फागुनदेखि २० वर्ष पूराना गाडी हटाइने


उपत्यकामा २ हजारभन्दा बढी २० वर्ष पुराना गाडी
उपत्यकाको ४० प्रतिशत प्रदुषण पूराना गाडीका कारण : विभाग
दीपेन्द्र विष्ट, काठमाडौं
22112016085145nepalbus7-1000x0मंसिर ७, २०७३- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले फागुन १९ गतेदेखि उपत्यकामा चल्ने २० वर्ष पुराना सार्वजनिक सवारी साधन विस्थापनको तयारी थालेको छ । अत्याधीक वातावरण प्रदुषण, ट्राफिक व्यवस्थापनमा समस्या र सडक दुर्घटनाको मुख्य कारण पुराना गाडी भएकाले विस्थापित गर्न लागिएको हो ।

मन्त्रालयले ती गाडीको लगत संकलन लगायतको सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी यातायात व्यवस्था विभागलाई दिएको छ । सरकारले दुई वर्षअघि नै २० वर्ष पुराना सवारी साधन विस्थापित गर्ने निर्णय गरेको थियो । उक्त निर्णय अनुसार विभागले उपत्यकामा चल्ने पुराना सवारी साधनको तथ्याङक संकलन गरि विस्थापित गर्ने कार्यलाई अन्तिम चरणमा पुर्‍याएको छ ।

विभागका प्रवक्ता टोकराज पाण्डेले उपत्यकामा संचालित पुराना ट्रक तथा बसलाई विस्थापित गरिने जानकारी दिए । त्यसका लागि विभागले गाडीको तथ्याङक संकलनलगायतका प्रक्रिया अघि बढाएको उनले बताए । ‘कार्यविधि बनाउँदैछौं, केही दिनपछि सार्वजनिक सूचना जारी गर्छौं,’ उनले भने, ‘त्यसपछि ट्राफिक प्रहरीको सहायतामा त्यस्ता गाडीको चेकजाँच गर्छौं ।’

फागुन २० पछि त्यस्ता गाडीको नवीकरण, रुट इजाजत, दर्ता र कर उठाउने प्रक्रिया बन्द गरिने उनले बताए । ‘कानुनी रुपमा अयोग्य घोषित सवारी साधनलाई सडकमा गुड्न दिनेछैनौ,’ उनले भने । विस्थापित गरिने गाडीको पत्रु प्रक्रियामा लाग्ने सम्पूर्ण कर सवारीधनीले नै ब्यहोर्नु पर्ने उनले बताए । ‘पत्रु अघि सवारीधनीले बुझाउन पर्ने सबै शुल्क बुझाउनपर्छ,’ उनले भने, ‘यदि कुनै कर तिर्न बाँकी छ भने, पत्रु गर्न दिन्नौं ।’

विभागका अनुसार उपत्यकाभित्र करिब २ हजार र उपत्यकाबाहिर २५ हजार भन्दा बढी त्यस्ता गाडी छन्् । प्रवक्ता पाण्डेका अनुसार उपत्यकाको ४० प्रतिशत प्रदुषण पुराना गाडीका कारण हुन्छ । ‘प्रदुषण र दुर्घटना घटाउन पुराना गाडीलाई हटाउनै पर्छ,’ उनले भने । विभागका अनुसार गत वर्ष सवारी दुर्घटनामा परि १७ सय ४४ जनाको मृत्यु भएको छ । प्रतिदिन ५ जनाको मृत्यु सवारी दुर्घटनाका कारण हुने गरेको विभागको तथ्याङकमा छ ।

‘सवारी दुर्घटनाहरु अधिकांश पुराना गाडीले भएको देखिन्छ,’ पाण्डेले भने, ‘त्यसकारण पनि यी गाडीलाई विस्थापित गर्नैपर्छ, ’cause यी सवारी साधन गुडा मानिसको ज्यान जोखिममा छ ।’ मानिसको सहज आवतजावत मानिसको मौलिक हक नै भएकाले पनि सुविधा र प्रविधियुक्त गाडी चल्नु पर्ने उनले बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा डिआइजी प्रकाश अर्यालले पुराना सवारी साधनले दुर्घटना बढाएको बताए । ‘थोत्रा र पुराना गाडीलाई हटाउनैपर्छ,’ उनले भने, ‘यी वातावरणीय दृष्टिकोणले पनि ठीक छैनन् ।’ विभागले प्रक्रिया अघि बढाउने बित्तिकै ट्राफिक प्रहरीले त्यस्ता गाडी संचालनमा रोक लगाउने उनले बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ महासचिव सरोज सिटौलाले व्यवस्थित र वैज्ञानिक तरीकाले गाडीको मापदण्ड नतोकेर त्यतिकै हटाउन नहुने बताए । ‘हचुवा भरमा निर्णय गरेर समाधान निस्कदैन, व्यवसायीसँग पर्याप्तरुपमा छलफल गर्नुपर्छ,’ उनले भने, ‘यातायात क्षेत्रमा व्यवसायीको ठूलो लगानी छ, त्यसको सुनिश्चिता नभएसम्म कार्यान्वयन कठिन होला ।’

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )