Daily Archives: 01/12/2016

ओलीले भनेः प्रचण्डजी तपाईंको अनुहार हेर्न पनि मन छैन


नरेन्द्र साउद
prachanda-oli-close-up-583fe2ed7a7a35-00332972काठमाडौंः एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहार पनि हेर्न मन नभएको बताएका छन् । बिहीबार व्यवस्थापिका संसदको बैठक स्थगित भएपछि नेताहरु बाहिरिदै थिए । बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष अ‍ोलीबीच जम्काभेट भयो । दुवै नेताले मित्रताका साथ हात मिलाए। पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

डा. केसीको अवस्था गम्भीर, देशभरका चिकित्सक आन्दोलनमा


drkc_seriousकाठमाडौं— उन्नाइस दिनदेखि आमरण अनशनमा रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य स्थिति गम्भीर भएको छ। जीवनरक्षाका लागि दबाब बढाउन देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन्। डा. केसीको स्वास्थ्य नाजुक अवस्थामा पुगिसक्दा पनि वार्ताबाट निष्कर्ष निकाल्न सरकार उदासीन रहेपछि चिकित्सकले आन्दोलन कडा बनाउँदै छन्। केसीको अनशन र मागप्रति १९ दिनसम्म मौन बसेको चिकित्सक संघसमेत विरोधका कार्यक्रममा अग्रसर भएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

सीमांकन हेरफेरविरुद्धको आन्दोलन अराजक बन्दै


होटल र सवारी साधन तोडफोड
कपिल ज्ञवाली
30112016092832bb-1000x0१६ मंसिर, बुटवल । सीमांकन हेरफेरविरुद्धको आन्दोलन अराजक बन्दै गएको छ । एमाले कार्यकर्ताहरुले दोस्रो दिन पनि रुपन्देहीको बुटवल बन्द गराएका छन् र प्रदर्शनकारीले होटल कस्तुरीमा तोडफोड गरेका छन् । बन्द अवज्ञा गरेको भन्दै उनीहरुले होटल कस्तुरीमा तोडफोड गरेका हुन् । यसैगरी देबीनगरमा मोटसाइकल र दीपनगर चोकमा अटो रिक्सामा तोडफोड भएको छ । राजमार्ग चौराहामा यात्रु बस तोडफोडको प्रयास भए पनि प्रहरीले रोकेको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

संसदको गणित- संशोधन विधेयक पारित गर्न हम्मे


राजेन्द्र फुयाल, काठमाडौं
30112016090151constitution-amendment-1000x0मंसिर १५, २०७३- सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक पारित गर्ने/नगर्ने विषयमा साना दलहरू निर्णायक देखिएका छन् । असन्तुष्ट मधेसी मोर्चाका माग सम्बोधन गर्न सरकारले प्रदेशको सीमा, राष्ट्रिय सभामा प्रतिनिधित्व, वैवाहिक अंगीकृत नागरिकता र भाषा जस्ता विषयका लागि मंगलबार संविधान संशोधन विधेयक दर्ता गरेको छ । विधेयक सदनमा प्रस्तुत गर्ने गरी परिपक्व हुन ५ दिन लाग्ने कानुनी व्यवस्था छ । पढ्नेक्रम जारी राख्नुहोस्