कान्छीमाया कोजुले तोडिन् आफ्नै रेकर्ड


जनक नेपाल, नेपालगन्ज
2011201610480815145088_10153857350236901_972797430_o-1000x0मंसिर ५, २०७३- विस्तृत शान्ति सम्झौताको सम्झनामा नेपालगन्जमा भएको म्याराथनमा ओलम्पियन कान्छीमाया कोजूले आफ्नै रेकर्ड तोडेकी छन् । आइतबार भएको प्रतियोगितामा कान्छीमायाले कान्तिपुर हाफ म्याराथनमा रेकर्ड भएको १ घण्टा २४ मिनेट ५६ सेकेण्डको रेकर्ड तोड्दै उपाधि जितेकी छन् । उनले १ घण्टा २३ मिनेट २४ सेकेण्डमा दूरी पूरा गरिन् ।

सुनमाया बुढा दोस्रो र पुष्पा भण्डारी तेस्रो भए । सुनमायाले १ घण्टा २३ मिनेट २५ सेकेण्ड र पुष्पाले १ घण्टा २६ मिनेट ११ सेकेण्डमा दूरी पार गरिन् ।

म्याराथनमा पुरुषतर्फ नेपाली सेनाका कृष्ण बस्नेत पहिलो, खगेन्द्र भाट दोस्रो र खडकबहादुर खड्का तेस्रो भए । बस्नेतले २ घण्टा २६ मिनेट ४० सेकेण्ड, भाटले २ घण्टा ३० मिनेट १३ सेकेण्ड र खड्काले २ घण्टा ३४ मिनेट ४ सेकेण्डमा दूरी पार गरे ।

हाफ म्याराथनमा महिलातर्फ जुम्लाकी सिता न्यौपाने पहिलो, अमृता भण्डारी दोस्रो र मञ्जु रावत तेस्रो भए । न्यौपानेले १९ मिनेट २९ सेकेण्ड, भण्डारीले १९ मिनेट ३० सेकेण्ड र रावतले १९ मिनेट ३७ सेकेण्डमा दूरी पार गरे ।

५ किलोमिटर छात्रतर्फ सागर बुढाथोकी पहिलो, नरेश बुढा दोस्रो र हेमन्त थापा तेस्रो भए । छात्रातर्फ सिता न्यौपाने पहिलो, अमृता भण्डारी दोस्रो र मञ्जु रावत तेस्रो भए ।

(कान्तिपुर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )