खेलाडी सवार ६ ठूला विमान दुर्घटना, जसमा सकियो टिम


accident-plane-1काठमाडौं । ब्राजिलको स्थानीय फुटबल टिम बोकेको विमान कोलम्बियाको मेडलिनमा दुर्घटनाग्रस्त हुँदा ७६ खेलाडीको ज्यान गएको छ । विमानमा ८१ जना सवार थिए जसमध्ये ५ जना बाच्न सफल भएका छन् । उक्त विमानमा चापाकोएन्सी टिमका फुटबल खेलाडी साउथ अमेरिका कप इन्टरनेशनलको फाइनल खेल्न जाँदै थिए ।

खेलाडीको हवाई दुर्घटनाको लामो लिस्टमा चापाकोएन्सी टिम दुखद रुपमा थपिएको छ ।

६ टिम जो हवाई दुर्घटनाका शिकार भएका थिएः

१. लोकोमोटिव यारोस्लेवल आइस हक्की टिम-२०११

रुसको तीन पटक लोकोमोटिव यारोस्लेवल आइस हक्की च्याम्पियन टीम सेप्टेम्बर २०११ मा एक हवाई दुर्घटानाको शिकार भयोे । यस टिमका सवै खेलाडीको दुर्घटनामा मृत्यु भएको थियो । विमान सिजनको पहिलो म्याचका लागि बेलारुस जाँदै थियो ।ice-hokey-team

र, बाटोमा दुर्घटनामा पर्दा विमानमा आगो लाग्यो । केही शव नजिकको तुनोशना नदीमा खसेका थिए । सात क्रु सदस्यसहित ३६ खेलाडी तथा अधिकारी यस दुर्घटनामा परे ।

२. जाम्बिया नेशनल फुटबल टीम-१९९३

२८ अप्रिल १९९३ मा जाम्बिया नेशनल फुटबल टिमका १८ सदस्य विश्व कप छनोटका लागि सेनेगल जाँदै थिए । जाम्बियाई एयरफोर्सको उक्त विमान गेबाँन नजिक दुर्घटनामा पर्‍यो । दुर्घटनामा सबै खेलाडीको मृत्यु भयो ।old-crictian-rugby-team

३. एलियान्जा लीमा -१९८७

पेरुको सबैभन्दा सफल फुटबल टिम एलियान्जाको लीमा र्फकन लागेको समय विमान ल्यान्डिङ गर्नु केही अघि दुर्घटनामा पर्‍यो । विमानमा सवार ४३ यात्रुका साथ एलियान्जा लीमाको पुरा टीम दुर्घटनामा मारिए । तर, विमानका पाइलट भने बाँच्न सफल भए ।

४. ओल्ड क्रिश्चियन रग्बी टिम-१९७२

१३ अक्टोबर १९७२ मा उरुग्वेको ओल्ड क्रिश्चियन टिम राजधानी मोटेवीडियोबाट चिलीको सोटियागो जाँदै थियो । विमान बाटोबाटै सम्पर्क विहीन बन्न पुग्यो ।

दुई महिनापछि चिलीका वायुसेना दुर्घटनामा जिउँदो बचेका १४ जनालाई खोजी गरियो । जिउँदा रहेका दुई अरु यात्री आर्कटिकको मौसममा १० दिन पैदल हिडेर एडियनको खोँचसम्म पुगेका थिए ।

उनीहरुको कहानीमा एक किताव लेखिएको छ । जसको पछि फिल्म पनि बन्यो । फिल्ममा उनीहरु जीवित रहन गरेको संघर्ष विस्तारमा बताइएको छ , जिउँदो रहन उनीहरुले कसरी मानिसको मासुसमेत खाएका थिए भन्नेबारे फिल्ममा देखाइएको छ ।man-united-plane-crash

५. अमेरिका फिगर स्केटिङ टीम-१९६१

यस हवाई दुर्घटनामा अमेरिकी फिगर स्केटिङ टीमका १८ खेलाडी समेत विमानमा सवार सवै ७३ यात्रीको मृत्यु भएको थियो ।

विमान ब्रसेल्स हवाई अड्डामा ल्यान्डिङ गर्दै गर्दा दुर्घटनामा परको थियो । टीम विश्व च्याम्पियनशिपमा भाग लिन प्राग (तत्कालीन चेकोस्लोवाकिया) जाँदै थियो, जुन पछि रद्द गरिएको थियो ।

अमेरिकी टीमको यस खेलमा १९५० बाट दबदबा थियो । तर, धेरै खेलाडी र प्रशिक्षकको दुर्घटनामा मृत्यु भएसँगै टीम पुनर्गठन हुन समय लागेको थियो ।

६. म्यान्चेस्टर युनाइटेड फुटबल टिम-६ फेब्रुअरी १९५८

तत्कालिन पश्चिम जर्मनीको म्युनिख रेइम एयरपोर्टमा भएको ब्रिटिस युरोपियन एयरको बिमान दुर्घटनामा इंग्लिस क्लव म्यान्चेस्टर युनायेडटको टोलीलै परेको थियो ।

तत्कालिन युगोस्लाभियाको बेलग्रेडमा रेड स्टार बेलग्रेडसँग युरोपियन कप फुटबल खेलेर म्यान्चेस्टर फर्किएको युनाइटेडको टोली म्युनिखमा दुर्घटनामा परेको हो । युगोस्लाभियाबाट म्युनिखका इन्धन भर्न ल्याण्ड गरिएको बिमान उडान भर्न लाग्दा रनवेबाट चिप्लिएर नजिकैको घरमा ठोक्किएको थियो ।

३८ यात्रु र ६ चालकदलका सदस्यसहित ४४ जना सवारमध्ये २३ जनाको मृत्यु भएको थियो । जसमध्ये १२ म्यान्चेस्टर युनाइटेडका खेलाडी तथा अफिसियल थिए । त्यस्तै दुर्घटनामा ८ जना पत्रकार, दुई चालकदलका सदस्य र दुई अन्य मानिसको मृत्यु भएको थियो ।

म्यान्चेस्टर युनाइटेडका ९ खेलाडी र एक म्यानेजर दुर्घटनामा बाँचेका थिए । निक्कै राम्रो लयमा रहेको म्यान्चेस्टर युनाइटेड दुर्घटनापछि लयमा र्फकन १० बर्ष लागेको थियो ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )