Daily Archives: 27/11/2016

नवलपरासीमा जिप दुर्घटना, सातको मृत्यु


nawalparasi-583a48770e9e57-01382052कावासोतीः नवलपरासीको पहाडी गाविस बुलिङ्टार–८ बतासमा गएराति जिप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । प्रहरी चौकी बुलिङ्टारका अनुसारका दलदलेबाट डाँडाझेरीको छरछरे जाँदै गरेको ग १ ज ३६३२ नंको जिप दुर्घटना हुँदा डाँडाझेरी छरछरेका २८ वर्षका समन्ती बाचे, ५२ वर्षका खिमबहादुर बाचे, ४२ वर्षका लोकबहादुर बाचे, २२ वर्षका दीपक फाल, ४० वर्षका जयबहादुर बाचे, ४९ वर्षका किशन बाचेको मृत्यु भएको छ । मृतक एक जनाको सनाखत हुन सकेको छैन । पढ्नेक्रम जारी राख्नुहोस्

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आए पनि जनतालाई गणतन्त्रले कुनै प्रभाब पार्न सकेन।


कर्ण बहादुर अधिकारी मकाउ,चीन।
16101246unnamedसरल भाषा नेपाली जनतालाई गणतन्त्रका ’boutमा बुझाउनु परेमा जनता द्वारा जनताका लागि जनताबाट गरीने शाशनलाई गणतन्त्र भनिन्छ भनेर बुझाउन सकिन्छ।बास्तबिक रूपमा गणतन्त्रलाई अर्थयाउने हो भने पनि निचोड यहि नै हो तर नेपालमा बिसं २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलन पश्चात बनेको पहिलो संबिधान सभाले बिसं २०६५ साल जेठ १५ गतेबाट राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरेको ८ बर्ष बिति सक्दा पनि नेपाली जनताले गणतन्त्रको अनुभूति चाहि अझै गर्न सकेको छैन।संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको बागडोर सम्हाल्ने नेपालका राजनिति दलका नेताहरूले नेपाललाई न त गणतान्त्रिक पद्धति नै अबलम्बन गराएर अगाडी बढाउन सफल भए न त जनता माझ प्रभावकारी भूमिका नै निभाउन सके।गणतन्त्र आएको यतिका बर्ष सम्म खासै भन्नु पर्दा २ वटा काम भन्दा अरू काम चाहि केहि गर्न सकेनन्। पढ्नेक्रम जारी राख्नुहोस्