भारतीय पत्रकारको भेलामा योगेशले उठाए काश्मिर मुद्दा, मधेसलाई नउचाल्न चेतावनी


yogesh_bhattarai-650x390काठमाडौं, ५ मंसिर । नेकपा एमालेका सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईले भारतले नेपालको सार्वभौमिकताको सम्मान गर्नुपर्ने बताएका छन् । आइतबार राष्ट्रिय सभागृहमा भारतीय पत्रकारको जम्बो टोली सहभागी ‘भारत–नेपालमैत्री सम्बन्ध र मिडियाको भूमिका’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै भट्टराईले नेपालको आन्तरिक मामिलामा भारतले बोल्न नमिल्ने बताए ।
‘भारतमा पनि आन्तरिक समस्या छन् । काश्मिरको विवाद अहिलेसम्म चलिनैरहेको छ । नेपालका आन्तरिक समस्याहरु छन् । मधेसको समस्या छ,’ उनले भने- ‘तर, यसो भन्दै नेपालले भारतको काश्मिर मामिलामा बोल्नुहुँदैन् र भारतले पनि नेपालको मधेस लगायतका आन्तरिक मामिलामा चाँसो राख्नुहुँदैन् ।’indain-journalist
भट्टराईले नेपालको संविधान विश्वमै समावेशी भएको दाबी गर्दै कुनै समुदायलाई उचालेर छिमेकी देशको संविधानमा अनावश्यक चाँसो र दबाब दिनु गलत भएको बताए । ‘भारतको आन्तरिक मामिलामा नेपालले र नेपालको पनि आन्तरिक मामिलामा भारतले बोल्न मिल्दैन । अहिले भारतका तर्फबाट नेपालका केही समुदायलाई उचाल्ने काम भएको छ । यो गलत छ । भारतीय मिडियाकर्मीले यसका ध्यान दिनुहोला ।’
अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना नेपालको त्रिभुवन विश्वविद्यालय आमसञ्चार तथा पत्रकारिता विभाग र भारतको नेशनल मिडिया फाउन्डेसनले गरेको थियो ।(दैनिक नेपाल )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )