कुबेत मा दुबै मृगौला फेल भएकी सरस्वती लाई उपचार को लागि सहयोग अभियान दर्शन ठकुरी समाज कुबेत गदै


माधव शाही, कुवेत

16120232madदुबै मृगौला असफल भएर कुवेतको एक अस्पतालमा छटपटाई रहेकी सरस्वतीको उपचारका लागि दर्शन ठकुरी समाज कुवेतले अभियान थाल्ने भएको छ । केही हप्ता पहिले दुबै मृगौलाले काम गर्न छोडेपछि कुवेत स्थित अस्पतालको बेडबाट सरस्वती खाँडले डिसीनेपाल अलनाइन मार्फत सबैसँग सहयोगको याचना गरेकि थिइन् । समाचार प्रकाशन भएसँगै दर्सन ठकुरी समाज कुवेतले सरस्वती बचाऊ अभियान थाल्ने भएको हो । विदेशमा अलपत्र परेकी सरस्वतीको बेथाका ’boutमा जानकारी पाएपछि

दर्सन ठकुरी समाज कुवेतका अध्यक्ष बि।बि मल्ल सरस्वतीको अवस्था बुझ्न अस्पताल गएका थिए । सरस्वतीको आर्थिक अवस्था कमजोर भएको र उनलाई दैनिक डाइलासीस गर्नुपर्ने भएकाले यो अभियान सुरु गरिएको अध्यक्ष मल्लले बताए । उनले सरस्वतीलाई जतिसक्दो चाँडो नेपाल पठाउन पहल गरिदिन कुवेत स्थित राजदुताबासका प्रथम सचिव अम्बिका जोशीलाई अनुरोध गरेको पनि बताए ।

जबाफमा सरस्वतीलाई नेपाल पठाउन सबै प्रक्रिया अगाडी बढाइसकेको र जति सक्दो चाँडै स्वदेश पठाउने जानकारी पनि जोशीबाट आश्वासन पाएको पनि मल्लले बताए । साथै सरस्वती बचाउ अभियान भोलीबाटै सुरु गर्ने पनि उनले जानकारी गराए । देश तथा विदेशमा रहेका नेपालीलाई सरस्वती बचाउमा सहयोग गरिदिन पनि मल्लले अनुरोध गरेका छन् । उनले भने – हाम्रो सानो सहयोगले कसैले नयाँ जीवन पाउँछ भने किन हामी सहयोग गर्न पछी हट्ने । अब हामी सबै मिलेर सरस्वती लाई बचाउनु पर्छ ।

सरस्वती बचाउ अभियानमा सहयोग गर्न चाहने संघ संथा तथा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई सरस्वतीको आफ्नो मोबाइल नं ९६५६९६९९५७१ कुवेत, नेपाल मा ९७७९८११ ५५१३०९ बुहारी, दर्सन ठकुरी समाज कुवेत: माधब शाही ९६५६६६४४५०९, रुपेन हमाल ९६५५०२५५१८३, उदय राज मल्ल ९६५ ९७३२७६९३ लाई संपर्क गर्न समेत अनुरोध गरेकी छिन् । साथै उनलाई भेटगर्न चाहनुहुने महानुभावहरुले मुबारक अलकबिर अस्पतालको कोठा नं ११ को बेड नं ३ मा आउन उनले अनुरोध गरेकी छिन्

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )