भोलि ५ नम्बर प्रदेश जिन्दवाद, प्रदेश टुक्राउन पाइँदैन, भन्ने लेखिएका होडिङ बोर्ड विभिन्न ठाउँमा राख्ने कार्यक्रम छ,’ संघर्ष समितिका संयोजक एवं कांग्रेस सभापति विष्णुप्रसाद खनाल ‘मुस्कान’ ले भने, ‘मंगलबार र बुधवार जनताको मानव साङलो बनाएर जिल्ला प्रशासन र सरकारी कार्यालय घेर्ने कार्यक्रम तय गरेका छौ ।’ छिटो तथा छामो दुरीमा चल्ने सार्वजनिक र नीजि गाडीमा ‘५ नम्बर टुक्राउन पाइदैन’ भन्ने व्यानर राख्ने, चोक चोकमा समेत ब्यानर र होडिङ बोर्ड राख्ने कार्यक्रम रहेको उनले बताए । त्यसपछि पनि सरकारले प्रस्ताव फिर्ता नलिए थप संघर्ष समितिको बैठक बसेर आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताए ।

सोमबार सन्धिखर्क टुँडिखेलमा बृहत विरोध सभा भएको थियो । सभामा गाउँ–गाउँबाट उल्लेख्य सहभागिता भएको थियो । गाउँ–गाउँमा पनि विरोध प्रदर्शन भएको छ । सभामा सत्तापक्ष र प्रतिपक्षका नेताले सरकारले ल्याएको प्रस्ताव विरुद्ध चर्को नाराबारी र विरोध गरेका थिए ।

शान्त रहेको ठाउँलाई विवाद ल्याएर सरकारले द्धन्द्ध र अशान्ति मच्याउन खोजेको एमाले अध्यक्ष चेतनारायण आचार्यले बताए । फिर्ता नलिएसम्म आन्दोलन नरोकिने उनले बताए । विरोधमा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, जनशक्ति पार्टी लगायतका नेता तथा कार्यकर्ता, नागरिक समाज र सर्वसाधारण छन् ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )