जय आले, कुवेत
२७ नोभेम्बर २०१६ । मिफ्रुङ्ग फिलिम्स प्रोडक्सन नेपालको पहिलो प्रस्तुति मगर कथानक नेपाली चलचित्र खुर्पेटाे कुवेतमा आगामी २७ जनवरी २०१७ शुक्रबारको दिन प्रदर्शन हुने भएको छ ।
मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र मगर सँघ कुवेतका बरिष्ट सदस्य राजेन्द्र आले मगर(तुल)द्वारा निर्माण गरिएको हो । चर्चित लोकदोहोरी गायिका मुना थापामगरले अभिनय गरेको यस चलचित्रमा कलाकारहरु सुजन थापामगर, बिना थापामगर, टिका आलेमगर, शोभा आलेमगर लगायत थुप्रै मगर कलाकारहरुले अभिनय गरेका छन भने बिकास मगरको निर्देशन, भिम रानामगरको परिकल्पना, राहुल राईको छायांकन, मित्र गुरुङको सम्पादन र चित्र मास्कीमगरको नृत्य निर्देशन रहेको छ ।
कुवेतको जिलिब अलशुवैखको वैडिङ् हलमा दिउँसको ठिक १२.०० बजेदेखी प्रदर्शन हुने अढाई घण्टा लामो नेपालको गाउँघर र मगर संस्कृतिमा आधारित नेपाली चलचित्र खुर्पेटो हेर्न निर्माता राजेन्द्र आले मगर(तुल बहादुर) लगायत मगर सँघ कुवेतले सम्पूर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई अनुरोध गरेको छ ।
खुर्पेटो चलचित्र नेपालमा हालै रिलिज भएको र युकेमा समेत कुवेतमा प्रदर्शन हुने दिनमै प्रदर्शित हुने अवस्थामा रहेको निर्माता आलेले बताए ।
पुनश्च्व:
प्रदर्शन हुने चलचित्र : खुर्पेटो (मगर संस्कृतिमा आधारित नेपाली चलचित्र)
स्थान : वैडिङ् हल जिलिब अल-शुवैख, कुवेत
मिति : २७ जनवरी २०१७
समय : अपरान्ह १२.०० बजेदेखी
टिकट शुल्क : ३ कुवेती दिनार मात्र
आयोजक : मगर सँघ कुवेत परिवार
dami