जापानमा शक्तिशाली भूकम्प, दश फिट अग्लो सुनामी


japan-sunami७ मंसिर, काठमाडौं । जापानको उत्तर–पूर्वी तटमा भूकम्पको जोडदार धक्का महसुन भएसँगै फुकुशिमा परमाणु संयन्त्रको क्षेत्रमा सुनामीको दश फीट अग्लो छाल ठोकिएको छ । फुकुशिमाबाट ७० किलोमिटर टाढा ११ किलोमिटर गहिराइमा ६.९ रेक्टर स्केलको भूकम्प आएको छ ।

सन् २०११ मा आएको सुनामीका कारण उक्त परमाणु संयन्त्र पूर्ण रुपमा क्षतिग्रस्त भएको थियो । आजको सुनामीले कुनै क्षति पुगेको खवर नआएपनि सुनामीको खतराको जारी रहेको बीबीसीले जनाएको छ ।

भूकम्पका कारण फुकुशिमाको तेस्रो रिएक्टर कुलिंग सिस्टमले काम गर्न छोडेको जापानका क्याविनेटका मुख्य सचिव योशिहिदे सुगाले बताए । तर, अहिलेसम्म तापक्रम बढ्ने संकेत देखिएको छैन । उनले स्थिति अध्ययनका लागि सरकारले एक टोली गठन गरेको जानकारी दिए ।

भूकम्पले मानवीय तथा भौतिक क्षति गरेको विवरण अहिलेसम्म कूने विवरण आएको छैन । भूकम्पका कारण राजधानी टोकियो पनि प्रभावित भएको थियो ।

जापान मौसमविज्ञान एजेन्सीले भूकम्प स्थानीय समय अनुसार मंगलबार विहान ६ बजे आएको जनाएको छ ।

जापानको कुमामोटो प्रान्तमा अप्रिलमा आएको भूकम्पमा ५० जनाको मृत्यु भएको थियो । सन् २०११ मा फुकुशिमामा भूकम्पका कारण १८ हजार भन्दा धेरैको मृत्यु भएको थियो ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )