Daily Archives: 04/12/2016

एक्सिडेन्ट्मा परी हात गुमाएको स्याङ्जाली तुलबहादुरले उपचारको लागि सहयोगको अपिल।


कुवेत नेपालडटकम

img_7157बिदेशमा धन कमाउने सपना बोकेर कुवेत आएको स्याङ्जा पुतली बजार १३, बगालथोक तुलबहादुर बिश्वकर्मा सवारी दुर्घटनापरी बायाँहात गुमाएको हुँदा वहाँको उपचार को लागि पैसा को अभाब भएको कारण कुवेतमा रहेका सम्पुर्ण संघ संस्था अनि नेपाली दाजु भाइ दिदिबहिनीहरुलाई अस्पताल बाट नै आर्थिक सहयोग अपिल गरेको छ।तुलबहादुर बिश्वकर्मा तुलबहादुरले केजीएलबाट रिलिजको लागि केश दर्ता गरेको र नयाँ एसिको कम्पनीमा पनि भिसा  लागि नसकेकोले एन्सुरेन्स पाँउन पनि निकै समस्या भएको कारणले आर्थिक रुपमा पनि समस्या भएकोले  आज  जाहरा अस्पातल बाट अल सबा हस्पिटलको बब्तिन हस्पिटलमा छाला र कृतिम हात लगाउन चेन्ज गर्न को लागि डिस्चर्ज गरे को  खबर समाज सेवी केदार आले मगर ले कुबेत नेपालडटकम लाई जानकारी दिएको छ । अहिले आएको कम्पनीमा पनि भिषा नलागेकोले तलब पाउने कुनै टुङ्गो नभएकोले आर्थिकको निकै समस्या पर्ने भएकोले र एन्सुरेन्स पाउनको लागि निकै महिना बस्नु पर्ने भएकोले कुवेतमा रहेका सम्पुर्ण संघ संस्था अनि दाजु भाइ दिदिबहिनीहरुलाई आर्थिक सहयोगको अपेक्षा गरे छ ।

Advertisements

अन्तराष्ट्रिय आप्रवासी दिवस जिफन्ट सपोर्ट कुबेतको आयोजनामा मनाइने


अर्जुन उदासी,कुबेत

13295365_1164191306946040_2090357385_nडिसेम्बर ४ कुबेत- कुबेतामा कृयाशिल जिफन्ट सहयोग समुहले १६ डिसेम्बर २०१६का दिन जिलिबको विडिगं हलमा अन्तराष्ट्रिय आप्रवासी दिवस मनाउने भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

संविधान संशोधन प्रस्ताव महत्वपूर्ण कदम : भारत


काठमडौं— पाँच नम्बर प्रदेश टुक्र्याउने तथा हिन्दी भाषालाई संवैधानिक हैसियत प्रदान गर्नेगरी संसदमा दर्ता भएको सात बुँदे संशोधन प्रस्तावलाई भारतले ‘नेपालको संविधानमा एउटा महत्वपूर्ण कदम’ भनेको छ। एक इमेलबाट पठाइएका ती सात बुँदा आफूहरुको नभएको भन्दै पछि दूतावासले खण्डन गरेको थियो। १४ महिनापछि तिनै सात बुँदा सम्बोधन गर्ने पुष्पकमल दाहाल सरकारले संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि भारत त्यसप्रति सकारात्मक देखिएको हो। पढ्नेक्रम जारी राख्नुहोस्

प्रधानमन्त्रीको वैकल्पिक योजना: संशोधन रोकेर ‘चुनाव’


रेवती सापकोटा
Prachanda_958044392काठमाडौं: संशोधन प्रस्ताव पारित गर्न मधेसी मोर्चाको सहमतिका लागि प्रयास गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव थाती राखेर स्थानीय चुनाव घोषणा गर्ने वैकल्पिक योजना बनाएका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

राष्ट्रपति भण्डारीद्वारा सर्वदलीय बैठक आहृवान


bidhya-bhandari१९ मंसिर, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आह्वान गरेकी छिन् । राष्ट्रपतिले आइतबार अपराह्न ४ बजे संसदमा रहेका सबै दललाई राष्ट्रपति भवन शीतलनिवास बोलाएकी छिन् । पढ्नेक्रम जारी राख्नुहोस्

२२ औं दिनमा प्रा.डा. गोविन्द केसीको अनशन तोडियो, साढे दुई वर्षीय बालक मारसाङ तामाङले केसीलाई जुस खुवाए


अतुल मिश्र, काठमाडौं
11111मंसिर १९, २०७३- विगत २२ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको अनशन तोडिएको छ । महाभूकम्पमा आमा गुमाएका साढे दुई वर्षीय बालक मारसाङ तामाङको हातबाट जुस पिएर डा. केसीले अनसन तोडेका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्