भारतलाई एमालेको चेतावनी : आन्तरिक मामिलामा हस्तक्षेप नगर


बालकुमार नेपाल
uml-584586f648c5d8-5845fedbaddac6-77932619काठमाडौः नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न भारतलाई आग्रह गर्दै उसले सहजीकरण गरेको परिमार्जित संविधान संशोधन विधेयकलाई कुनै पनि हालतमा संसद्मा अघि बढ्न नदिने अडान एमालेले लिएको छ । सरकारले संसद्मा दर्ता गराएको संशोधन प्रस्तावको सुरुदेखि नै चर्को विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी एमालेले कुनै हालतमा त्यसलाई अघि बढ्न नदिने अडान लिएको हो । संशोधन प्रस्तावविरुद्ध भइरहेको आन्दोलनलाई अझ सशक्त पारेर अघि बढ्ने निर्णय गर्दै उसले नेपालको आन्तरिक मामिलामा चलखेल नगर्न छिमेकी भारतलाई चेतावनीसमेत दिएको छ ।
एमालेले उक्त विधेयकविरुद्ध सदन तथा सडकमा जारी आन्दोलनलाई निरन्तरता दिँदै यसविरुद्ध रहेका सबै राजनीतिक दल र संघसंगठनलाई केन्द्र र स्थानीय निकायमा समेत एकताबद्ध बनाउँदै सशक्त पार्ने निर्णय गरेको छ । ‘हामी कुनै पनि हालतमा संसद् चल्न दिँदैनौं ।
सरकारले चुनाव घोषणा गर्न सक्छ तर त्यसको सर्तमा संविधान संशोधन गर्न सक्दैन’, आफ्नै निवास बालकोटमा सोमबार बसेको पार्टी स्थायी समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिँदै भने, ‘संशोधन प्रस्तावविरुद्ध जारी आन्दोलनलाई सशक्त पारेर अगाडि बढाउनूस् ।’
नेपालका लागि भारतीय राजदूत रन्जित रेले संविधान संशोधनमा एमालेलाई आफूले मनाउने भनी केही नेतालाई आश्वस्त पारिरहेका बेला बैठकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप नगर्न उसलाई चेतावनी दिएको छ ।
राजदूत रेले शनिबार संविधान संशोधन पक्षमा मधेसी मोर्चा र सरकारसँग पहल गरिरहेका थिए । संसद्मा आफ्नो सहमतिबिना संविधान संशोधन प्रस्ताव दर्ता गरेको भन्दै एमालेले निरन्तर संसद् अवरुद्ध गर्दै आएको छ ।
नेपालका राजनीतिक दल नेपालका कुनै पनि आन्तरिक समस्या समाधान गर्न सक्षम रहेको निष्कर्ष बैठकले निकालेको छ । भारतको नाम नलेखी ‘छिमेकी’ शब्द प्रयोग गर्दै एमालेले यस्तो चेतावनी दिएको हो ।
‘नेपालको आन्तरिक विषयमा अनावश्यक चासो राख्दै आन्तरिक मामलामा पक्षधरता देखाउने तथा हस्तक्षेप गर्ने कुनै पनि कामकारबाही नगर्न छिमेकी तथा अन्तर्राष्ट्रिय शक्तिप्रति हार्दिक अपिल गरेको छ’, बैठकपछि पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैठकको सुरुमै ओलीले संविधान संशोधन विषयमा भारतीय राजदूत रन्जित रे र भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिले आन्तरिक मामिलामा अनावश्यक चासो राखेको बताएका थिए । आइतबार मात्रै नेपालस्थित भारतीय दूतावास र भारतको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरी संविधान संशोधन प्रस्तावको स्वागत गरेका थिए ।
सरकारले मधेसीलाई संशोधनबाट भुलाउने, एमालेलाई चुनावबाट फर्काउने भन्ने पनि सुनिएको भन्दै ओलीले बैठकमा त्यसमा आफूहरूलाई कत्ति पनि रुचि नभएको बताएका थिए । देश अहिले गम्भीर परिस्थितिमा रहेको र राष्ट्रलाई विखण्डन गर्ने षड्यन्त्रकारी सल्बलाएकोमा सचेत रहनसमेत आग्रह गरेको बैठकमा सहभागी एक नेताले बताए ।
अध्यक्ष ओलीले राष्ट्रपतिको आह्वानमा आइतबार भएको सर्वदलीय बैठक’bout ब्रिफिङ गरेका थिए । उनले त्यसमा विभिन्न विषयमा छलफल भए पनि सबै आआफ्नै अडानमा रहेको बताए । बैठकले उक्त विधेयकविरुद्ध सदन तथा सडकमा जारी आन्दोेलनलाई निरन्तरता दिँदै यसविरुद्ध रहेका सबै राजनीतिक दल र संघसंगठनलाई केन्द्र र स्थानीय निकायमा समेत एकताबद्ध बनाउँदै सशक्त पार्ने निर्णय गरेको छ ।
नेता माधवकुमार नेपाल देशबाहिर रहेकाले बैठकमा सहभागी थिएनन् । करिब डेढ घन्टा चलेको बैठकमा स्थायी समिति सदस्यहरूले ओलीको विचारलाई नै बल पुग्ने गरी धारणा राखेको जानकारी एक नेताले दिए ।
दूतावासबाहिर निरन्तर प्रदर्शन
प्रमुख प्रतिपक्ष एमाले र संशोधन प्रस्तावप्रति असहमत अन्य विपक्षी दलका जनवर्गीय संगठनले त्यसको विरोधमा तीन दिनदेखि लैनचौरस्थित भारतीय दूतावासबाहिर प्रदर्शन गर्दै आएका छन् ।
प्रदर्शनमा संविधान संशोधन प्रक्रियाप्रति असहमत एमाले, माले, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी तथा नेकपा (माओवादी) निकट युवा एवं विद्यार्थी संगठन आबद्ध छन् । प्रदर्शनपछि सोमबार आयोजित कोणसभामा युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले भारतीय राजदूत रेलाई कूटनीतिक मर्यादा नाघेर गतिविध नगर्न चेतावनी दिए ।
अनेरास्ववियु अध्यक्ष नवीना लामाले अखण्डता र राष्ट्रियता जोगाउन आफूहरू बलि चढ्न तयार रहेको बताइन् । नेपाल क्रान्तिकारी विद्यार्थी संघका अध्यक्ष नीरज लबजुले राजदूत रेले कूटनीतिक मर्यादाविपरीत गतिविधि गरेको भन्दै उनलाई देशनिकाला गर्न माग गरे । नेपाल युवक संगठनका तिलक थापालगायतले नेपालको राजनीतिमा हस्तक्षेप नगर्न आग्रह गरेका थिए ।(अन्नपूर्ण पोस्ट )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )