अन्तराष्ट्रिय आप्रवासी दिवस जिफन्ट सपोर्ट कुबेतको आयोजनामा मनाइने


अर्जुन उदासी,कुबेत

13295365_1164191306946040_2090357385_nडिसेम्बर ४ कुबेत- कुबेतामा कृयाशिल जिफन्ट सहयोग समुहले १६ डिसेम्बर २०१६का दिन जिलिबको विडिगं हलमा अन्तराष्ट्रिय आप्रवासी दिवस मनाउने भएको छ।
सन २००० डिसेम्बर ४ मा संयुक्त राष्ट्रसंघ माहासभाले डिसेम्बर १८ लाइ अन्तराष्ट्रिय आप्रवासी दिवस घोषणा गरेको हो । तत पश्चात बिश्व समुदायले यस दिनलाइ अन्तराष्ट्रिय आप्रवासी दिवसको रुपमा मनाउदै आएको छ। कुबेतमा रहेका आप्रवासीहरुले बिगतमा यदाकदा यो दिवस मनाए पनि यो बर्ष भने आप्रवासी नेपाली समुदायको अगुवाइमा बृहत तरिकाले मानाउने तयारी रहेको जिफन्ट समुहले बताएको छ। साथै यस अवसरमा नेपाली कला,साँस्कृति,भेषभुषा झल्काउने बिभिन्न समुदायका झाँकीहरु प्रदर्शन हुनेछन । यसका निम्ती कुबेतमा आफ्नो कला,साँस्कृति परम्परा,भेषभुषाको जगेर्नामा संगठित संस्थाहरु, तमुसमाज कुबेत, किराँत राइ आयोख्य्य,किराँत याक्थुंग चुम्लुगं,नेपालकुबेत साँस्कृतिक मन्च,लालीगुराँस साँस्कृतिक परिवार,अन्तराष्ट्रिय कलाकार समाज कुबेत र कुबेतमा नेपाली कला र साँस्कृति पस्कने चर्चित कलाकारहरुसग कुराकानी भइसकेको र सम्वान्धित सबै संस्थाहरुले आ-आफ्ना समुदायका नेपाल र नेपालीको पहिचान बोकेका तथा नेपाललाइ बिश्वसाभु चिनाउने बिषेश प्रस्तुतीहरु पस्कने अवगत गराएका छन।

कार्यक्रममा बंगालादेशी, र भारतिय कलाको पनि प्रदर्सन हुने सम्भावना रहेको छ। साथै कार्यक्रममा संयुक्त राष्ट्रसंघका प्रतिनिधिलाइ पनि निमन्त्रणा गरिने भएको छ र उपस्थिति हुने संभावना पनि रहेको छ, यस कार्यक्रमका अवसरमा नेपाली दुतावास कुबेतका दितिय सचिब अंबिका जोसीलाइ बिदाइ समेत गर्ने जिफन्ट टिम कुबेतले जनाएको छ । साथै जिफन्ट टिमले सचिब जोसीको बिदाइमा सहभागी हुन चाहने संघ संस्था तथा ब्यक्ति बिशेषले अगामि सुक्रबार ९ तारिक सम्म आयोगकलाइ जानकारी गराउन पनि यसै समचार मार्फत प्रचार तथा अनुरोध गरेको छ ।आयोजकले यो बिशेष कार्यक्रम नेपाल र नेपालीको प्रतिष्ठाको बिषय सग सम्वन्धित भएको हुनाले कुबेतामा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुले उपस्थिति जनाइ भब्य र सब्य रुपमा कार्यक्रम सफल बनाउने भुमिका खेली दिनहुन अनुरोध गरेको

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )