सत्तापक्ष र मधेसी मोर्चा संविधान संशोधन प्रस्ताव दर्ता गराउन सहमत


जिल्लाहरुकाे विवाद संघीय अायोगमार्फत टुंग्याउने प्रधानमन्त्रीकाे भनाइ
बसन्त बस्नेत, काठमाडौं

23112016102626pm-office-1000x0मंसिर ८, २०७३- सरकारले संसदमा दर्ता गर्न लागेको संविधान संशोधन प्रस्तावमा मधेसी मोर्चाले सहमति दिएको छ । संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन बुधबार बिहान सरकार र मोर्चाबीच भएको छलफलमा मोर्चाले पुष्पकमल दाहाल प्रधानमन्त्री हुनुअघि भएको तीन बुँदे सहमतिको ‘स्पिरिट’मा रहेर सहमति दिएको जनाएको छ ।

माेर्चाकाे प्रमुख घटक संघीय समाजवादी फोरम नेपालले भने संशोधन दर्तामा असहमति जनाएकाे छ ।

कांग्रेस, माओवादी केन्द्र र मोर्चाबीच साउन १९ गते भएको तीन बुँदे सहमतिमा सीमांकन हेरफेरसहित संविधान संशोधन गर्ने उल्लेख गरिएको थियो । देउवा, दाहाल र मोर्चाबीच भएको सहमतिमा सीमांकन के के गर्ने भन्ने थिएन । तर, मोर्चाको स्वामित्वमा हेरफेर हुने भनिएको थियो ।

संशोधन प्रस्ताव दर्ताअघि प्रतिपक्षी एमालेसँग सहमति नजुटेपछि मोर्चासहितकाे संघीय गठबन्धनसँग अन्तिम प्रयासका लागि सरकार पक्षले औपचारिक छलफलको लागि मोर्चालाई बोलाएको थियो ।

बिहान प्रधानमन्त्री निवासमा अढाइ घण्टा भएको छलफलमा प्रधानमन्त्री दाहालले नवलपरासीदेखि बर्दियासम्मको प्रदेश बनाउने र पूर्वका झापा, मोरङ र सुनसरी, पश्चिमका कैलाली र कञ्चनपुर गरी ५ वटा जिल्लालाई संघीय आयोगमार्फत् त्यसको विवाद टुंग्याउने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री दाहालले भाषा, नागरिकता र राष्ट्रिय सभा’bout मोर्चाको माग अधिकतम सम्बोधन गर्ने गरी संशोधन प्रस्ताव लैजाने बताए । प्रस्ताव संसदमा दुई दिनभित्र लैजाने निर्णय भएको राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले बताए । उनले भने, ‘आजको छलफल निकै सकारात्मक रहेको छ ।’

तमलाेपाका अध्यक्ष महन्थ ठाकुरले भने प्रस्ताव दर्ताको लागि मात्रै सहमित दिएको बताए । उनले दर्ता भइसकेपछि प्रस्तावमा समेटिएका विषय हेरेर मात्रै अगाडि बढाउने, नबढाउने भन्ने’bout तय हुने प्रष्ट पारे ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एव‌ं का‌ंग्रेस नेता विमलेन्द्र निधि, प्रकाशमान सिंह, माअाेवादी केन्द्रका नेता वर्षमान पुन, तराई मधेस लाेकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, तराई मधेस सद्भभावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, फोरम गणतान्त्रिकका राजकिशोर यादव, संघीय समाजवादी फाेरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायतका नेताहरु सहभागी थिए ।

सत्ता गठबन्धन र मधेसी मोर्चाबीचको संयुक्त बैठक बालुवाटारमा जारी छ ।
सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि संसदमा दर्ता गर्न लागेको संविधान संशोधन प्रस्तावमा सहमति जुटाउन भन्दै बुधबार छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको बैठकमा कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चासहितको संघीय गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।
संविधान संशोधन प्रस्ताव दर्ताअघि प्रतिपक्षी एमालेसाग सहमति नजुटेपछि मोर्चासाग अन्तिम प्रयासका लागि कांग्रेस–माओवादी केन्द्रले औपचारिक छलफल गरेका हुन् । संशोधन प्रस्तावमा गठबन्धन तयार नभए सत्ता गठबन्धन एकतर्फी रुपमा अघि बढ्ने तयारीमा छ ।

प्रधानमन्त्री दाहालले मधेसी, जनजातिलगायतका माग सम्बोधन गरी निर्वाचनमा जान चारवटा विषयमा संविधान संशोधन गर्नुपर्ने औपचारिक प्रस्ताव यसअघि नै तीन ठूला दलको बैठकमा राखिसकेका छन् । उनले मधेसी दललाई मान्य हुने गरी प्रदेशको सीमा फेरबदल, नागरिकता, राष्ट्रिय सभामा प्रतिनिधित्व र भाषासम्बन्धी विषयमा संशोधन गर्नुपर्ने प्रस्ताव राखेका हुन् । तर, प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको बैठकमा प्रतिपक्षी एमालेले संशोधनको औचित्य नै नभएको बताएको छ ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )