बमजन कपको १६औं श्रीङ्खला अनिश्चित कालसम्म स्थगित


जय आले, कुवेत

gold-cup-15th२० नोभेम्बर २०१६ । माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवले डेढ दशकभन्दा पहिलादेखी बर्षेनी रुपमा सञ्चालन गर्दै आएको माउण्ट एभरेष्ट एम.बि. बमजन गोल्ड कप फुटबल टुर्नामेण्टको १६औं श्रीङ्खला यस बर्ष नहुने भएको छ ।

क्लवका संस्थापक बरिष्ट सल्लाहाकार तथा बमजन कपका संस्थापक राजेन्द्र तामाङको महबुल्लास्थित निवासमा गत १७ नोभेम्बर २०१६ मा बसेको क्लवको बैठकले संस्थापकसँगको सल्लाह सुझावमा उक्त निर्णय गरेको हो । बैठकमा क्लवको तर्फबाट अध्यक्ष जितेन थिङ, उपाध्यक्ष ईन्द्र पोखरेल, पुर्वाध्यक्ष जय आले, सचिव डम्बर रिमाल र खेलकुद बिभाग प्रमुख ऋषी थापा उपस्थित थिए ।

gold-cupकुवेतको नेपाली समाजमा अनायासै उत्पन्न भई रहने असहज बातावरणको परिस्थिती र सोही परिस्थितीको कारण बमजन कपमा अन्तर्राष्ट्रिय प्रायोजकहरुको प्रायोजन गर्ने रुची शुन्य भएर गएको र बिगतका बर्षहरुमा जस्तो टिम र खेलाडीहरुमा समेत उत्साह नदेखिएकोले सोही बमोजिम सहभागिता न्युन हुनसक्ने सम्भावना रहेको भन्दै यथावत स्थिती क्लवले कपका संस्थापाक राजेन्द्र तामाङलाई ध्यानाकर्षण गराउँदा वहाँले गत बर्षहरुमा घटित अप्रिय घट्नाहरुको स्मरण गर्दै यो गोल्ड कप अनिश्चित कालसम्मको लागि स्थगन गर्न सुझाव दिनु भएको हो ।

माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवले आफ्नो र संस्थापकको मात्र नभई समस्त कुवेतवासी नेपालीहरुको मान र शान सहित लामो इतिहास बोकेको गोल्ड कप आयोजना गर्न नसक्ने परिस्थिती सृजना हुँदा दु:ख व्यक्त गर्दै खेलको तयारीमा रहेका सम्पूर्ण खेलाडी, खेलप्रेमी दर्शक र क्लवका शुभचिन्तकहरु बिच क्षमा याचना गरेको छ ।

gold-cup-icयो गोल्ड कप क्लवका संस्थापक बरिष्ट सल्लाहाकार राजेन्द्र तामाङले आफ्नो स्वर्गिय पिता मान बहादुर बमजनको स्‍मृतिमा सन् २००० को अक्टुबरमा निर्माण गर्नु भएको हो । ५ तोला बराबरको सुन जडान गरि निर्माण गरिएको गोल्ड कपलाई स्थापना कालमा एम.बी. बमजन मेमोरियल गोल्ड कप भनेर नामांकरण गरी कपको सञ्चालन एबं सुरक्षा समन्वय कुवेतको सबैभन्दा जेष्ठ संस्था माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लब, काठमाण्डौ-कुवेतलाई सुम्पिएको हो ।

जगमा साधारण काठको बनावट, पिंधमा सुनाबि रङ्को बुट्टे डिजाइन, कम्मरमा चाँदीको आवरण र शिरमा ५ (पाँच) तोला बराबरको बिशुद्ध सुनको अण्डा आकारको ढिक्को, अनि दायाँ र बायाँ पट्टिको भाग सिल्भर रङ्ले पोतिएको समात्ने हेण्डल भएको यस कपको अत्यन्तै सुन्दर एबं आकर्षक आकृति रहेको छ । यो कपलाई संस्थापक राजेन्द्र तामाङ्ले १८ डिसेम्बर २००९ मा एक औपचारिक समारोह बीच कपको स्वामित्व र अधिकार पूर्णरुपमा माउण्ट एभरेष्ट स्पोर्टिङ् क्लवमा निहित रहने गरि हस्तान्तरण गरेपश्चात यसको नाम “माउण्ट एभरेष्ट एम.बी. बमजन गोल्ड कप” मा रुपान्तरण भएको थियो ।

हरेक बर्ष गोल्ड कप सञ्चालनमा सरदर खर्च १८०० देखी २००० कुवेती दिनार (ने.रु सात लाखसम्म) आउने यस गोल्ड कपमा गत बर्ष गोल्ड कप सञ्चालनकै अवधिमा अतर्राष्ट्रिय प्रायोजकहरुको अगाडि नेपाली-नेपाली बिच उत्पन्न भएको असहज वातावरणले गर्दा यस वर्ष प्रायोजन गर्ने सोंच कुनै पनि प्रायोजकहरुले नबनाई दिएकोले क्लव ठुलो आर्थिक संकटमा फसेको हो भने अर्कोतिर कुवेतमा गोल्ड कप सञ्चालनको लागि क्लवलाई आईन्दा खेल मैदान उपलब्ध नहुने गत वर्ष नै फाहाहिल स्पोर्टस क्लवले चेतावनी दिएको क्लवका अध्यक्ष जितेन थिङले जानकारी गराए ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )