एमालेको काउन्टर प्रस्तावः विदेशीसँग बिहे गर्ने पुरुषलाई पनि केही पदमा बन्देज


यस्तो छ नागरिकतामा एमालेको नयाँ संशोधन प्रस्ताव
PM_KP_Oli_779854791५ मंसिर, काठमाडौं । सरकारले मधेसी मोर्चाको माग सम्बोधनका लागि संविधान संशोधनमा सहमति जुटाउने प्रयास गरिरहेका बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले ‘काउन्टर प्रस्ताव’ अघि सारेको छ । एमालेले संविधान संशोधन गरेर नागरिकतासम्वन्धी अहिलेको व्यवस्थालाई अझ कडा बनाउनुपर्ने बताएको छ । र, उसले अंगीकृत नागरिकलाई लगाइएको बन्देज कडा बनाउनुका साथै विदेशी महिलासँग बिहे गर्ने पुरुषलाई समेत निश्चित बन्देज लगाउनुपर्ने बताएको छ ।

यदि वैवाहिक अंगीकृत महिलाको हकमा मात्र कडा भयो भन्ने हो भने जसले विदेशी महिला विवाह गर्छन्, त्यस्ता पुरुषकै हकमा निश्चित बञ्देज वा परीक्षण अवधि राखौं- एमाले

नागरिकतासम्वन्धी अहिलेको व्यवस्था अत्यन्त खुकुलो भएको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले आलोचना गर्ने गरेका छन् । सीमामा नेपाली केटालाई समाउने हो भने २४ घन्टाभित्र विवाह दर्ता, नागरिकता लिने र लगत्तै मन्त्री बन्न सक्ने व्यवस्था संविधानमा भएको ओलीको टिप्पणी छ ।

सरकारले नागरिकतासहितका विषयमा संविधान संशोधन गर्ने प्रस्ताव गर्दा प्रमुख विपक्षी दलका नेता ओलीले त्यसलाई ठाडै अस्वीकार मात्रै गरेका छैनन्, काउन्टर प्रस्तावसमेत राखेका छन् ।

एमाले सचिव प्रदीप ज्ञवालीले अनलाइनखबरसँग भने, हाम्रो अध्यक्षले यो प्रस्ताव (प्रधानमन्त्री) प्रचण्ड र (कांग्रेस सभापति शेरबहादुर) देउवासमक्ष राख्नुभएको छ ।’

नेकपा माओवादी केन्द्रका एक नेताले पनि एमाले अध्यक्ष ओलीले छलफलहरुमा नागरिकतासम्वन्धी अहिलेको व्यवस्थालाई संशोधन गरेर कडा बनाउनुपर्ने बताउने गरेको स्वीकार गरेका छन् ।

के छ ओलीको काउन्टर प्रस्तावमा ?

एमालेले नागरिकतामा तीन संशोधन चाहेको देखिन्छ । यी सबै संशोधनले अहिले भएको नागरिकतासम्बन्धी व्यवस्थालाई अझै कडा बनाउनेछ । तर, एमालेको यो प्रस्तावलाई सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी यो सुन्न पनि तयार छैनन् ।

पहिलो– नागरिकता लिने परीक्षण अवधिः संविधानको धारा ११ को उपधारा ७ अनुसार नेपाली पुरुषसँग विवाह गर्ने महिलाले तत्काल अंगीकृत नागरिकता लिन सक्नेछन् । नेपाली महिलासँग बिहे गर्ने पुरुषले नेपाली नागरिकता पाउन सक्दैनन्, यसलाई केही महिला अधिकारवादीले विभेद भन्ने गरेका छन् ।

एमाले सचिव ज्ञवाली भन्छन्, विवाह भएको २४ घन्टाभित्र वैवाहिक दर्ता हुने, त्यसको २४ घन्टाभित्र नाागरिकता पाउने र त्यसको २४ घन्टाभित्र मन्त्री पनि हुन सक्ने । यस्तो दुनियाँमा कहीँ छैन । यो धेरै लचिलो भयो, यसलाई कडा बनाउनुपर्छ । कसरी गर्ने भनेर छलफल गरौं ।’

उनले अघि भने, वैवाहिक अंगीकृतको मामिलामा ‘जेन्डर बायस’ भयो भन्ने कुरा पनि बेलाबेला उठ्ने गरेको छ । त्यसो हो भने १० वर्ष/१५ वर्ष कति राख्ने हो समान राखौं ।’

दोस्रो– अंगीकृतको बन्देज अझ बढाऔं: संविधानको धारा २८९ मा राष्ट्रपति, प्रधानमन्त्रीसहित प्रमुख ९ पदमा वंशजको नागरिकमात्र योग्य हुने व्यवस्था छ । अर्को शब्दमा भन्दा अंगीकृत र जन्मका आधारमा नागरिकता लिएकाहरुलाई बन्देज लगाइएको छ ।

यसको मधेस केन्द्रित राजनीतिक दलहरुले विरोध गर्दै आएका छन् र उनीहरुको असन्तुष्टि सम्बोधनका लागि सरकारले यो सूचीलाई घटाएर राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश र सुरक्षा निकायका प्रमुख गरी चार पदमा झार्ने गरी संविधान संशोधन विधेयक तयार गर्दैछ ।

तर, एमालेले भने यो सूची घटाउने कुरामा आफ्नो सहमति नहुने बताएको छ । बरु बढाउनु पर्ने बताएको छ । एमाले सचिव ज्ञवालीले भने, सुरक्षा प्रमुख हुन नपाउने तर, गृहमन्त्री हुन पाउने जस्तो छ । त्यसैले यो बन्देजको दायरा बढाऔं भनेर हाम्रो अध्यक्षले भन्नु भएको हो ।’

तेस्रो– विदेशी विवाह गर्ने पुरुषलाई पनि बन्देजः एमालेले विदेशी महिलासँग विवाह गर्ने नेपाली पुरुषको हकमा पनि सोच्नुपर्ने प्रस्ताव अघि सारेको छ ।

‘यदि वैवाहिक अंगीकृत महिलाको हकमा मात्र कडा भयो भन्ने हो भने जसले विदेशी महिला विवाह गर्छन्, त्यस्ता पुरुषकै हकमा निश्चित बञ्देज वा परीक्षण अवधि राखौं, एमाले सचिव ज्ञवालीले भने, अरु पार्टीहरु यो सुन्न पनि तयार छैनन् । ’cause भएको व्यवस्था नै भत्काउन चाहन्छन् । तर, हामीले सोचविचार गरेर भनेका हौं ।’

यो नेकपा एमालेको ‘टिट फर ट्याट’ मात्रै हो कि भन्ने प्रश्नमा एमाले सचिव ज्ञवाली भन्छन्, वैवाहिक अंगीकृतको हकमा हामीले सोचीविचारी राखेका हौं । र, अझ कडा गर्नुपर्छ भन्ने सोचेर नै भनिएको हो ।’

ओलीनिकट मानिएका सचिव ज्ञवालीका अनुसार सरकारले ल्याउने भनिएको संविधान संशोधन प्रस्तावमा एमालेले यस्तो संशोधन दर्ता गर्ने सम्भावना छ । तर, सरकारले अहिलेसम्म संविधान संशोधनको लिखित प्रस्ताव नल्याएकाले एमालेले निर्णय भने गरिसकेको छैन ।(अन्लाईनखबर )

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )