आदिवासी जनजाती महासंघ कुवेतको प्रथम अधिवेशन सम्पन्न अध्यक्षमा रमेश किराँती


सुरेश गुरुङ, कुवेत

15181551_1512657565417189_5661478962346508137_n“पहिचान अधिकार सहितको संघियता आदिवासी जनजातीको अडान, अधुरो अपुरो संविधान संशोधनका लागी हाम्रो साझा अभियान” भन्ने नाराका साथ नेपाल आदिवासी जनजाती महासंघ कुवेतको प्रथम ऐतिहासीक अधिवेशन आज कुबेत जिलिबस्थित वेडीङग हल मा भव्यताको सम्पन्न भएको छ |

आदिवासी जनजाती महासंघ कुवेतका तदर्श समितीका उपाध्यक्ष रमेश किराँतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमलाई बसन्त थापा मगर, अमृत तामाङ र सुरेश ग्याबा तामाङले संयुक्त रुपमा सन्चालन गरेका थिए। भने नेपाली दुताबास कुवेतका प्रथम सचिब अम्बिका जोशीको प्रमुख आतिथ्यता,दितिय सचिब भोगेन्द्र लिङदेन,एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामाङ, नेपाल पत्रकार महासघ बैदेशिका शाखा कुवेतको अध्यक्ष हरिकृष्ण न्यौपाने बिशेष आतिथ्यता, मा महासँघको कोषाध्यक्ष राजु गुरुङ,मन्तव्यद्वारा उपस्थित पाहुना तथा अतिथिगणलाई स्वागत गरेका थिए।

15171225_1512658665417079_3162860324230150679_nमहासचिव बसन्त थापा मगर र सचिव अमृत तामाङ,र सुरेश ग्याबा तामाङले संयुक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा कुवेतमा कृयाशिल रहेका आठवटै जनजाती संस्थाहरुको सहभागीता रहेको थियो भने जनजातीका अग्रज तथा बौद्धिक व्यक्तित्वहरु, अध्यक्षहरु लगायत आठवटै संस्थाका प्रतिनिधिहरु साथै नेपाली सँघ-संस्था, प्रतिनिधि समाजसेवी, बुद्धि,जिबी, पत्रकार र कलाकार लाई अतिथिको रुपमा आसन ग्रहण गराईएको थियो ।

15220074_1512659648750314_7045861339518096911_nसभापति, प्रमुख अतिथी र बिशेष आथितीहरुले संयुक्तरुप द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय राष्ट्रिय गान बजाई कार्यक्रमलाई मुर्त रुप दिईएको थियो ।कार्यक्रममा गुण बहादुर सुनुवार, अम्बिका जोशी, भोगेन्द्र लिङदेन, मनु मगर, राज थेगिम लिम्बू, युग लामा, दिल पुन मगरले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कार्यरक्रममा आ-आफ्नो मन्तव्य राख्दै अधिकंश वक्ताहरुले आदिवासी जनजातीहरुलाई राज्यले हेपाहा प्रवृतिलाई निरन्तरता दिएको भन्दै एउटै समाजमा बसेर सँगै हुर्केको कुनै पनि ब्राम्हण, क्षेत्रीय तथा अन्य जात या धर्मको बिरोधी नभई भन्दै मन्तव्य व्यक्त गरेका थिए।

15178175_1512658662083746_8794484892014071406_nविश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गरियोस्। भन्दै कार्यक्रममा कुवेतका सम्पूर्ण जनजाती संस्थाहरुले आ-आफ्नो पहिचान झल्काउने साँस्कृतिक प्रस्तुति दिएका थिए । जसमा तमू समाजले युगल नृत्य, किरात राई यायोक्खाले साकेला सेलो नृत्य, तामाङ घेदुङले एकल तथा मेन्दोमाया गीतमा ग्रुप नृत्य, तमू प्ये ल्हु सँघले युगल नृत्य, याक्थुम चुम्लुङले लिम्बु च्याप्रुम नृत्य प्रस्तुत गरेका थिए ।यसैगरी सम्पूर्ण आठवटै जनजाती संस्थाहरुले आ-आफ्नो भेषभुषा समेत प्रदर्शन गरेर नेपाली संस्कृति एवं राष्ट्रियतालाई झल्काएका थिए । स्थानिय कलाकारहरु, राजु थापा गीत, माया राई नृत्य, प्रस्तुत गरेका थिए।

