Daily Archives: 30/11/2016

गीत


रकम राई
14936913_703947963114829_1407718488_nअन्धियारो मा परे भने जुन बनी आउनु तिमी
दोबाटो मा अन्योल परे कता जाने भन्नुतिमी
मेरै मनको वरिपरि छाइरहनु है माया
जुनि जुनि सातै जुनि साथै रहनु है माया
माया तिम्रो गासेको छु फुलको माला गासे सरि
नचुडिने नतोडिने अजमबरी माया सरि
लाग्छ मलाइ हाम्रो माया ओइलिएर झर्नेछैन
टुकरिएर हाम्रो नाता अलग अलग हुने छैन
मेरो मुटुको ढुक्कढुकि हरुमा तिमै स्पन्दन चल्छ माया
मेरो आखाको नानि भित्र तिम्रै तस्बिर बन्छ माया
मेरो सपना मेरो बिपना सबै सबै लाग्छ तिमी
तिमि नै हो जिन्दगानी मेरो शुन्दर सन्सार पनि!!

खेलाडी सवार ६ ठूला विमान दुर्घटना, जसमा सकियो टिम


accident-plane-1काठमाडौं । ब्राजिलको स्थानीय फुटबल टिम बोकेको विमान कोलम्बियाको मेडलिनमा दुर्घटनाग्रस्त हुँदा ७६ खेलाडीको ज्यान गएको छ । विमानमा ८१ जना सवार थिए जसमध्ये ५ जना बाच्न सफल भएका छन् । उक्त विमानमा चापाकोएन्सी टिमका फुटबल खेलाडी साउथ अमेरिका कप इन्टरनेशनलको फाइनल खेल्न जाँदै थिए । पढ्नेक्रम जारी राख्नुहोस्

संविधान संशोधन विधेयक दर्ता विरुद्ध बुटवलमा विरोध प्रदर्शन, यातायात ठप्प


अमृता अनमोल, बुटवल
30112016092832banda-1-1000x0मंसिर १५, २०७३- ५ नम्बर प्रदेश टुक्र्याउने गरी संसद सचिवालयमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध बुटवलमा विरोध प्रदर्शन भएको छ । अनेरास्ववियुको अगुवाइमा विद्यार्थी संगठन तथा सर्वसाधारणहरुले बिहानैदेखि बुटवलमा यातायात ठप्प पारेका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

कुवेत नेपाली एकता समाजको प्रथम राष्ट्रिय भेला आगामी डिसेम्बर ९ तारिक


कुवेत नेपालडटकम

1480423760yakata_samaaj_kuwaitप्रवासी नेपाली मजदुरहरुको हकहितमा सदैब आफ्नो आवाज बुलन्द गर्दै आइरहेको सम्पूर्ण प्रबासी नेपालीहरु एक हौं” भन्ने नाराका साथ सन २०१४ मा कुवेतमा भात्रृ संगठन स्थापना गरिएको कुवेत नेपाली एकता समाज ले प्रथम राष्ट्रिय भेला आगामी डिसेम्बर ९ तारिक शुक्रबार गर्ने भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्