15220049_1512660002083612_1943373368869803871_nकार्यक्रम स्थलबाट भोजपुरको अग्नि पीडितहरुको राहतको लागी भोजपुर सेवा समाज कुवेतद्वारा संचालित अभियान “लौन केही त गरौं” अभियानमा १ सय ५४ कुवेती दिनार ५ सय फिल्स संकलन भएको छ।

नयाँ कार्यसमितिको नामवली:

संरक्षक : अमित राई
सल्लाहकारहरु:
राजेन्द्र तामाङ, खोपबहादुर गुरुङ, बसन्त थापा मगर, मनु मगर, अगम सुब्बा, राम लामा घलान, मित्र सिंजाली मगर, श्याम लामा, शिव श्रेष्ठ, दिल पुन मगर, अमृत गुरुङ

अध्यक्ष : रमेश कुमार राई
प्रथम उपाध्यक्ष : दुर्गा चेम्जोङ लिम्बू
द्वितीयत उपाध्यक्ष : गोपाल गुरुङ
तृतिय उपाध्यक्ष : याम सुनुवार
महिला उपाध्यक्ष : मधुमाया मगर
महासचिव : अमृत तामाङ
सचिव : अर्जुन याक्तेन लिम्बू
कोषाध्यक्ष : राजु गुरुङ
सह कोषाध्यक्ष : नुमा राई
प्रवक्ता : युग लामा
संगठन बिभाग प्रमुख : मन्जित राई
संगठन बिभग उप प्रमुख: राजन श्रेस्ठ
साँस्कृतिक बिभाग प्रमुख: डीबी लोप्चन तामाङ
साँस्कृतिक बिभाग उप प्रमुख : यम गुरुङ
खेलकुद बिभाग प्रमुख: ऋषि थापामगर
खेलकुद बिभाग उप प्रमुख : नवीन लोप्चन तामाङ
युवा बिभाग प्रमुख : दिलकुमार पाख्रीन
युवा बिभाग उप प्रमुख : केदार कुमार मगर
संचार बिभाग प्रमुख : कोशराज राई
संचार बिभाग उप प्रमुख : जय आलेमगर
फोटो पत्रकार : सुरेश गुरुङ
सदस्यहरु:
१) हर्क मोक्तान तामाङ
२) दावा शेर्पा
३) मानबिर लामा
४) राजकुमार राई
५) रमिता योन्जन
६) शोभा गुरुङ
७) बबिता गुरुङ
८) कृष्णबहादुर तामाङ
९) रवि चेन्जि माबो लिम्बू
१०) हरी लावती
११) एक्साहाङ लिम्बू
१२) हेमसागर योङ्हाङ
१३) जितेन चेम्जोङ
१४) गंगा जवेगु
१५) मनहरी प्रधान
१६) डेन्डी शेर्पा
१७) निहा राई
१८) धनबिर राई
१९) हेमराज राई
२०) मंगलदास डंगोल
२१) डिक प्रसाद गुरुङ
२२) उदास श्रेष्ठ

1अन्त्यमा कार्यक्रम को सभापतित्व गर्नु भएको रमेश राइ अध्यक्ष: रमेश कुमार राई किराँती ले विश्वभरका आदिवासी जनजाती एक हौ, आजको आवश्यकता भनेको हाम्रो एकता र हाम्रो एकता भनेको हाम्रो सहभागीता अनी आफ्नो धर्म, लिपी, भेषभुषा, कला र संस्कृतिलाई सम्मान गर्नु पर्छ भन्दै कार्यक्रममा उपस्थित भएर कार्यक्रम सफल पार्न हुने सम्पूर्ण सहयोगी उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो । भने अन्त्यमा कार्यक्रम मा सम्पूर्ण उपस्थित हरुलाई सेल रोटी,आचर, जलपान ले स्वागत गरे को थियो । दिनको २ बजेबाट सञ्चालन भई साँझको ६ बजे समाप्त भएको थियो।315136009_1512660255416920_8724774345457441670_n15128805_1512659702083642_926686622624628270_o15109370_1512659695416976_1683000040143191509_n15253535_1512660862083526_1553955700866693960_n15193512_1133298626719911_5315387286165111523_n15253416_1512660128750266_7154767743150981595_n15230768_1512660745416871_6111754547027088691_n15202524_1512660592083553_6665112184206392614_n

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )